2025-10-08

विकाससँगै संस्कृति संरक्षण र प्रवर्द्धन जरुरी छ : मन्त्री पाण्डे

नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठी भएको छ।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विकाससँगै संस्कृतिको संरक्षण र प्रवर्द्धन जरुरी रहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा सोमबार काठमाडौँमा ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीमा मन्त्री पाण्डेले भने, ‘प्राज्ञिक मार्गदर्शनको कमी तथा आत्म समीक्षा नहुँदा मानिसहरूमा अस्पष्टता बढ्दै गएको जिकिर गरे ।

मन्त्री पाण्डेले समाजमा निराशा फैलिँदा युवा मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै, कतिपय अवस्थामा त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको जिकिर गरेँ । यस कारण पनि नेपाली समाजमा “निराशा होइन, आशा सञ्चारको वातावरण बनाउनु आवश्यक रहेको उल्लेख गरेँ ।

सतही विश्लेषणका कारण समाजमा निराशा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “संस्कृति भनेको जीवन जिउने कला हो यसलाई आत्मादेखि आत्मसाथ गर्नुपर्दछ । बहुभाषिक तथा बहुँसांस्कृतिक मुलुकमा सांस्कृतिक विकास पनि अपरिहार्य भएको छ ।”

‘देश विकासका लागि सांस्कृतिक मूल्यमान्यताको संरक्षण र प्रवर्द्धनमा जोड दिइरहेको छ,’ उनले भने, ‘काठमाडौँ उपत्यकामा रहेका मठ मन्दिर तथा प्राचीन दरबारहरू भूकम्पपछिको पुनर्निर्माणमा पुरानै शैलीमा बन्नु उदाहरणको रूपमा लिन सकिन्छ।’

संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडाले ‘विकासका लागि संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले संस्कृति संरक्षणको विभिन्न विदेशी तथा स्वदेशी नमुना प्रस्तुत गरेँ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सांस्कृतिक विकास र संरक्षणमा प्रतिष्ठानले खेल्ने भूमिमाथि प्रकाश परेका थिए । उनले आगामी दिनमा रचनात्मक भूमिका खेल्ने बताए ।

रेक्जोनका अध्यक्ष पूर्णप्रसाद  मिश्रले धार्मिक, सांस्कृतिक र सम्पदा ओझेलमा पर्दे गएकोले नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए । 

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

२०२५ को भौतिकशास्त्र नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

कोरियाली पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी 

क्वान्टम कम्प्युटिङको ‘बिर्सने’ समस्यालाई समाधान गर्ने अन्तर्राष्ट्रिय परियोजना सुरु

अल्मा टेलिस्कोप प्रयोग गरेर ग्रह निर्माणको रहस्यमा नयाँ खोज

×