नेपालमा आईफोन सिक्स र सिक्स प्लस

– अमृता अर्याल

नेपालमा विगत केहि समय देखि नयाँ प्रविधिहरु भित्रिने क्रम बढेको छ । जनताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै यस्ता प्रविधिहरु भित्रिन थालेका हुन् । नयाँ प्रविधि भित्रिने क्रममा विदेशी बजारमा भर्खरै रिलिज भएको आईफोन सिक्स र आईफोन सिक्स प्लस् नेपालमा पनि भित्रिसकेको छ ।

यस भन्दा अगाडि रिलिज भएको आईफोन ५ जनप्रिय बन्न सफल भयो । नयाँ रिलिज भएको आईफोन सिक्स ले त्यो भन्दा बढी लोकप्रियता कमाउन सफल हुन्छ भन्ने आशा आईफोन सिक्स र आईफोन सिक्स प्लसका निर्माता एप्पल कम्पनिको छ ।
एनसेलले आफ्ना ग्राहकको सेवाका लागि आईफोन सिक्स र आईफोन सिक्स प्लस् लगायत एप्पलका प्रिमियम मोवाइल सेटहरु नेपाली बजारमा भित्र्याएको हो । एनसेलले आफ्नो सेवासँग बन्डल गरेर आईफोन सिक्स र सिक्स प्लस्को बिक्री सुरु गरेको छ । यस अघि पनि एनसेलले गुगल नेक्सस लगायत पनि बन्डल गरेर बिक्री गरेको थियो । निरन्तर ग्राहकलाई सुविधा पु¥याउने उद्देश्य रहेको भन्दै एनसेलले शुक्रबार एक कार्यक्रम आयोजना गरेर एप्पलको आईफोन सिक्स र सिक्स प्लसको पनि बिक्री थालेको हो ।

किस्तामा रकम भुक्तानी गर्दै खरिद गर्न सक्ने गरी बिक्री सुरु भएको आईफोन सिक्स र सिक्स प्लस इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक र नबिल बैंकबाट सहज किस्तामा सेट खरिद गर्न सकिने कुरा एनसेलले जनाएको छ । बन्डल अफर अन्तर्गत एनसेलले आइफोन सिक्स र आईफोन सिक्स प्लसको सेट खरिद गर्ने ग्राहकलाई सिमसँगै सिक्स महिनासम्म प्रत्येक महिना १ जीबी डेटा निःशुल्क उपलब्ध गराउने भएको छ ।

तीन महिना अगाडि रिलिज भएको आईफोन सिक्स मा धेरै नयाँ तथा रोचक सुविधाहरु छन् । यसमा नयाँ प्रोसेसर, पहिलाको आईफोनको भन्दा ठूलो स्क्रीन, नयाँ र आकर्षक डिजाईन लगायत थुप्रै सुविधाहरु रहेको छ ।

आईफोन सिक्स रिलिज भएको पहिलो हप्तामा नै १ करोड प्रति बिक्रि भएको थियो । नयाँ प्रविधि प्रयोग गरिएको आई–फोन सिक्स को नारा “बिगर देन बिगर अर्थात “ठूलो भन्दा ठूलो रहेको छ । आईफोन सिक्स लाई कोड भाषामा एनसिक्स१ पनि भनिन्छ ।

आईफोन सिक्स र सिक्स प्लस्को रङ्ग र डिजाइन अनि प्रविधिमा समानता भएता पनि आकारमा भने भिन्नता रहेको छ । दुवैमा फिङ्गर प्रिन्ट स्क्यान गर्न सक्ने प्रविधि पनि छ भने आईफोन सिक्स प्लसको आकार आईफोन सिक्स को भन्दा ठूलो रहेको छ । आईफोन सिक्स प्लसको स्क्रीनको उचाई सिक्स.२२ इन्च, चौडाई ३.०सिक्स इन्च र गहिराई ०.२८ इन्च रहेको छ ।
एप्पलकै नयाँ प्रविधि प्रयोग गरेर निमार्ण गरेको ए८ प्रोसेसर आई–फोन सिक्स मा राखेको छ भने यसमा १.४ गिगाहर्ज डुएज कोर “ साइक्लोन सेकेण्ड जेनेरेसन्को सी.पी.यू.प्रयोग गरिएको छ । साथै यसमा १ जिबि मेमोरि भएको हुँदा अरु फोनभन्दा छिटो रहेको छ । आई–फोन सिक्स को स्क्रीनको उचाई ५.४४ इन्च रहेको छ भने तौल १२९ ग्राम रहेको छ । चौडाई २.सिक्स४ इन्च र गहिराई ०.३०२ इन्च रहेको आई–फोन सिक्स को जम्मा आई.ओ.एस् ८.० अपरेटिङ्ग सिस्टम समावेश गरिएको छ । १सिक्स जिबि,सिक्स४ जिबि र १२८ जिबि डाटा भण्डार गर्न सकिने आईफोन सिक्स को डिस्प्ले भने अन्य आईफोनको भन्दा बलियो र ठूलो रहेको छ ।

