इन्टरनेटमा ५५ प्रतिशत हिस्सा नेपाल टेलिकमको

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा ५५ प्रतिशत हिस्सा ओगटेको छ । मोबाइल इन्टरनेट सेवाको गुणस्तर वृद्धि गरेपछि टेलिकमले इन्टरनेट सेवामा पहिलो स्थान कायम राख्न सफल भएको हो । टेलिकमले डायलअप, एडीएसएल, जीपीआरएस, इडिजीइ, डब्लुसीडीएमए, इभिडियो, वाइम्याक्स, सीडीएमए १एक्स लगायतका इन्टरनेट सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कार्तिक मसान्तसमम्म ९४ लाख ५९ हजार सिक्स सय जना इन्टरनेटको पहुँचमा आएका छन् । जसमध्ये ५१ लाख सिक्स४ हजार सिक्स१ जना नेपाल टेलिकमका ग्राहकहरु हुन् । प्राधिकरणका अनुसार टेलिकमका ४८ लाख ७सिक्स हजार ८ सय ११ ग्राहकहरु मोबाइलबाट इन्टरनेट चलाउँछन् ।

दोस्रो स्थानमा रहेको एनसेलका ग्राहकहरु ४० लाख ५सिक्स हजार २ सय ५२ जना रहेका छन् । एनसेलले जीपीआरएस, इडिजीइ डब्लुसीडीएमए इन्टरनेट सेवा उपलब्ध गराउँछ ।

मोबाइलमा इन्टरनेट चलाउने ग्राहकहरु हृवात्तै बढेपछि अन्य इन्टरनेट सेवा प्रदायकहरु ­आइएसपी)को तुलनामा टेलिकम र एनसेलका ग्राहक निकै बढी छन् । पछिल्लो एक महिनामा मात्र मोबाइलबाट इन्टरनेट चलाउने ग्राहक सवा लाखले बढेर ९० लाख १९ हजार ८ सय १३ पुगेका छन् ।

टेलिकमका डायलअप र एडीएसल सेवाका ग्राहकहरु भने घटेका छन् । मोबाइल इन्टरनेटमा ग्राहक मोडिन थालेपछि वल्र्डलिंक, वेभ सर्फर, क्लासिक टेक, भायोनेट लगायतका कम्पनीलाई समस्या पर्ने निश्चित देखिएको छ । नेपालमा टेलिकम र एनसेलका साथसाथै युटिएल, एसटीएम टेलिकम सञ्चार, स्मार्ट टेलिकम र अन्य इन्टरनेट सर्भिस प्रोभाइडर ­आइएसपी)ले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् ।

कार्तिकसम्मको तथ्यांक हेर्ने हो भने युटिएलका ग्राहक ५सिक्स हजार ७ सय ४४, स्मार्ट टेलिकमका ८सिक्स हजार ७ सय ५०, एसटीएम टेलिकमका १३ जना र आइएसपीका ९५ हजार ७ सय ८० जना ग्राहकहरु रहेका छन् ।

कार्तिक मसान्तसम्म डायलअप सेवाका ग्राहक १० हजार ५ सय १९ जना रहेका छन भने वायरलेस मोडिएम, अप्टिकल फाइबर इथरनेटका ३७ हजार १ सय सिक्स, केवल मोडियमका ५२ हजार ८ सय १४ जना ग्राहकहरु रहेका छन् ।

त्यसैगरि, एडीएसएलका १ लाख ३५ हजार २ सय ७४, मोबाइल इन्टरनेटका ९० लाख १९ हजार ८ सय १३, सीडीएमए १एक्स, इभिडियोका १ लाख ९३ हजार ३ सय १७, भिस्याट बेस्ड इन्टरनेटका १३ जना ग्राहकहरु रहेको प्राधिकरणले जनाएको छ ।