|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत ९ । नेपालमा ओमोडा जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ मोडेल जेइको जे सिक्स टी औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंमा सोमबार आयोजित एक समारोहबीच ‘जे सिक्स टी’ का नयाँ मोडल सार्वजनिक गरेको हो ।
बेस्ट–इन–सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर ‘जे सिक्स टी’ले ल्याण्ड रोभर डिफेन्डरबाट प्रेरित बक्सी र रग्ड डिजाइन प्रस्तुत गरेको छ। रियर–व्हील ड्राइभ (आरडब्लुडी) भेरियन्टमा यसको मूल्य रु. ६८.९९ लाख तोकिएको भए पनि, ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफर अन्तर्गत रु. ६६.९९ लाखमा उपलब्ध गराइएको छ।
‘जे सिक्स टी’ को सफलतापछि आयोजित अनावरण कार्यक्रममा शार्दा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शार्दा, निर्देशक गौरव शार्दा, सम्मानित ग्राहकहरू, सञ्चारकर्मी, इन्फ्लुएन्सर, अटोमोबाइल क्षेत्रका अतिथिहरू तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालमा यस गाडीको औपचारिक डेब्यु विशेष रूपमा उजागर गरिएको थियो।
निर्देशक गौरव शार्दाले नेपाली इभी सवारी साधनका पारखीहरुका लागि विशेष खालका प्रसिद्ध चेरी ब्रान्टका ‘जे सिक्स टी’ का नयाँ भेरियन्ट बजारमा उपलब्ध गर्न पाउँदा खुशी व्यक्त गरें। “डिजाइन र उत्कृष्ट ड्राइभिङ र अप्ठ्यारा सडकका लागि उपयुक्त हुनेछ,” उनले भने ।
कम्पनीका भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले ‘जे सिक्स टी’ अब देशभरका सबै ओमोडा एण्ड जेइको आधिकारिक सोरुमहरूमा उपलब्ध भएको बताए । उनले अहिले भित्रिएको ‘जे सिक्स टी’ ले ग्राहको मन जि्त्ने विश्वास व्यक्त गरें । उनका अनुसार ‘जे सिक्स टी’ मा २०० मिमी ग्राउन्ड क्लियरेन्स र ४०० किमी रेन्ज उपलब्ध थियो भने, नयाँ ‘जे सिक्स टी’ मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित रेन्ज समावेश गरिएको छ।
प्राविधिक विशेषताध
- रियर–माउन्टेड मोटर, २२० एनएम टर्क
- लिथियम आयरन फस्फेट (एलएफपी) सीएटीएल ब्याट्री
- ४३१ केएम सम्मको ड्राइभिङ रेन्ज
- २२५ एमएम ग्राउन्ड क्लियरेन्स
- ४,४३३ मिमी लम्बाइ, १,९१६ मिमी चौडाइ, १,७४१ मिमी उचाइ, २,७१५ मिमी ह्वीलबेस
- १९–इन्च टायर, १५.६–इन्च सेन्ट्रल टचस्क्रिन, ९.२–इन्च इन्स्टुमेन्ट प्यानल, ५० डब्लु वायरलेस चार्जर, ८ स्पिकर
एसपीजी अटोमोबाइल्स नेपालका अग्रणी वितरकमध्ये एक हो, जसले विश्वप्रसिद्ध ब्रान्डहरू तथा नवीन गतिशीलता समाधानहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता राखेको छ।

Leave a Reply