२०२५ को भौतिकशास्त्र नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

स्टकहोम, स्वीडेन । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले २०२५ को भौतिकशास्त्र नोबेल पुरस्कारको विजेता घोषणा गरेको छ। 

यस वर्षको प्रतिष्ठित पुरस्कार अमेरिकी वैज्ञानिकहरू जोन क्लार्क (युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कली), मिशेल एच. डेभोरे (येल युनिभर्सिटी तथा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता बार्बरा), र जोन एम. मार्टिनिस (युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता बार्बरा) लाई प्रदान गरिनेछ।

उनीहरूलाई “विद्युत् सर्किटमा म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोज” को लागि सम्मानित गरिँनेछ । 

१९८० को दशकमा गरिएको उनीहरूको अनुसन्धानले सामान्यतः परमाणु र उप-परमाणु स्तरमा सीमित क्वान्टम घटनाहरू हातमा अट्ने आकारका प्रणालीहरूमा पनि देखिन सक्छन्।0

उनीहरुको अनुसन्धानको मुख्य पाटो भनेको सुपरकन्डक्टिङ सर्किट र जोसेफसन जंक्शन प्रयोग गरेर वैज्ञानिकहरूले म्याक्रोस्कोपिक प्रणालीमा क्वान्टम टनेलिङ र अलग-अलग ऊर्जा स्तरहरू देखाएका थिए । त्यसमा टनेलिङ प्रक्रियामा कणहरू त्यस्ता बाधाहरू पार गर्छन् जुन परम्परागत भौतिकशास्त्रमा खासै व्याख्या गरिएको थिएन । 

अनुसन्धानले सम्पूर्ण सर्किट एकल क्वान्टम इकाईको रूपमा व्यवहार गर्छ भनिएको छ, जुन शून्य भोल्टेज अवस्थाबाट टनेलिङमार्फत भोल्टेज उत्सर्जन अवस्थामा पुग्नेछ । 

त्यस्तै, सर्किटले निश्चित मात्रामा ऊर्जा अवशोषण र उत्सर्जन गर्ने ऊर्जा क्वान्टाइजेसन देखायो, जुन क्वान्टम सिद्धान्तअनुसार अपेक्षित थियो।

नोबेल कमिटीका अध्यक्ष ओले एरिक्सनले भने, “शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ आश्चर्यहरू दिन्छ। यो अत्यन्त उपयोगी पनि छ, किनभने डिजिटल प्रविधिको आधार यही हो।”

यो अनुसन्धानले क्वान्टम कम्प्युटिङ, क्रिप्टोग्राफी, र संवेदन प्रविधिमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने बताइएको छ।

त्यस्तै, आधुनिक माइक्रोचिपमा प्रयोग हुने ट्रान्जिस्टरहरू पनि क्वान्टम सिद्धान्तमा आधारित छन्, जसले यस वर्षको नोबेललाई आधारभूत विज्ञानबाट परिवर्तनकारी नवप्रवर्तनतर्फको लैजान मद्दत गर्ने आशा व्यक्त गरिएको छ ।

विजेताहरूको परिचय:

  • जोन क्लार्क: जन्म १९४२, क्याम्ब्रिज, बेलायत। पीएचडी १९६८, युनिभर्सिटी अफ क्याम्ब्रिज। हाल युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीमा प्राध्यापक ।
  • मिशेल एच. डेभोरे: जन्म १९५३, पेरिस, फ्रान्स। पीएचडी १९८२, पेरिस-सुड युनिभर्सिटी। येल युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता बार्बरामा प्राध्यापक।
  • जोन एम. मार्टिनिस: जन्म १९५८। पीएचडी १९८७, युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कली। हाल युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता बार्बरामा प्राध्यापक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×