रामचन्द्र-इरा आचार्य जेहन्दार छात्रवृद्धि अक्षय कोष स्थापना

नुवाकोट । विदुर १० वेत्रावतीमा अवस्थित श्री रामचन्द्र आधारभुत विद्यालयमा ‘रामचन्द्र-इरा  आचार्य जेहन्दार छात्रवृद्धि अक्षय कोष स्थापना गरेका छन् । स्वर्गीय इरा आचार्य स्मृति अक्षय कोषद्वारा विद्यालयलाई दुई लाखको चेक हस्तान्तरण गरी जेहन्दार छात्रवृद्धि कोष स्थापना गरेको हो ।

अमेरिकास्थित गैरसरकारी संस्था ‘डेभलपमेन्ट फर पिस इन्टरनेशनल’को आर्थिक सहायतामा स्वर्गीय इरा आचार्य कोषद्वारा उक्त रकम प्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि गायत्री लामिछानेले बताइन । उनका अनुसार स्व. इरा आचार्य काठमाडौ जिल्लामा जन्मेर लामो समय समाजसेवामा लागेकी थिइन ।

‘डेभलपमेन्ट फर पिस इन्टरनेशनल’को नेपाल प्रतिनीधिसमेत रहेकी लामिछानेले भनिन्, ‘यस अक्षय कोषमार्फत् छात्रवृद्धि वितरण थप संस्थागत हुनेछ । आगामी दिनमा यसलाई थप मझवुद बनाइनेछ ।’

‘शिक्षा नै समाज विकासको पहिलो आधार हो,’ उनले भनिन्, ‘त्यसकारण हामीले विगत ५ वर्ष देखि श्री रामचन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बीस विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गर्दै आइरहेका छौ ।’

विदुर नगरपालिका प्रशासन योजन तथा अनुगमन अधिकृत पुष्कर शर्मा रिमालले गरीब तथा जेहेन्दार विद्यार्थीको छनोटमा सही तरिका अवलम्वन गर्न सुझाए । उनले अन्य निकायसँग समन्वयन गरि अक्षय कोषमा रकम वृद्धि गर्नु पर्नेमा जोड दिए ।

दुई लाख रुपैयाबाट सुरुवात गरिएको अक्षयकोषमा भविष्यमा अन्य दाताले दिएको रकम पनि समावेश गर्न पहल गरिने प्रधानाध्यापक सन्तोष नेपालले बताए । ‘विद्यालयमा अध्ययनरत अधिकांश वालवालिका भूकम्प पीडित छन्,’ प्रधानाध्यापक नेपालले भने, ‘अक्षकोष स्थापनाले विद्यार्थीहरु अन्यत्र जानबाट रोक्न मद्दत मिल्नेछ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला श्रेष्ठले अक्षय कोष स्थापनाले विद्यालय व्यवस्थापनमा थप सहयोग मिलेको बताइन् ।

‘डेभलपमेन्ट फर पिस इन्टरनेशनल’ले रसुवा, नुवाकोट, कार्भेपलाञ्चोक, चितवन र रामेछापलगायत जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृद्धि प्रदान गर्दै आइरहेको जनाएको छ । पिस इन्टरनेशनलले महिला सशक्तिकरण, आयआर्जन र भूकम्प पीडित तथा विपन्न वर्गका केही मानिसलाई आवास निर्माणसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×