प्रर्दशनीमा लुनाका तस्वीरहरु

चन्द्रमामा पहिलो पटक मानबरहित यान लुना सफलतापुर्बक अवतरण गरिएको ५० बर्षको अवसर परेर उत्सब स्वरुप राजधानीको रुसी कल्चर सेन्टरमा चित्रकला प्रर्दशनीको आयोजना सम्पन्न भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटी एबम रुसी विज्ञान तथा सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा सम्पन्न उक्त फोटो प्रदर्शनीमा चन्द्रमामा पहिलोपटक मानबरहित यान सफलतापूर्वक अवतरण गर्न सफल वैज्ञानिक लुना सम्बन्धी फोटो प्रर्दशनी गरिएको थियो ।

पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा एस्ट्रोनोमी सोसाइटीको अध्यक्ष सुरेश भट्टराईले अहिले सम्म भएका चद्रमाको अन्वेषणको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको दाश्रो भागमा चित्रकलाको आयोजना गरिएको थियो ।

काठमाडौँ उपत्यकाका अङ्कुर विद्याश्रम, यूरेका हाईस्कूल, द इन्साईट भिजन स्कूल र द सेलेब्रेशनका विद्यार्थीहरुले विभिन्न चित्रहरु बनाएका थिए । उक्त चित्रहरुको प्रर्दशनी आगामी अप्रिल महिनामा रुसी कल्चर सेन्टरमा प्रदर्शनी गरिनेछ एस्ट्रोनोमी सोसाइटीले जानकारी दिएको छ ।