जीवनउपयोगी शिक्षा दिदै आएका छौं

नारायणप्रसाद उपाध्याय

शिक्षण पेशा मार्पmत समाजको सेवा गर्न खुवै मन पराउने नारायणप्रसाद उपाध्यायको जन्म पिता गौरीश्वर उपाध्याय र माता देवका उपाध्यायको कोखबाट स्याङ्जा जिल्लाको आरुचौर गाविसमा भएको हो । सर्वोदय मावि आरुचौरबाट एसएलसी र पृथ्वि नारायण क्याम्पस पोखराबाट आइएस्सी गर्नुभएका उपाध्यायले बिएस्सी अमृत साइन्स क्याम्पसबाट र एमएस्सी त्रिभुवन विश्वविद्यालयबाट गर्नुभएको हो । विज्ञान र गणित मन पराउनुहुने उपाध्याय वि.सं.२०४७ देखि अध्यापन पेशा अँगाल्दै आउनु भएको छ । ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा क्याम्पस प्रमुख भएर काम गर्नु भयो तर त्यहाँ पनि आफ्नो योजना र उद्देश्य अनुसार काम गर्न नपाएपछि वि.सं.२०६३ सालमा हेराल्ड इन्टरनेशनल कलेजको स्थापना गर्नुभएको हो । यसै सन्दर्भमा रिभोसाइन्सले कलेजमा विज्ञान स्तम्भ अन्तर्गत उपाध्यायसँग गरेको कुराकानीको संम्पादित अंश :

हेराल्ड कलेज स्थापना गर्नुको उद्देश्य के थियो ?
कुनै पनि कार्यको पछाडी खास उद्देश्य हुन्छ । कलेजको स्थापना गर्नुको मुख्य उद्देश्य भनेको शिक्षण पेशा मार्पmत समाजको सेवा गर्न मलाई मनपर्ने भएकाले नै हो । मैले त्रिवि अन्तर्गतको अमृत साइन्स क्याम्पसमा पढाउँदा त्यती सन्तुष्ट हुन सकिन । त्यसपछि ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा पढाउँदा पनि सामुदायिक कलेज भएकाले मैले सोचे अनुसारको काम गर्ने वातावरण भएन । अन्ततः आफ्नो सोच अनुसारको एउटा शैक्षिक संस्था सञ्चालन गर्ने इच्छा जाग्यो । जहाँ नितान्त मेरो योजना अनुसार तथा उद्देश्य अनुसार आफ्नो सम्पूर्ण क्षमता प्रदर्शन गरी कुनै पनि किसिमको बन्देज र निषेध बिना शिक्षा दिन पाइयोस् । मेरो यहि इच्छा पुरागर्नको लागि हामीले हेराल्ड कलेजको स्थापना ग¥यौँ । यहाँ काम गर्दै जाँदा आएका समस्याहरूलाई सुधार गर्दै जान सकिन्छ । तर यी कुराहरू सरकारी तथा सामुदायीक कलेजहरूमा हामीले चाहे अनुसार र विद्यार्थीको आवश्यकता अनुसार सुधार्न गाह्रो हुन्छ ।

गरिव, जेहेन्दार तथा पिछडीएका विद्यार्थीहरूलाई गुणस्तरीय र सेवा मुलक शिक्षा प्रदान गर्ने यस कलेजको मुख्य उद्देश्य हो । राम्रो वातावरण दिएर विद्यार्थीभित्र रहेको अन्तर्नीहीत प्रतिभालाई उजागर गर्नका लागि हाम्रो कलेज सधैं तत्पर छ । आशा छ हामीले गुणस्तरीय शिक्षा दिन सकेको खण्डमा यो मुलुकको लागि दक्ष नागरिक तयार गर्न सहज हुने र भोलिको देशको भविष्य सुनिश्चित हुनेछ ।

