उड्ने लोखर्के

English Name: Himalayan Flying Squirrel

Scientific Name: Petaurista petaurista

उड्ने लोखर्केहरू पनि हावापानीको अवस्था हेरी चुरे पहाडका छेउछाउदेखि महा

भारत पहाडका खोँचहरू र जङ्गलतिर पाइन्छन । यसलाई नेपालीहरू राजपंक्षी, कोइरालो, उड्ने लोखर्के, उड्ने लोथर्के आदि विभिन्न स्थानीय नामले चिन्दछन् । यी जातका लोखर्केहरू प्रायः दिनभरि रूखका टोड्का तथा प्वालहरू र स्याउलाहरू बीच आराम गर्दछन् । साँझ परेपछि उड्ने लोखर्केहरू सक्रिय बन्दछन् र रातभरि खाना खोज्न, खान, साथीभाइ भेट्न, खेल्नमा विताउँछन् । यीनिहरू मिर्मिरे उज्यालो हुन थालेपछि विस्तारै आफ्ना सुरक्षित बासतिर लाग्दछन् । प्रायः गुडुल्किएर सुत्ने यिनीहरू गर्मी महिनामा आफ्नो बास अलि खुला ठाउँमा गर्न सक्छन् ।
खासगरी यीनिहरूलाई उड्ने लोखर्के भनिए पनि चरा अथवा चमेरो जसरी उड्ने होइनन् । शरीरको दुई भागमा कोखाबाट पातलो छालाको लाम्टो यीनिहरूको शरीरमा दुबै तिर निस्किएको हुन्छ । हात–खुट्टा तन्काउँदा यसै पातलो पत्रले गर्दा यीनिहरू चारपाटे आकारका देखिन्छन् । यसको मद्दतले यीनिहरू माथिबाट तलतिर फालहाल्दा हावामा तैरँदै सजिलै र आरामदायी किसिमले जमिन वा अर्को रुखमा पुग्न सक्छन् । चराहरू पखेटा नहल्लाई कावा खाँदै तल–तल ओर्लिएझैँ यी लोखर्केहरूले गरेका हुन् । चराले झैँ हावा काट्न त्यो पत्र हल्लाउन नसक्ने हुनाले यीनिहरू माथितिर जान सक्दैनन् । उड्ने लोखर्के बतासको धार हेरेर करिब १५० फिट सम्म कावा खाँदै ओर्लन सक्छ । यसरी ओर्लँदा यसले आफुले चाहेको दिशातीर समकोणमा मोडिन सक्छ । यसो गर्नलाई उड्ने लोखर्केले खुट्टा र पुच्छर हल्लाउने तथा दिशा निर्देश गरेको हुन्छ । जमिनमा अथवा हाँगामा पुग्नलाग्दा भने यसले पुच्छर उठाई आरामसाथ जमिन छुन्छ वा हाँगामा आप्mना पञ्जाले समात्छ ।

उड्ने लोखर्केको सरिरमा प्रायः भुत्ला खैरो रातो ढाड तीर हुन्छ भने छाती तीर सेता हुन्छन् । राती चलखेल गर्ने हुनाले अरु लोखर्केका भन्दा यसका आँखा ठुला हुन्छन् । खानामा यी लोखर्केहरू फलफुल र विभिन्न बियाँहरू खान्छन् । यीनिहरू रूखका बोक्राहरू, चोप, गुँद पनि खाने गर्छन् । स–साना किराहरू र तिनका लार्भा र गुँड पनि खाने गर्दछन् । हिमालयका खोँचतिर पाइने उड्ने लोखर्केहरूले कलिला पात र मुनाहरू पनि खाएको पाइन्छ । खानेकुराहरू अगाडिका दुई हातले समातेर ओल्टाई–पल्टाई गरेर खाने यीनिहरूको बानी हुन्छ । यीनका बासस्थान तिर घुम्न साँझपख निस्कनु भएमा साना चमेरा जसरी तर सुईँट्ट एक रुखबाट अर्को वा एक हाँगाबाट अर्कोमा जाने प्राणि यीनै उड्ने लोखर्के भएको पक्का नै होला ।
यस प्रजातिको लोखर्केमा जाडोको अन्त्य तीर गर्भाधान हुन्छ । गर्मीको बेलामा पनि दोस्रो गर्भाधान हुन्छ । घाँस, पात, झ्याउले भरेर रूखका प्वालमा गुँड लाएर बस्ने यी उड्ने लोखर्केहरू चालिस दिन गर्भ धारण गरेर बच्चा पाउँछन् । बच्चा तीन देखि चारवटा सम्म हुन्छन् । बच्चा पाएपछि भाले अलग हुन्छ र गुँडमा छाउरा र पोथीमात्र बस्छन् । जन्मदा बच्चाहरूको आँखा उघ्र्रिएको हुँदैन । उड्न मदत गर्ने पातलो लाम्टो विकास भएको पनि हुँदैन । करिब ५ हप्तामा बच्चाहरू आपैmँ खाना खोज्न र खान सक्छन् । यसले चराका गुँड तथा ढुङ्गाको ककारोमा आप्mनो बासस्थान बनाउन सक्छ । गुँड बनाउँदा यसले रुखका बोक्रा, पात पतिङ्गर, भ्mयाउ र प्वाँख पनि राखेको पाईन्छ । यस लोखर्केले अरु जनावर वा चरासँग सहगुँड बनाएको पनि पाईन्छ । यसले हिउँदमा वा अभावको बेला खान भनेर खाना जम्मा गरेर राखेको पाईन्छ ।

(रिभोसाइन्स वर्ष ३ अंक ९बाट डा. मुकेशकुमार चालिसेको लेख ‘ नेपालका खरायो प्रजातिहरूलोखर्केहरु’को केहि अंश सभार गरिएको हो । सं.)