नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रोटोन ई.मास सेभेनको प्रदर्शनी गरेको छ ।

नाइमाको अवसर पारेर कम्पनीले नेपालभर सेवा सञ्जाल विस्तार गर्ने आफ्नो रणनीति पनि घोषणा गरेको छ । ‘ई.मास सेभेन’ मलेसियाको पहिलो विद्युतीय सवारीका रूपमा नेपाल भित्रिएको मोडल हो। कम्पनीका अनुसार यसले मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ स्थान प्राप्त गरिसकेको छ ।

सन् २०१८ देखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकका रूपमा क्रियाशील जगदम्बा मोटर्सले अटोमोबाइल क्षेत्रमा १४ वर्षभन्दा बढीको अनुभव सँगालेको छ ।

कम्पनीले सन् २०२५ को अन्त्यसम्म देशभर १२ वटा शोरुम तथा सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना अघि सारेको छ, जसअन्तर्गत हाल तीनवटा शोरुमबाट सेवा प्रदान गरिँदै आएको छ ।

शंकर ग्रुपमार्फत जगदम्बा मोटर्सले प्रोटोन ब्रान्डलाई समेटेर नेपालमा व्यापक इभी इकोसिस्टम विकास गर्न विभिन्न पहलहरू गर्दै आएको छ।

यसका साथै, कम्पनीले स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरणहरू, तालिमप्राप्त प्राविधिकहरूको सेवा, सहज वारन्टी दाबी प्रक्रिया र चार्जिङ स्टेसनजस्ता सुविधाहरू दिदै आएका छन् ।

विशेष अफर

जगदम्बाले नाइमा एक्स्पो लक्षित गरेर विशेष अफरको घोषणा गरेको छ। जसमा शून्य प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ (जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत), ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी, २ लाख ९९ हजार रुपैयाँको सिधा नगद छुट, पुरानो गाडी एक्सचेन्जमा उच्चतम मूल्य, निःशुल्क अटो प्लस बीमा तथा इमास असिस्टेन्ट प्लस जस्ता सेवाहरू समावेश छन् ।

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन ई.मास सेभेन को आगमनसँगै विद्युतीय सवारीलाई नेपाली ग्राहकका लागि थप पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गर्दै, देशको दिगो मोबिलिटी यात्रामा कम्पनीको सक्रिय योगदान रहने बताए ।

जगदम्बा मोटर्सले भविष्यमा पनि नवप्रविधियुक्त सवारीसाधनहरू नेपाली बजारमा उपलब्ध गराउँदै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने प्रतिवद्धता दोहोर्‍याएको छ । 

कम्पनीले ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्स्पोको स्टल एल ५ – हल बी मा पुगेर प्रोटोन इमास सेभेनको प्रत्यक्ष अनुभव लिन निमन्त्रणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×