2025-10-07

इएसए र जाक्सा मिलेर ‘एपोफिस’ क्षुद्रग्रह मिशनतर्फ सहकार्यको तयारी

तस्बिर: इएसए

ब्रसेल्स/टोकियो, १० भदौ। युरोपेली अन्तरिक्ष संस्था ( इएसए ) र जापान अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) ले सन् २०२९ मा पृथ्वीको अत्यन्त नजिकबाट सुरक्षित तर ऐतिहासिक रूपमा हुने एपोफिस क्षुद्रग्रहको उडान अवलोकन गर्न प्रस्ताव गरिएको र्‍यापिड एपोफिस मिसन फर स्पेश सेफ्टी (आरएएमएसइएस)मा सहकार्यको तयारी अघि बढाएका छन्।

जाक्साले आरएएमएसइएस (रामसेस) मिशनमा सहभागी हुन जापान सरकारसमक्ष औपचारिक रूपमा बजेट अनुरोध गरिसकेको छ। प्रस्तावित योगदानमा अन्तरिक्ष यानको सौर्य प्यानल, इन्फ्रारेड इमेजर, र जापानी एच-३ प्रक्षेपण यानमार्फत राइडशेयर लन्च समावेश छन्।

इएसएको  रामसेस मिशनले ३७५ मिटर चौडाइको एपोफिस क्षुद्रग्रहसँग साक्षात्कार गर्दै पृथ्वीको गुरुत्वाकर्षणले त्यसमा पार्ने भौतिक प्रभावहरूको अध्ययन गर्ने लक्ष्य राखेको छ। वैज्ञानिकहरूले यसबाट भविष्यमा पृथ्वीमा सम्भावित क्षुद्रग्रह टक्करको जोखिम न्यूनीकरणका उपायहरू विकास गर्न सक्नेछन्।

इएसएका सदस्य राष्ट्रका मन्त्रीहरूले सन् २०२५ को नोभेम्बरमा हुने मन्त्रीस्तरीय परिषद बैठकमा रामसेस मिशनलाई समर्थन गर्ने वा नगर्ने निर्णय गर्नेछन्। मिशन सफल बनाउन सन् २०२८ मा प्रक्षेपण आवश्यक भएकाले प्रारम्भिक तयारी सुरु भइसकेको छ।

जाक्सा पहिले नै इएसएको हिरा मिशनमा साझेदार रहिसकेको छ, जुन हाल डिडिमोस क्षुद्रग्रहतर्फ गइरहेको छ। रामसेसमा सहकार्यका सम्भावनाहरू पहिचान गर्न दुबै संस्थाले पछिल्ला महिनाहरूमा संयुक्त रूपमा काम गरिरहेको जनाएका छन्।

इएसएका रामसेेस मिशन प्रबन्धक पाओलो मार्टिनोले भने, “हिरा मिशनमा जाक्सासँगको अनुभव उत्कृष्ट रह्यो, र रामसेसमा पनि हामी एक साझा लक्ष्यसहितको विश्वव्यापी टोलीजस्तो महसुस गरिरहेका छौं। एपोफिससम्म पुग्ने चुनौतीलाई हामी सँगै सामना गर्न तत्पर छौं।”

इएसएका अन्तरिक्ष सुरक्षा कार्यक्रम प्रमुख होल्गर क्रागले भने, “रामसेसमा जाक्साको चासो बढ्दै गएको देखेर हामी उत्साहित छौं। ग्रह सुरक्षा अन्तर्राष्ट्रिय सहकार्यमा आधारित छ, र युरोप तथा जापानबीचको साझेदारी अझ सुदृढ हुँदै गएको देख्दा खुशी लागेको छ।”

यदि अनुमोदन भयो भने, रामसेस मिशनले अन्तरिक्ष सुरक्षा र ग्रह रक्षा क्षेत्रमा युरोप–जापान सहकार्यको नयाँ अध्याय सुरु गर्ने प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

कोरियाली पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी 

क्वान्टम कम्प्युटिङको ‘बिर्सने’ समस्यालाई समाधान गर्ने अन्तर्राष्ट्रिय परियोजना सुरु

अल्मा टेलिस्कोप प्रयोग गरेर ग्रह निर्माणको रहस्यमा नयाँ खोज

आइतबार र सोमबार सार्वजनिक विदा

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

×