विद्युतीय भुक्तानी प्रणालीमा २९ बैंक

मेगा बैंक, लक्ष्मी बैंक र एक्सेल विकास बैंकले पनि विद्युतिय भुक्तानी प्रणाली जडान गरेका छन् ।

तीनवटै बैंकहरुले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गर्दै विद्युतिय भुक्तानी प्रणाली जडान गरेका हुन् ।

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, मेगा बैक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका थिए ।

लक्ष्मी बैक लिमिटेडका प्रमुख कार्य संचालक अधिकृत भुबल राई र एक्सेल विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेलले हस्ताक्षर गरेका थिए । यी बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबार गर्न सक्नेछन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिलभुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सनरतलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा सञ्चालन गर्न सक्नेछन् ।


कम्पनीले यसअघि सिटिजन्स बैंक, हिमालयन बैक, एनएमबि बैक, प्रभु बैंक, सनराइज बैक, नेपाल इन्भेष्टमेण्ट बैक लगायतका २९ वित्तिय संस्थाले विद्युतिय भुक्तानी प्रणाली खरिद गरिसकेका छन् ।