
काठमाडौं, चैत १० । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको समूहले आफ्नो प्यानल घोषणा गरेको छ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भए पनि, अन्य पदाधिकारी पदमा श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।
श्रेष्ठले आफ्नो समूहलाई ‘सबल र सक्षम टिम’को रूपमा प्रस्तुत गर्दै निजी क्षेत्रको हकहितका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महासंघलाई नयाँ उचाइमा पुर्याउने संकल्पसहित पदाधिकारीका उम्मेदवारहरूको नामावली तय गरेका छन्।
- कृष्ण प्रसाद शर्मा – जिल्ला नगर तर्फ उपाध्यक्ष
- प्रवल जंग पाण्डे – एसोसिएट तर्फ उपाध्यक्ष
- दिल सुन्दर श्रेष्ठ – जिल्ला नगर तर्फ उपाध्यक्ष
- शिव प्रसाद घिमिरे – वस्तुगत संघ तर्फ उपाध्यक्ष
वस्तुगत संघका कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष विष्ट लगायत रहेका छन्।
वस्तुगत सदस्य उम्मेदवारहरूको सूची
घिमिरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे तथा ध्रुब बहादुर गौतम रहेका छन्।
शिवप्रसाद घिमिरेलाई नेपाली निजी क्षेत्रमा ‘एक्सन ओरिएन्टेड’ र तार्किक नेतृत्वका रूपमा चिनिन्छ। उनले उम्मेदवारी घोषणामा भने, “वस्तुगत संघहरू महासंघका मेरुदण्ड हुन्। हाम्रो टिमले यी संघहरूको आवाजलाई महासंघको मूलधारमा स्थापित गर्नेछ।”
महासंघको निर्वाचन यही चैत्र ३० गते हुने तय भएसँगै चुनावी सरगर्मी थप चुलिएको छ।

Leave a Reply