रिभोसाइन्स पाँचौ वर्षमा

रिभोसाइन्स मिडियाद्वारा प्रकाशन हुँदै आएको ‘रिभोसाइन्स’ मासिक यस अंकदेखि ५ वर्षमा प्रवेश गरेको छ । नेपालमा ‘विषयगत विज्ञान पत्रकारीताको इतिहास’ नेपालमा लामो नभएतापनि अंशिक रुपमा यसले नेपाली विज्ञानको विषयवस्तुको उठान गरेको छ । नेपालमा जुन रूपमा विज्ञान प्रविधिको विकास नभएको अवस्थामा विज्ञान पत्रकारीता उल्लेख्य उदाहरण हो । यसर्थ, विज्ञान प्रविधिको क्षेत्र अथाह भएको क्षेत्रमा यो निरन्तरताको कडि मात्र हो । किनभने यसले जुन स्वरूप र प्रस्तुतिको विकास रिभोसाइन्सले गर्नुपथ्र्यो—त्यो काम यसले चार वर्षको पुरा अवधिमा गर्न सकेनौं । तै पनि यसले आफ्नो विकास रिभोसाइन्स प्रकाशन ‘छापा र अनलाइन’ मार्फत गरेर नेपालको विज्ञान गतिविधि विदेशसम्म पु¥याउने जमर्को गरेको छ । जुन कुरा नेपाल सरकारको विज्ञान प्रविधि संस्थाद्वारा प्रकाशन हुने विज्ञान पत्रिकाले गर्न नसको अवस्थामा रिभोसाइन्स मासिकले गरेको कार्यको मूल्याङ्कन हाम्रा शुभचिन्तक महानुभावहरूले गर्नु भएको छ ।

रिभोसाइन्स मासिक यहाँसम्म आउन पाठक वर्गले देखाउनु भएको सदासयता, विज्ञापनदाताहरूले दिनुभएको सहयोग र हाम्रा सल्लाहकार तथा सुभेच्छुहरूबाट पाएको ढाडस् रिभोसाइन्सको मुख्य आधार हो । हामीले शुरूवातमा रिभोसाइन्स प्रकाशन नेपालमा रिर्सचको सम्भावनाको धय बोकी प्रकाशनमा आरम्भ गरेका थियौं । तर प्रमुख लक्ष्य नेपालमा रिर्सच गर्ने अभिलासा हुँदा हुँदै पनि विज्ञान प्रविधिको नाजुक अवश्था देखेर सकेसम्म यस क्षेत्रमा भए गरेका गतिविधि तथा विषयसंगत क्षेत्रमा नसुधारिएको अवस्थालाई उजागर गर्ने प्रयास गरिरह्यौं । यसरी आन्तरीक समस्यामा रोमलिएको विज्ञान प्रविधिको अवस्था राष्ट्रिय मुद्दासँग जोडिएका कारणले पनि हामीजस्ता बामेसर्दै गरेका विज्ञान पत्रकारीताको माध्यमले सजिलै सुधार गर्न सक्नेवाला छैन । तरपनि विज्ञान दृष्टिले देखेका कतिपय कुराहरूलाई आम पाठक माझ पु¥याउने प्रयास भने निरन्तर गरिरह्यौं, गरिरहने छौं ।

संसारमा कुनै पनि चिजको निश्चित आयु र समयको आवश्यकता भने धुर्वसत्य नै मानिन्छ । त्यसैले अहिलेको विश्व परिवेशमा हाम्रो माटोले सुवाउँदो रिभोसाइन्समा खुराकहरू समाबेश गर्न हामी सफल भएका छौं । विश्व विज्ञान पत्रकारितामा जस्तो विज्ञानका भरपूर्ण खुराक रिभोसाइन्समा समाबेश गर्न नसकेको पक्कै हो । अहिले जुन सामग्री रिभोसाइन्समा समाबेश गरेका छौं यसले आम पाठको अध्ययनको भोग मेटाउन सकेका छैन । यो आगामि दिनमा पुरा गर्नेछौं । मिहिनेत, इमान्दारीता र लक्ष्य रिभोसाइन्स टिमले चार वर्षमा सिकेका कुरा हुन । यी तीन चिज प्राप्तीका लागि यो निरन्तर प्रकाशनमा आइरहने छ ।

अन्त्यमा, कुनै पनि चिजको मुल्य ‘समय सापेक्ष’ हुने र त्यसले भावि पुस्तालाई मार्ग निर्देशन गर्ने भएकोले रिभोसाइन्सले पनि विज्ञान प्रविधिको क्षेत्रमा भावी कार्यदिशा कोर्न मद्दत गर्ने कुरा नकारी, यसको विकासको लागि थप सहयोग र सदभाव सम्पूर्ण महानुभावहरूले गर्नुहुनेछ भन्ने विश्वास लिएको छ ।