एनपीएसको ३९ औँ साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल भौतिक विज्ञान समाज(एनपीएस)को ३९ औँ साधारण सभा सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिक शास्त्र विभाग कीर्तिपुरमा आयोजना गरिएको कार्यक्रममा प्रा. डा. केदारलाल श्रेष्ठ स्मृति पुरस्कार,  प्रा. डा. शङ्करप्रसाद र सुदक्षिणा प्रधान स्मृति पुरस्कार र  प्रा. डा. केदार नाथ खनाल स्मृति पुरस्कार वितरण गरिएको छ ।

समाजले यस वर्षका लागि प्रा. डा. केदारलाल श्रेष्ठ स्मृति पुरस्कार ‘पिएचडी ग्राजुएड अवार्ड’ डा. सुरेश बस्नेतलाई प्रधान गरिएको छ ।

प्रा. डा. शङ्करप्रसाद प्रधान र सुधाकृष्ण प्रधान स्मृति पुरस्कार अन्तर्गत त्रिवि भौतिक शास्त्र स्नातकोत्तर सर्वोत्कृष्ट छात्रा अस्मिता साह र छात्र विवेक आचार्यलाई प्रदान गरिएको छ । सोही अन्तर्गत विद्यावारिधि छात्रवृत्ति पुरस्कार विद्या थापालाई दिइएको छ ।

त्यस्तै, एनपीएसले नेपाल भौतिक शास्त्र ओलम्पियाड-२०२२मा उन्नाइस विद्यार्थीहरूलाई नेशनल च्याम्पियनको रूपमा छनोट गरेको थियो । त्यसबाट छनोटमा परेका पाँच विद्यार्थी जापानमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाड २०२३मा सहभागी गराइदैछ । तर त्यसका लागि आवश्यक सहयोग नहुँदा आ-आफ्नो खर्चमा सहभागी हुन पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको समाजका अध्यक्ष प्रा. डा. निलम श्रेष्ठले बताइन ।

समाजका अध्यक्ष श्रेष्ठले सन् २०२२ अप्रिल देखि प्रत्येक महिना ‘टक प्रोग्राम’ सञ्चालन गर्दै आइरहेकी बताइन् । उनले ‘एनपीएस जर्नल’ वर्ष ८ को पहिलो, दोस्रो र तेस्रो संस्करण प्रकाशन गरिसकेको र वर्ष ९ अंक १ प्रकाशन हुने तयारीमा रहेको जानकारी गराइन ।

त्यस्तै, सोसाइटीले आगामी सेप्टेम्बर २० देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने जनाएको छ ।

साधारण सभामा त्रिवि केन्द्रीय भौतिक शास्त्र विभागका पूर्व प्राध्यापकहरू डा. लोकनारायण झा, डा. शेखर गुरुङ, डा. उदयराज खनाल र नेपाल खुला विश्वविद्यालयका पूर्व डीन प्रा. डा. इन्द्रबहादुर कार्कीले शुभकामना मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

×