|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत ३ । हालै विश्व बजारमा सार्वजनिक गरिएको नथिङ फोन फोर ए सिरिज अब नेपाली बजारमा पनि उपलब्ध भएको छ।
विश्व टेक बजारमा फरक डिजाइन, प्रिमियम उत्पादन र किफायती मूल्य भएको स्मार्टफोन टेकप्रेमीहरूका लागि नेपालमा सिजी मोबाईल्सले आयात तथा वितरण गर्दै आएको छ।
यसमा ८ जीवी र्याम र १२८ जीवी स्टोरेज, ८ जीवी र्याम र २५६ जीवी स्टोरेज, र १२ जीवी र्याम + २५६ जीवी स्टोरेज गरी तीन भेरियन्ट छन्। साथै, ह्वाइट, ब्ल्याक, ब्लु र पिङ्क गरी चार रंग विकल्पमा पाइन्छन् ।
सिजी मोबाईल्सका महाप्रबन्धक विनय जोशीका अनुसार, “नथिङका उत्पादनहरू अत्यन्तै प्रिमियम छन्। उत्कृष्ट डिजाइन, उच्चस्तरीय स्पेक्स र किफायती मूल्यका कारण विश्वभरका टेकप्रेमीहरूले यसलाई मन पराएका छन्। नेपाली बजारमा पनि नथिङ स्मार्टफोन र एक्सेसोरीजप्रति उपभोक्ताको ठूलो आकर्षण देखिएको छ।”
नेपालमा ५५,९९० रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध नथिङ फोन फोर ए खरिद गर्ने शुरुवाती ग्राहकलाई कम्पनीले ८,९९० रुपैयाँ मूल्यको ‘सीएमएफ बड्स टूए प्लस’ निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ।
यसपटक नथिङले फोर ए सिरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ। ७० एक्स अल्ट्रा जुमसहितको ट्रिपल क्यामेरा सेटअपलाई टेक समीक्षकहरूले सेग्मेन्टकै उत्कृष्ट क्यामेरा प्रणाली भनेका छन्।
एलुमिनियम फ्रेम, नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाइन र ग्लिफ लाइट संयोजनले यसलाई अत्यन्तै प्रिमियम देखाएको छ। आइपी ६८ डस्ट तथा वाटर रेसिस्टेन्स प्रमाणपत्रसहित बक्सभित्रै प्रिमियम फोन केस पनि दिइएको छ।
नथिङ फोर ए मा तीन पुस्तासम्मको एन्ड्रोइड अपडेटको वाचा गरिएको छ। यसमा ब्लोटवेयर रहित क्लिन नथिङ ओएस उपलब्ध छ, जसलाई पर्सनलाइजेसन र कस्टमाइजेसनमा उत्कृष्ट मानिन्छ।
यस स्मार्टफोनमा नथिङको सिग्नेचर आवश्कय एआइ टूल्ससहित गुगल जेमीनाइ र च्याटजीपीटी जस्ता प्रिमियम एआई टुल्स इन्टिग्रेटेड छन्। साथै, शक्तिशाली स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको छ।

Leave a Reply