अन्य कलेजहरू भन्दा हेराल्ड कलेज के कुरामा भिन्न छ ?
काठमाडौंका कलेजहरूको भिडमा एउटा कलेज हेराल्ड कलेज हो । जुन कलेज शिक्षालाई पेशा बनाएका विज्ञहरूको समुहद्वारा सञ्चालित छ । यहाँ पढाउने सवै शिक्षकहरू विद्यार्थीहरूप्रति बढि जिम्मेवार छन् । यस कलेजमा लगानी कर्ताले नै प्रशासन हेर्ने र पढाउने काम समेत गरिरहेको हुनाले हामी विद्यार्थीहरूको भविष्यप्रति संधै सचेत छौं । तर अन्य धेरै कलेजहरूले लगानी कर्ता छुट्टै र तलवी शिक्षकहरू ल्याएर पढाइरहेका छन् । यसरी लगानी कर्ता नै सञ्चालक भएर काम गरेको हुनाले धेरै विद्यार्थीहरूले हाम्रो कलेजलाई मन पराएका छन् ।

हामीले यो हेराल्ड कलेजको प्रतिष्ठासँग आफ्नो प्रतिष्ठा जोडेर हेर्ने गरेको हुनाले पनि हामी अरु भन्दा फरक छौं । यस हेराल्ड कलेजले गुणस्तरीय एवं जीवनउपयोगी शिक्षा प्रदान गर्नुका साथै विभिन्न सीर्जनात्मक कार्यक्रमहरू पनि गर्दै आएको छ ।

विद्यार्थीको चाप कत्तिको छ ?
हाम्रो कलेज राम्रो कलेज भनेर चिनिने हुँदा विद्यार्थीहरूको चाप भौतिक पूर्वाधार अनुसार सोचे भन्दा बढी छ । हाम्रो यस कलेजमा अहिले प्रमाणपत्र तह र स्नातक तह गरेर करिव १३ सय भन्दा बढी विद्यार्थीहरू अध्यनरत छन् । कलेजको व्यवस्थापन र सेवा सुविधाहरू अझ बढाउने योजना भएको हुँदा आउँदा वर्षहरूमा विद्यार्थी संख्या अझ बढ्ने सम्भावना देखिएको छ । विद्यार्थी संख्या अनुसार हामीले विभिन्न सेवा तथा सुविधाहरू बढाउँदै लैजाने योजना बनाएका छौं ।

विद्यार्थीहरू कसरी छनोट गर्नुहुन्छ ?
विद्यार्थी भनेको कलेजको इज्जत भएकाले विद्यार्थी छनोट महत्वपूर्ण विषय हो । हामीले प्रवेश परीक्षा लिँदा विद्यार्थीले अघिल्लो तह कुन श्रेणीमा उत्र्तिण गरेको छ, त्यसलाई मध्य नजर गर्दै अघिल्लो श्रेणीको प्राप्त नतिजा ४० प्रतिशत, प्रवेश परिक्षाको प्राप्त नतिजा ४० प्रतिशत र अन्तर्वार्ताको २० प्रतिशत नतिजा हेरेर विद्यार्थीहरूको छनोट गर्ने गरेका छौं ।
छनोट प्रक्रिया राम्रो भएकै कारण होला विद्यार्थीहरू असाध्यै मेहनती छन् । कलेजको लगानी र उनीहरूको मेहनत अनुसार राम्रो नतिजा आइरहेको पनि छ ।

अस्कलका विज्ञहरू बाहेक अन्य शिक्षकहरूको छनोट कसरी गर्नुहुन्छ ?
विद्यार्थीको भविष्य शिक्षकसँग जोडिने भएकाले शिक्षकहरूको छनोट गर्दा ध्यान दिनु पर्ने हुन्छ । हामीले शिक्षकहरूको छनोट गर्दा उहाँहरूले प्राप्त गरेको प्रमाणपत्र हेर्नुका साथै उहाँको प्रस्तुती तथा कक्षाहरू अवलोकन गर्ने गर्छाैं । यसरी एक हप्तासम्म पढाउने तरिकाको अवलोकन गरेपछि विद्यार्थीहरूबाट राम्रो प्रतिक्रिया आयो भनेमात्र हामीले शिक्षकलाई नियूक्ति दिन्छौं ।

