
काठमाडौं, ५ भदौ । फोटोनले ‘नाडा अटो शो २०२५’मा इलेक्ट्रिक पिकअप इटुनल्याण्ड सार्वजनिक गरेको छ।
फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियलले यो मोडेल प्रस्तुत गरेर नेपालमा इलेक्ट्रिक पिकअपको सुरुवात गरेको जनाएको छ।
कम्पनीका अनुसार ‘टुनल्याण्ड जी सेभेन’को सफलतापछि प्रस्तुत गरिएको यो नयाँ मोडेलले शक्ति, दक्षता र प्रविधिको उत्कृष्ट संयोजन रहेको छ।
इटुनल्याण्डमा विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता क्याटलको तेस्रो पुस्ताको ८८ किलो वाट आवर लिक्विड–कुल्ड लिथियम ब्याट्री प्रयोग गरिएको छ। यो ब्याट्रीले ३५० किमीविश्वव्यापी रूपमा सामंजस्यपूर्ण हलुका सवारी साधन परीक्षण प्रक्रिया (डब्लुएलटीपी) ड्राइभिङ रेन्ज प्रदान गर्छ। सीएटीएलको प्रविधि विश्वभरका अग्रणी ईभी ब्रान्डहरूले प्रयोग गर्दै आएका छन्, जसले सुरक्षा, विश्वसनीयता र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ।
फोटोन इटुनल्याण्डमा १३० किलो वाट पावर र ३५० न्यूटन मिटर टर्क उपलब्ध छ, जसले कठिन भू–भागमा पनि सहज ड्राइभिङ गर्न सकिने बताइएको छ। ३० प्रतिशत ग्रेडेबिलिटी क्षमताले उकालो बाटो सजिलै चढ्न सहज हुनेछ ।
८८.०२ किलो वाट आवर क्याटल ब्याट्री मार्फत ४३० किमी नयाँ युरोपेली ड्राइभिङ साइकल ( एनइडीसी) रेन्ज प्राप्त गर्न सकिने भएकाले यो पिकअप दैनिक प्रयोगदेखि लामो यात्रासम्म उपयुक्त हुनेछ।
गाडीको २०० मिमि ग्राउन्ड क्लियरेन्स, २६५/६५ आर १७ टायर, र १५२० x १५८० x ४४० मिमि कार्गो साइजले यसलाई काम र जीवनशैली दुवैका लागि भरपर्दो बनाएको छ। कम्पनीका अनुसार इटुनल्याण्ड असजिला बाटोहरूमा पनि स्थिरता र आरामदायी अनुभव प्रदान गर्छ।
नयाँ इटुनल्याण्ड विशेष नाडा अफर अन्तर्गत रु. ६८,९९,००० मा उपलब्ध हुनेछ । साथै, ब्याट्रीमा ८ वर्ष/४ लाख किमी र मोटरमा ५ वर्ष/२ लाख किमी वारेन्टी उपलब्ध गरिएको जनाएको छ।
इटुनल्याण्डको आगमनले वातावरणमैत्री प्रविधि, उच्च सुरक्षा र आधुनिक डिजाइनको संयोजनमार्फत नेपाली ग्राहकलाई भविष्य–उन्मुख इलेक्ट्रिक पिकअपको अनुभव दिने अपेक्षा गरिएको छ।
Leave a Reply