अनुसन्धानमुखी बजेटको आवश्यकता

विश्व अनुसन्धानमय भैसेकेका छन् । आज हरेक विश्वविद्यालय प्रविधिमय अनुसन्धानका कुरा गर्नमा तल्लिन छन् । विदेशका वैज्ञानिक संस्था कोभन्दा कोकम भन्नेमा केन्द्रित छन् । तसर्थ उनीहरु कसले पहिले नयाँ अनुसन्धानका कुरा बाहिर ल्याउने भन्नेमा गतिशिल छन् । तर नेपाल भने उही बामे सराइको अवस्थामै सीमित छ ।

यसले के देखाउँछ भने ‘हाम्रो विज्ञान प्रविधिमा तल्लिन संस्थाका पदाधिकारीहरु पनि सरकारी विद्यालयका शिक्षकहरु जस्तै ‘पाँस र फेल’को हिसाव गर्नमा व्यस्थ छन् । सरकारी शैक्षिक संस्थाका शिक्षक आफू मिहिनेत गरि पढाउन नसक्ने अनि दोष जति सरकार र विद्यार्थीलाई थुपारेको पाइन्छ । त्यस्तै हाम्रा वैज्ञानिक संंस्थाका हाकीमसावहरु पनि आफू दीर्घकालीन योजना ‘देशको हित’ केन्द्रमा राखी बनाउन नसक्दा विज्ञान प्रविधिको क्षेत्र गतिहिन छ । तर उनीहरु योजना आयोग र सरकारलाई रोष प्रक्रट गर्दै भन्छन्, पोहरकोभन्दा यसपाली बजेट कम पारे सरकारले ।

विश्वमा प्रविधिको विकास अव्वल दर्जामा हुनुलाई त्यहाँको सरकार विज्ञान प्रविधिको उच्चतम प्रयोग र प्रमुख प्राथमिकतामा राख्न सफल भएकै कारणले हो । ती देश समृद्धीतिर लम्किरहेको छ । तर हाम्रा नेता भने देशमा भएगरेका वैज्ञानिक संस्था र विश्वविद्यालयमा राजनीतिक नियुक्तिबाहेक प्रगतिका कुरामा बेखवर छन् । वैज्ञानिक भनेर देशमा स्वफूर्त रुपमा आफ्ना भिजिटिङ्ग कार्ड बाँढन् पछि नपर्ने वैज्ञानिक दर्जाले गरेका अनुसन्धान हेर्ने हो भने कुनै विकासे ‘एनजिओ’ले गर्ने खालका हुन्छन् । उनीहरु त्यहि विकासे योजनामा आफ्ना व्यस्तता वेथित गरेको पाइन्छ ।

तथ्याङ्क नै हेर्ने हो भने हाम्रो विज्ञान प्रविधिको विकास शून्य केन्द्रित छ । तर लगानीको हिसावले राज्यद्वारा जनताको गाँस काटेर केहि प्रतिशत विज्ञान प्रविधिमा बजेट छुट्याएको देखिन्छ । जसले विज्ञान प्रविधिको क्षेत्रमा भविष्य रेखा कोर्न सजिलो होस् भन्ने हो । तर भविष्य बेता नेपाली वैज्ञानिकहरु उहि थाङ्ने गफ —भोको पेटले रिसर्च गर्न नसक्ने जिकिर गर्छन् । फलस्वरुप दश–पाँचको ‘घर–अफिस’ गर्नैमा सीमित हुन्छन् ।

यद्यपि नेपाली अनुसन्धानकर्ताहरु पनि पढेलेखेका भन्नेमा घमण्ड नभएको भने होइन् । अफूले नजानेका कुुरा अन्यबाट सिक्ने मान्यता समेत राखेको पाइदैन बरु वैज्ञानिहरु बीच आफू निकट पार्टीको समिप्यता रोज्दै हिडेको देखिन्छ । यदि कुनै प्रश्नकर्ता आएमा राजनीतिक दल वा नेतागणले विज्ञान प्रविधिलाई उपेक्षित गरेको बताउँछन् । यसरी राज्यले विज्ञान प्रविधिलाई उपेक्षित ग¥यो भन्न नछुटाउनहरु एककठा भई ‘विज्ञान प्रविधिको सामुहिक एजेन्डा’ सरकार समक्ष राख्न भने सक्तैनन् ।

राज्यले कृषि प्रविधिलाई प्राथमिक्ता राख्यो भने पनि देशमा कृषिमा उच्चतम विकास भइ नसकेको अवस्था छ । उर्जा, व्यापार, शिक्षा, स्वास्थ, प्राय सवै लथालिङ्ग अवस्था देखिन्छ । यसरी देशलाई बामे सार्नुु भनेको विज्ञान प्रविधिमा राज्यका नायकहरुले गरेको खेलवाड हो । यसले आगामि पिढीको भविष्य अन्धकारतिर उन्मुख देखिन्छ । यसर्थ नेपालका वैज्ञानिक जगत सचेत हुन जरुरी छ ।