विद्यार्थीहरूको नतिजा कत्तिको सन्तोषजनक छ ?
हाम्रा विद्यार्थीहरूको परीक्षाको नतिजा विगतमा पनि राम्रो थियो र वर्तमानमा पनि सन्तोष जनक रहेको छ । विगतको वर्षमा पनि हामीले साइन्समा ९५ प्रतिशत र व्यवस्थापनमा ९२ प्रतिशत ल्याउन सफल भएका थियौं । शिक्षकहरू र विद्यार्थीहरूको मेहनतलाई मुल्याङ्कन गर्दा आगामी दिनमा शतप्रतिशत नतिजा हुने आशा गरेका छौं । उत्कृष्ट नतिजा प्राप्त गर्नको लागि शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको उत्तिकै जिम्मेवारी हुन्छ । अहिलेका कतिपय विद्यार्थीहरूमा पढाई प्रति रुचि नभएको पनि पाइन्छ । यस्ता पढ्न उत्सुक नभएका विद्यार्थीहरूलाई पढाई प्रति उत्सुक बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो । हामीले राम्रो पढाएर ढुक्क हुने अवस्था छैन । विद्यार्थीलाई सम्बन्धित विषय प्रति रुचि जगाएर पढ्ने बनाउन जरुरी छ । विद्यार्थीहरू विद्यालयमा भन्दा घरमा धेरै समय रहने भएकाले उनीहरूलाई पढ्ने वातावरण मिलाउनको लागि हामीले अभिभावकहरूलाई पनि भनिरहेका हुन्छौँ । हामीले विद्यार्थीलाई प्रेसर दिएर भन्दा पनि उत्प्रेरणा दिएर रुचि जगाउने कार्य गरिरहेका छौं । त्यसै हुनाले पनि राम्रो नतिजा आएको हो भन्ने हामीलाई लागेको छ ।

पढाई प्रति विद्यार्थीहरूको रुचि नहुनुको कारण के हो ?
समय सापेक्ष कोर्स नभएकाले र सरकारको स्पष्ट शिक्षा नीतिको अभावका कारण हाम्रा विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र प्राप्त गरेकै आधारमा जीवन यापन गर्न सक्ने अवस्था छैन । किनकी पढेको आधारमा मात्र उनीहरूलाई काम गर्ने तरिका थाहा हुँदैन । अर्को कुरा नेपालमा प्रयोगात्मक शिक्षाको अभाव छ । त्यसैले प्राविधिक र जीवनोपयोगी शिक्षा हुन अत्यन्त जरुरी छ ।

हेराल्ड कलेजमा ल्याव तथा लाईवे्ररीको अवस्था कस्तो छ ?
कलेजले जती धेरै सुविधाहरू विद्यार्थिलाई उपलब्ध गराउन सक्यो, त्यती नै बढी विद्यार्थीको आकर्षण बढ्छ र विद्यार्थीहरूको पढाई पनि राम्रो हुन्छ । त्यसैले हामीले विद्यार्थीहरूलाई प्रविधिसँग परिचित गराउँदै नयाँ कुराहरू सिकाउनका लागि विज्ञान विषयका प्रयोगशालाहरू, कम्प्यूटर ल्याव तथा इलाईव्रेरीको राम्रो व्यवस्था गरेका छौं ।

विद्यार्थीहरूका लागि कस्तो किसिमको गतिविधिहरू सञ्चालन गरिरहनु भएको छ ?
विद्यार्थीहरूलाई दिनु पर्ने जीवन उपयोगी शिक्षा, संस्कार र संस्कृति अनुसार कसरी जीवनमा सफल भइन्छ । उनिहरूलाई हामी सैद्धान्तिक ज्ञान, उत्प्रेरणा र सामाजिक गतिविधिसँग परिचित हुने कुराहरू सिकाउँछौँ । त्यसका लागि हामीले छुट्टै केहि कक्षाहरू पनि सञ्चालन गरिरहेका छौं । फिल्ड रिसर्च तथा विभिन्न सेमिनारहरूमा हामीले विद्यार्थीहरूलाई सहभागि गराउने गरेका छौं ।

