2025-08-06

बोलबम जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ, १९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताए ।

उनले भने, “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ ।”

मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाहरूले हाम्रो पहिचानलाई अझ सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गरे। उनले भने, “हिन्दुहरुको धार्मिक आस्थाको धरोहर भनेको भगवान पशुपतिनाथ हो । जो नेपालमा छ । बोलबम काँवर यात्रीले पशुपतिनाथमा जल चढाउछन् । उनीहरुले हिन्दु धर्मको रक्षा गर्ने छन् ।”

आज सोमबार भगवान पशुपतिनाथमा बोलबम काँवर यात्री लगायतले सहज रुपमा जल चढाउन सक्ने गरी त्यहाँको एउटा ढोका खोल्नका लागि आफुले पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य, पदाधिकारी, पर्यटनमन्त्री लगायतसँग समन्वय गर्ने समेत आश्वासन दिए ।

गोकर्णेश्वर नगरपालिकामा बोलबम काँवरीया संघलाई पुजाआजाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराई सहयोग गरी दिनका लागि नगरप्रमुखलाई मन्त्री यादवले आग्रह गरे।

मन्त्री यादवले नेपालभरिका विभिन्न शिवालयहरूमा श्रावण महिनाको पावन अवसरमा काँवरिया भक्तजनहरूद्वारा गरिने विशेष पूजापाठ र साधनाले हाम्रो मौलिक संस्कारको समृद्धि र निरन्तरतामा अतुलनीय योगदान दिँदै आएको बताए ।

मा अद्यावधिक गरिएको

समाचार

फक्सवागनका पावरफुल मोडल ‘भट्रस र टाईगुन’ नाइमा एक्स्पोमा सार्वजनिक

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

नक्सालमा चेतकको शोरूम ‘स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन’ सुभारम्भ

नाडा अटो शो भविष्यको नविन प्रविधिमा फोकस हुनेछ- अध्यक्ष चौधरी

बालबालिकालाई ‘सहमति शिक्षा’ दिने चित्र पुस्तकमा कमजोरी: अध्ययन

जिलीको ‘इएक्स-फाइभ’ नेपालमा भित्रियो, किफायती मूल्य र उन्नत प्रविधिको संयोजन

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

×