
टोकियो – जापानमा पहिलो पटक रोगहरू र सरोकार बालाबिचको अन्तरक्रियात्मक सर्वेक्षणको प्रतिवेदन सार्वजनिक भएको छ। केइओ विश्वविद्यालयको मेडिकल स्कूल, टोकियो विश्वविद्यालयको मेडिकल साइन्स संस्थान र राष्ट्रिय बाल स्वास्थ्य तथा विकास केन्द्रका अनुसन्धानकर्ताहरूको टोलीले अध्ययन गरेका हुन् ।
यस अध्ययनले एलर्जीलाई क्यान्सर र दुर्लभ रोगहरूसँग तुलना गरेको छ। अनुसन्धानलेबिरामी र सार्वजनिक संलग्नता तथा व्यवस्थापन (पीपीआइइ) पहिले नै प्रगतिशील अवस्थामा रहेको देखाएको छ।
सर्वेक्षणले एलर्जीसम्बन्धी रोगी समूहहरू मध्ये सत प्रतिशतले पीपीआइइलाई अत्यावश्यक मानेका छन् भने ५० प्रतिशतले औपचारिक संलग्नता नियमहरू अपनाएका छन्।
यसको विपरीत, एलर्जी अनुसन्धानकर्ताहरूमा मात्र ९.४% ले यस्ता नियमहरू स्थापना गरेका छन् । यो अनुपात क्यान्सर र दुर्लभ रोग अनुसन्धानको तुलनामा कम (६४.७%) हो।
अनुसन्धानकर्ताले तीन प्रमुख प्राथमिकता पहिचान गरेका थिए । पहिलो, रोगी र अनुसन्धानकर्ताहरू दुवैका लागि तालिम कार्यक्रमहरू; दोस्रो, सहकार्यलाई समर्थन गर्ने समन्वयकर्ता ; तेस्रो, कार्यान्वयन मार्गदर्शनका लागि उपकरणहरू र केस अध्ययनहरू।
यी निष्कर्षहरूले जापानका एलर्जी रोगी समूहहरू संलग्न हुन तयार छन्, तर अनुसन्धानकर्ताहरू अझै पछि परेका छन्,” केइओ विश्वविद्यालयका छालारोग विशेषज्ञ तथा प्रमुख लेखक डा. ताकेया अदाचीले भने।
“विशेषतः एलर्जी व्यवस्थापन वातावरण र जीवनशैलीजस्ता दैनिक जीवनका पक्षहरूमा निर्भर हुने भएकाले अन्तर हटाउनु अत्यावश्यक छ । अर्थपूर्ण अनुसन्धान निर्माणका लागि रोगीको दृष्टिकोण अनिवार्य छ।”
अध्ययनले जापान मेडिकल अनुसन्धान तथा विकास एजेन्सी (एएङइडी) द्वारा पीपीआइइ प्रवर्द्धन गर्ने राष्ट्रिय स्वास्थ्य नीतिसँग यी परिणामहरू मेल खाने कुरा पनि जोड दिएको छ।
यो अध्ययन “एलर्जी अनुसन्धानमा रोगी र सार्वजनिक संलग्नता: जापानमा रोग र सरोकार बालाबिचको दृष्टिकोण” शीर्षकमा एलर्जी जर्नलमा सेप्टेम्बर १८, २०२५ मा प्रकाशित भएको हो।

Leave a Reply