आईफोन सिक्स मा समावेश भएको रियर क्यामेरा ८ मेघापिक्सेल र फ्रन्ट क्यामेरा १.२ मेघापिक्सेलको रहेको छ । जसले गर्दा धेरै राम्रो गुणस्तरको फोटो र भिडियो खिच्न सकिन्छ । अरु फोनहरु भन्दा धेरै पातलो भएकोले गर्दा आईफोन सिक्स हातमा समात्न र टाइप गर्न धेरै सजिलो रहेको छ ।

नेपालमा ग्राहकले एनसेलको सिम तथा डेटा प्याक सेवा सहित आईफोन सिक्स को १सिक्स जी.बी. सेट रु ८३ हजार ९ सय ९९ मा, सिक्स४ जी.बी. सेट रु ९४हजार ४ सय ९९ मा र १२८ जी.बी. सेट रु १ लाख ७ हजार ९सय ९९ मा खरिद गर्न सक्ने र आई–फोन सिक्स प्लसको १सिक्स जी.बी. सेट रु ९४हजार ४सय ९९ मा,सिक्स४ जी.बी. सेट रु १ लाख ७ हजार ९ सय ९९मा साथै १२८ जी.बी.सेट रु १ लाख २० हजार ९ सय ९९ मा खरिद गर्न सक्ने एनसेलले जनाएको छ । कम्पनीका अनुसार डलरको विनिमय दरअनुसार मूल्य फरक पर्न सक्ने जनाएको छ ।

ग्राहकहरुले एनसेलको कृष्ण टावर स्थित एनसेल सेन्टरबाट आईफोन सिक्स प्लस खरिद गर्ने तिनकुनेका प्रकुल कुमार नेपालमै पहिलो आधिकारीक आईफोनका ग्राहक हुन् । एनसेलका बिटुबि निर्देशक प्रणय राज पाण्डे भन्छन्, ‘एप्पलले नेपालमै पहिलो पटक आधिकारीक रुपमा आफ्ना सेटहरु भित्र्याएकोले ग्राहकले अब विक्री पश्चातका सेवा तथा एप्पलको विश्वव्यापी वारेन्टिको लाभ प्राप्त गर्नेछन् । एप्पलको क्रेज विश्वभर रहेको छ ।


आईफोन प्रयोग कर्ताले हिँजोआज वेबसाइटको फोरममा आईफोन मोडिएको भनेर गुनासो गरेका छन् । प्रयोग कर्ताहरुका अनुसार फोनको मुख्य भागको भोलुम कन्ट्रोल बटनको नजिकै दवाव परेपछि फोन बाङगिन्छ । हैजो नामका प्रयोगकर्ताले एक मोडिएको आईफोनको तस्बिर पोष्ट गरेर भनेका छन् उनको खल्तिमा १८ घण्टासम्म फोन रहेपछि दवाव परेका कारण फोन मोडिएको थियो । अर्का प्रयोगकर्ताले मोडिएको फोन सिधा गर्ने प्रयास गर्दा फोनको स्क्रिन स्क््रयाच भएको बताए । तर एप्पलसँग जोडिएको स्टोरिज गर्ने वेबसाइटले यस्तो कुनै समस्या नभएको दावी गरेको छ । आईफोन बिक्री गर्ने मोबाईल पसलहरुले पनि आईफोन मोडिने समस्याको गुनासो ग्राहकबाट प्राप्त नभएको जनाएको छ । धेरै आईफोन बेचिसक्दा पनि आईफोन मोडिएको गुनासो सुन्न नपरेको कुरा ताम्राकार हाउसले जनाएको छ । व्याट्रि कम टिकाउ भएतापनि आईफोन नै मोडीने समस्या नदेखिएको कुरा थ्री स्टोर कम्प्यूटर बजार पुतली सडककी विनिता ओली बताउँछिन । उनले एप्पलको आईफोन सिक्स अहिले सम्म १५ ओटा र आईफोन सिक्स प्लस ९ ओटा बेचिसकेको र अझ धेरै अडरहरु आएको समेत बताइन । तर, आईफोन सिक्स र आईफोन सिक्स प्लस बिक्री गर्दा त्यति नाफा नहुने कुरा थ्री स्टोर जनाएको छ । अन्य फोनहरु जस्तो यो फोन बिक्री नहुने र बिक्री भएपनि नाफा नरहेको उनिहरुको भनाई छ । अन्य फोन बिक्री गर्न सर्पोट हुन्छ भनेर आईफोन सिक्स र आईफोन सिक्स प्लस राखेको थ्री स्टोरका रजत सिंह बताउँछन् ।

आईफोन सिक्स र सिक्स प्लसले लोकप्रियता कमाउने विश्वास एप्पल कम्पनीको रहेको छ । दुवै आईफोनमा हाई स्क्रिन रेज्युलुसनका लागि रेटिना एचडी प्रविधि प्रयोग गरिएकोले गेम खेल्न मनपराउनेहरु र मल्टीमिडिया प्रयोगकर्ता दुवै नयाँ आईफोनले खुशी बनाउने छ ।