|
Getting your Trinity Audio player ready…
|

केम्ब्रिज, बेलायत । लिथियम–आयन ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीइएसएस) मा हालैका आगलागी घटनाले थर्मल रनअवे को जोखिमलाई उजागर गरेका छन्।
यी घटनाले साइटमा कार्यरत कर्मचारी, वातावरणमा विषालु ग्यासको उत्सर्जन र ठूलो वित्तीय क्षतिको सम्भावना बढाएको छ। विकासकर्ताहरूले जोखिम कम गर्न विभिन्न सक्रिय तथा निष्क्रिय ताप व्यवस्थापन प्रविधि अपनाइरहेका छन्।
आइडीटेकएक्सको थर्मल मेनेजमन्ट, फायर एण्ड एक्सपाेजन प्राेटेक्सन फर बेस २०२६-२०३६ प्रतिवेदनअनुसार, यो बजार २०३६ सम्ममा २५.४ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
विश्लेषकहरूका अनुसार, विफलताको कारण बुझ्न सक्ने हो भने नियामक र उद्योग दुवैले सुरक्षित भण्डारण प्रणाली विकासमा जोड दिन सक्नेछन्।
विफलताको कारण
थर्मल रनअवे प्रायः कमजोर डिजाइन, उत्पादन त्रुटि वा असफल एकीकरणका कारण हुने गरेको छ। ब्यालेन्स अफ सिस्टम (बीओएस) जस्तै तारजडान, एचभीएसी उपप्रणाली वा आगो नियन्त्रण प्रणालीमा समस्या देखिएको छ। अष्ट्रेलियाको भिक्टोरिया बिग ब्याट्रीमा शीतलक चुहावटकै कारण आगलागी भएको थियो।
रिपोर्टमा उल्लेख गरिएअनुसार सुरक्षा विफलताले कम्पनीको प्रतिष्ठा मात्र होइन, बजारको वृद्धि पनि रोक्न सक्छ। दक्षिण कोरियामा २०१८ मा भएका आगलागीपछि बेस स्थापना दर घटेको थियो। विश्लेषकहरू भन्छन्, “विशेष गरी डेटा सेन्टर जस्ता उच्च मूल्यका सम्पत्तिजस्ता परियोजनामा आगलागीको असर अझ गम्भीर हुन सक्छ।” यसकारण ग्राहक विश्वास घटेमा रेडक्स फ्लो ब्याट्री जस्ता वैकल्पिक प्रविधितर्फ मोडिन सक्ने सम्भावना देेखिन्छ ।
नियम र परीक्षण
विशेषज्ञहरूका अनुसार, कडाइका साथ जाँच, तालिम र आपूर्तिकर्ताबीच समन्वयले जोखिम घटाउन सक्छ। यद्यपि, थर्मल रनअवेको जटिल प्रकृतिले सटीक कारण पत्ता लगाउन कठिन बनाउँछ। त्यसैले विकासकर्ताहरूले आगो नियन्त्रण र ग्यास निकास प्रणालीमा ध्यान दिन थालेका छन्।
हालका नियमले ठूलो परीक्षण अनिवार्य गरेको छैन। युएल ९५४०ए अन्तर्गत मोड्युल स्तरको परीक्षण पास भएमा उच्च स्तरको परीक्षणबाट छुट पाइन्छ। तर २०२६ मा लागू हुने एनएफपीए ८५५ ले ठूलो स्तरको आगो परीक्षण (एलएसएफटी) अनिवार्य गर्नेछ।
सनग्रो, बीवाइडी र हुवावेइ जस्ता कम्पनीहरूले एलएसएफटी सुरु गरिसकेका छन्। सनग्रोले २० मेगावाट घण्टा पावर टाइटान २.० युनिटमा परीक्षण गर्न ४ मिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ।
विश्लेषकहरूका अनुसार, एलएसएफटी विश्वव्यापी रूपमा फैलिन सक्नेछ, जसले सुरक्षा स्तर बढाउनेछ तर विकासकर्ताहरूका लागि लागत पनि बढाउनेछ।


Leave a Reply