2025-10-18

विराटनगर महानगरपालिकाले खगोलीय तथा अनुसन्धान विकास समिति गठन गर्‍यो

विराटनगर । बिराटनगर महानगरपालिकाले ‘खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समिति’ गठन गरेको छ।

महानगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा अन्तर्गत रहेको उक्त खगोलीय समिति जेठ ८ गते महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसका खगोल शास्त्रका अध्यापक प्रविण कुमार विश्वासको अध्यक्षतामा ११ सदस्य गठन गरिएको हो।

विराटनगर महानगरपलिकाको नगर बालक्लब सञ्जालका पूर्व अध्यक्ष प्रितम शाह तथा सचिवहरू ओशन शर्मा कट्टेल, उदिप पोख्रेल र सुवर्ण प्याकुरेल रहेका छन् । नगर बालक्लब सञ्जालका बहालवाला समितिबाट आदित्य झा, दिक्षा आचार्य र बेदिका घिमिरे रहेका छन् ।

उक्त समितिमा महिला, बालबालिका तथा समाज कल्याण शाखाबाट सदस्य सचिवको रूपमा एक जना प्रतिनिधि रहने व्यवस्था छ । थप सदस्यमा महानगरले खरिद गरेको टेलिस्कोप राखिएको बालमैत्री स्थानिय शासन अध्ययन केन्द्र (पहिलेको बाल उद्यान) मा कार्यरत कर्मचारी सदस्य रहने ब्यवस्था गरेको जनाएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराई र परियोजना संयोजक मनिषा द्वाको उपस्थितिमा उक्त समिति गठन गरिएको सदस्य ओशन कट्टेलले रिभोसाइन्सलाई बताए ।

उनका अनुसार महानगरमा नगर बालक्लब सञ्जालले खगोलीय तथा अन्तरिक्ष विज्ञानमा विशेष भूमिका खेल्दै आएको थियो । फलस्वरुप महानगरसँग हामीले समिति गठनको माग गरेका थियौ, सदस्य कट्टेलले रिभोसाइन्सलाई भने, ‘हाम्रो माग सम्बोधन गर्दै खगोल तथा अन्तरिक्ष विज्ञान विषयको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका निम्ति विराटनगर महानगरपालिकाले कार्यपालिकाको बैठकबाट पारित गरेको हो ।’

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

×