|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत २३ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन पोखरा इभेन्ट सेन्टरमा भव्य रूपमा सम्पन्न भएको छ।
कन्भेन्सनमार्फत आगामी लायन वर्ष २०२६/२७ का लागि लायन प्रजापती बास्तोला डिष्ट्रिक्ट गभर्नर, लायन कुश प्रसाद मल्ली फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर तथा लायन कृष्ण प्रसाद शर्मा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि इन्टरनेशनल डाइरेक्टर लायन पंकज मेहता र विशेष अतिथि पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको योगदानको प्रशंसा गर्दै सदस्यता वृद्धिमा अझ ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णले व्यवस्थापन गरेको उक्त कार्यक्रमलाई ऐतिहासिक र स्मरणीय भएको बताउँदै हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले जानकारी दिए।
नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर बास्तोलाले क्याबिनेट सचिवमा लायन जीवन गोर्खाली, कोषाध्यक्षमा लायन पुरुषोत्तम प्रसाद पराजुली, चिफ एडभाइजरमा लायन राजु श्रेष्ठ तथा चिफ गभर्नर एडमा लायन रामराजा थापालाई मनोनित गरेका छन्। उनले आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मल्टिपल काउन्सिल चियरपर्सन, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू तथा विभिन्न डिष्ट्रिक्टका प्रतिनिधिहरूसहित १ हजारभन्दा बढी लायन्स तथा लियो सदस्यहरूको उपस्थिति थियो। उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरूलाई सम्मान गरिएको थियो।
त्यसैगरी सोही दिन सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो आशिष थापा डिष्ट्रिक्ट प्रेसिडेन्ट तथा लियो माधव तिमल्सिना भाइस प्रेसिडेन्टमा निर्वाचित भएका छन्। इलेक्ट लियो प्रेसिडेन्ट थापाले सचिवमा लियो सहनसिल बराल र कोषाध्यक्षमा लियो बिनिता बोगटीलाई मनोनित गरेका छन्।

Leave a Reply