बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नयाँ इलेक्ट्रिक ह्याचब्याक गाडी सार्वजनिक गरेको छ। कम्पनीले बीवाईडी एट्टो वनलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आज सार्वजनिक गरेको हो ।

यस गाडीलाई शहरी यातायातका लागि उपर्युक्त मानिएको छ । कम्पनीले आगामी दिनमा नेपालको सबैभन्दा किफायती विद्युतीय गाडी बन्ने अपेक्षा राखेको जनाएको छ । बीवाईडी एट्टो वानका दुई प्रमुख भेरिएन्ट्समा डाइनामिक र प्रिमियम बजारमा उपलब्ध गरिएको छ।

डाइनामिक भेरिएन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको दुरी पार गर्नेछ । त्यस्तै, प्रिमियम भेरिएन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री छ । जसले ३०० किलोमिटरको दुरी पार पार गर्नेछ ।

यी दुई भेरिएन्ट्सको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडीमा बीवाईडीको अत्याधुनिक ई–प्ल्याटफर्म ३.० प्रयोग गरिएको छ र ४५ किलोवाटको स्थायी चुम्बक मोटरले ७५ हर्सपावर र १३५ एनएम टर्क प्रदान गर्दछ ।

कम्पनीले काठमाडौँ र पोखरा जस्ता शहरी क्षेत्रमा दैनिक यात्रा गर्न यस गाडीको प्रयोग उपयुक्त ठानेको छ।

यस गाडीमा ६ वटा एयरब्याग, रोटेटिंग इन्फोटेनमेन्ट स्क्रिन, भ्वाइस कन्ट्रोल, स्मार्ट कनेक्टिभिटी र आधुनिक मिनिमलिस्टिक केबिनजस्ता सुविधाहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×