फोर्थिङ ब्राण्डका  ‘फ्राइडे इभी’  नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक

काठमाडौँ । लक्ष्मी ई-मोबिलिटीले फोर्थिङको पहिलो मोडल ‘फ्राइडे इभी’ नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक गरेको छ।

नेपालमा बढ्दो इभी को प्रयोगले बजारमा नवीनता र प्रविधिमा आधारित स्वच्छ सवारी साधनको रूपमा फोर्थिङको  फ्राइडे इभी सार्वजनिक गरेको कम्पनीले जनाएको छ । साउन २१ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा फ्राइडे इभी प्रदर्शन राखिनेछ ।

सन् १९७३ देखि नेपालमा अग्रणी भूमिका खेल्दै आएकको लक्ष्मी ग्रुपले अटोमोबाइल क्षेत्रमा हुन्डाई, बीएमडब्लू, काई, एसएमएल ईसुजु जस्ता विश्वविख्यात ब्रान्डमार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटोपार्ट्स वितरण गर्दै आएको छ ।

अब फोर्थिङको प्रवेशसँगै यस समूहले इभी सेग्मेन्टमा थप गहिरो उपस्थिति बनाउने भएको छ।  

लक्ष्मी मोटर कर्पोरेशनद्वारा नवलपरासीको रामग्राममा नेपालको पहिलो फोर-ह्वीलर एसेंब्ली प्लान्टले अटो उद्योगमा हालै सञ्चालनमा ल्याइएको छ ।

साथै, रिल्याक्स नामक चार्जिङ र रिपेयर नेटवर्क अन्तर्गत देशभर ६३ भन्दा बढी स्टेशनहरू विस्तार गरेर इभीको पूर्वाधार विकासमा मद्दत गरेको छ।  

फोर्थिङ ब्रान्ड अन्तर्गत ल्याइने प्रिमियम इलेक्ट्रिक एसयुभी मा ६४.४ किलो वार्ड ब्याट्री, ९९ किलोवार्ड मोटर जडान गरिएको छ । जसले एक पटक चार्जमा ४०० किलोमिटर अधिक दूरी तय गर्नसक्नेछ।

साथै, गाडीको भित्री सजावट, प्रविधि र प्रयोग सहजतालाई विशेष प्राथमिकता दिइएको छ।  

फ्राइडे इभीको दुइ मोडलको मुल्य क्रमश:  ५० लाख ९६ हजार  र ५६ लाख ९६ हजार पर्ने उल्लेख गरेको छ । कम्पनीले निश्चित समयका लागि दुई लाख छुट  र  एब वर्षको अटो र बीमा प्रदान गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×