मोबाइलबाट घरमा निगरानी

काठमाडौं । प्रविधिको रफ्तारसँगै सफ्टवेर निमार्ता कम्पनीहरु नयाँ नयाँ एप बनाउन थालेका छन् । पछिल्लो समय विकसित भएको एप घरमा लाइभ हेर्न मिल्नेछ । यसले चोरीको घटना हुन कम हुने एप कम्पनीको छ । खासगरी कामकाजी मानिसहरु कार्यालय गएको मौका छोपेर चोरले दिउँसै धनमाल लाने प्रवृद्धिलाई रोक्ने र मोवाइलबाट निरन्तर घरको निगरानी राख्न मिल्नेछ ।

यो एपको सहायताले तपाईको घरलाई चौविसै घण्टा निगरानीमा राख्ने छ र तपाई जुनसुकै ठाउँमा भएपनि घरको लाइभ मोनिटरिङ्ग गर्न सक्नुहुन्छ । यसले मानिसका दैनिकीलाई सहज बनाउनेस्मार्टफोन एप्स कम्पनीको दावी छ ।

हालै मात्र सार्वजनिक गरेको ‘मेनीथि एप’ले आप्mनो आइफोनमा डाउनलोड गरेर सुबिधा लिन सकिन्छ । यसकालागि तपाईलाई दुईवटा आइफोन चाहिन्छ । एउटा आइफोन घरमा निगरानीका लागि राख्ने जसले सीसीटीभीको काम गर्नेछ । र, अर्को आइफोन आफैसँग बोक्ने जसमा तपाईले घरको दृष्य हेर्न पाउनुहुनेछ ।

जब क्यामेरामा अगाडि कुनै वस्तुको हलचल गरेको देखिन्छ, तव यो एपले तुरुन्तै तपाईको मोबाइलमा नोटिफिकेसन पठाउँछ र लाइभ भिडियो हेर्न सकिन्छ । यदि सीसीटीभी क्यामेरा बनाइएको आइफोन नै चोरले चोरिदियो भने पनि चिन्ता लिनु पर्दैन । किनकी खिचिएका तस्वीर एपले सर्भरमा स्टोर गर्छ र तपाईंले सजिलै चोरको पहिचान गर्न सक्नुहुन्छ ।

एकका लागि यो एप निःशुल्क उपलब्ध हुन्छ । यदि तपाईले एकभन्दा बढि क्यामेरा प्रयोग गरि १२ घण्टाभन्दा बढिको भिडियो रेकर्ड स्टोर गर्न चाहानुहुन्छ भने पैसा लाग्नेछ । यो एप अहिले आइफोनमा मात्र चल्ने छ र पछि एन्ड्रोइडका लागि भविष्य सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।