हेराल्ड कलेज कत्तिको महंगो छ ? गरिव तथा जेहेनदार विद्यार्थीहरूको लागि छात्रावृत्तिको व्यवस्था कस्तो छ ?
उच्च माध्यामिक शिक्षा परिषदले तोकेको ३ प्रतिशत र जिल्ला शिक्षा कार्यालयले तोकेको २ प्रतिशत र दलित, पिछडिएका, गरीव तथा जेहेनदार विद्यार्थीहरूका लागि करिव १० प्रतिशत छात्रावृत्तिको व्यवस्था गरेका छौं । कुनै विद्यार्थी जेहेनदार छ र पैसाको कारणले पढ्न पाएको छैन भने संस्थागत तथा व्यक्तिगत रुपमा भएपनि सहयोग गरेर त्यस्ता विद्यार्थीहरूलाई पढाउने गरेका छौं । अन्य कलेजको तुलनामा हेराल्ड कलेजले चर्को एवं महंगो शुल्क लिने गरेको छैन ।

विद्यार्थीले हेराल्ड कलेज नै किन पढ्नु पर्छ ?
विषय विज्ञहरूद्वारा सञ्चालित कलेज भएकाले यहाँ पढाउने शिक्षकहरू अनुभवी तथा दक्ष हुनुको साथै यस कलेजको नतिजा पनि निकै राम्रो छ । हाम्रो कलेज नारायण गोपाल चोक, चक्रपथमा भएकाले जताबाट पनि आउनको लागि समस्या हुँदैन । ट्रान्सपोटेसन देखि विद्यार्थीलाई चाहिने ल्याव लाईवेरी तथा सवै खाले सुविधाको राम्रो व्यवस्था भएको कारण हेराल्ड कलेज पढ्दा विद्यार्थीहरूका लागि राम्रो हुन्छ । विद्यार्थीलाई शैक्षिक उन्नयनको लागि चहिने सवै कुराहरू हामीले प्रदान गरेर उत्कृष्ट नतिजा दिएको हुनाले यहाँ आएर पढ्ने विद्यार्थीको शैक्षिक जीवनको सुनिश्चितता गरिन्छ ।

नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्नको लागि यस्ता संस्थाको कस्तो भूमिका हुन्छ ? सरकारले के गर्नुपर्छ ?
शिक्षाको विकास नभएसम्म देशको विकासले गति लिन सक्दैन । विज्ञान र प्रविधिको क्षेत्रमा लगानी नगरेसम्म विकास सम्भव छैन । हामीलाई थाहा भएकै कुरा नेपालमा विज्ञानको क्षेत्रमा थोरै मात्र लगानी छ । कम लगानी गरेर ठूलो प्रतिफलको आषा गर्नु मूर्खता भएकाले दक्ष जनशक्ति उत्पादन गर्नको लागि सरकारले ठूलो लगानी गर्न जरुरी छ । त्यसैले हाम्रो जस्ता शैक्षिक संस्थाहरूले कोरा सैद्धान्तिक विषयको मात्र ज्ञान दिनु भन्दा पनि व्यवसायिक किसिमको ज्ञान दिन सक्नुपर्छ । यस्ता विषय वस्तुको निर्धारण भने सरकारले गर्न सक्नुपर्छ ।

देशको पूर्वाधार तयार गर्नका लागि चाहिने जनशक्ति उत्पादनका लागि सरकारको एउटा स्पष्ट शिक्षा नीति हुनुपर्छ । मुलुकको आवश्यकता अनुसार चाहिने प्राविधिक जनशक्ति तयार गर्न योजना तर्जुमा गरेर त्यही अनुसारको लगानी गर्न सकेको खण्डमा नेपाल विकासको गतितिर लाग्ने कुरा निश्चित छ । यो मुलुकका गरिव तथा जेहेन्दार विद्यार्थीहरूले महँगो शिक्षा पढ्न सक्दैनन् । विज्ञानको विकास नभइकन देशको भौतिक विकास हुन सक्दैन । त्यसकारण सरकारले विज्ञान प्रविधिको लागि ठूलो लगानी गर्नुपर्छ । त्यसको प्रतिफल मुलुकले अवश्य पाउने छ । हामीले आज जति पनि देखेका धनी मुलुकहरू छन् त्यहाँ विज्ञान प्रविधिको क्षेत्रमा ठूलो लगानी भएकै कारण ती मुलुकहरूमा विकास सम्भव भएको हो । दक्ष जनशक्ति तयार भैसकेपछि त्यो जनशक्तिले मुलुकको विकास ग¥यो । हाम्रो मुलुक त्यो अवस्थामा पुग्न नसकेका कारण यस क्षेत्रमा लगानीको खाँचो छ ।