|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, वैशाख ३१ । लमजुङ जिल्लामा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
होटल एभरेष्टमा बुधवार आयोजित विशेष समारोहमा लगानीकर्ता बैंक र प्रवर्द्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडका प्रतिनिधिहरूबीच उक्त सहमति भएको हो।
दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित यस आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा विभिन्न सातवटा बैंक तथा वित्तीय संस्थाहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्बन्धी सम्झौता गरे।
आयोजनाको कुल लागत ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत अर्थात् ३ अर्ब ८० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) प्रवर्द्धक कम्पनीले जुटाउनेछ।
निर्माण कार्यलाई तीव्रता दिँदै ३० महिनाभित्रै आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरिएको दिव्यज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सञ्जिव न्याैपानेले बताए । “यस जलविद्युत आयोजनामा अध्याधुनिक प्रविधिकाे प्रयाेग ल्याइने छ,” उनले भने ।
उनका अनुसार यस आयोजनामा सिटिजन्स बैंक तथा अन्य बैंकले पूर्णरूपमा साथ दिएकाले आयोजनाको वित्तीय जोखिम अन्त्य भएको बताइएको छ।
त्यस्तै, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ठूला परियोजनाहरू साधारण मिहिनेतबाट नभई दुरदर्शीता, धैर्यता र सहयात्राबाट सम्भव हुने बताए ।
यसले स्वदेशी पुँजीमार्फत ठूला जलविद्युत आयोजना निर्माण गर्ने राष्ट्रिय लक्ष्यलाई टेवा पुग्ने दिव्यज्योति हाइड्रोपावर लिमिटेडले जनाएको छ।
विद्युत खरिद-बिक्री सम्झौता नेपाल विद्युत प्राधिकरणसँग पहिले नै सम्पन्न भइसकेकाले अब भौतिक निर्माण कार्यले पूर्ण गति पाउने देखिएको छ।

Leave a Reply