|
Getting your Trinity Audio player ready…
|

जेनेभा, चैत १९ । चिली औपचारिक रूपमा युरोपेली आणविक अनुसन्धान संगठन (सर्न) को सहयोगी सदस्य राष्ट्र बनेको छ। यो दर्जा २०२५ मेमा सदस्यता सम्झौता अनुमोदन र सर्नका विशेषाधिकार तथा उन्मुक्ति सम्बन्धी प्रोटोकलमा चिलीको प्रवेशपछि लागू भएको हो।
नयाँ दर्जाले चिलीलाई सर्न परिषद्, वित्त समिति र वैज्ञानिक नीतिगत समितिमा प्रतिनिधित्व गर्ने अधिकार दिएको छ।
सर्न र चिलीबीचको सहकार्य १९९१ मा सुरु भएको हो। त्यसयता चिलीका विश्वविद्यालय र अनुसन्धान संस्थानहरूले एटलास, सीएमएस, एलएचसीबी, एसएनडी याड एलएचसी, एनए ६४, सीप तथा एजील्ड सुविधा लगायतका परियोजनामा योगदान दिएका छन्।
अधिकारीहरुका अनुसार सदस्यता सर्न र चिली बीचको सम्बन्धलाई अझ गहिरो बनाउनेछ। यसले चिलीका नागरिकलाई सर्नमा सीमित अवधिका कर्मचारी पद र स्नातक कार्यक्रमहरूमा आवेदन दिन अवसर दिनेछ भने चिलीका कम्पनीहरूले सर्नका ठेक्का प्रमक्रियामा सहभागी हुन सक्नेछन्।
यसले सर्नको आपूर्तिकर्ता आधारलाई बलियो बनाउने र चिलीको उद्योग तथा प्रविधि क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Leave a Reply