
काठमाडौं, चैत्र २५ । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा चैत्र २२ गते शनिबार “स्प्रिङ जुम्बा फेष्ट” उत्साहपूर्वक सम्पन्न भएको छ।
रोयाल ट्यूलिप काठमाडौं हस्पिटालिटी पार्टनर रहेको कार्यक्रममा करिब ४०० फिटनेसप्रेमी तथा लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको सहभागिता रह्यो। बिहान ८ बजे सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स र डिस्ट्रेस गतिविधिहरूमार्फत सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरियो।
जिन नेपालले हाल देशभर ५० भन्दा बढी लाइसेन्स प्राप्त प्रशिक्षकहरूलाई समेट्दै फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ। ट्रान्क्यूलिटी स्पाकी प्रमुख मानव संसाधन तथा वित्त अधिकृत निशा श्रेष्ठले भने, “यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्छन्, सहकार्य गर्न पाउँदा हामी खुशी छौं।”
यसै क्रममा आगामी बेशाख १८ गते शुक्रबार द सोल्टी काठमाडौंस्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिम आयोजना हुने भएको छ।

Leave a Reply