महाविर पुन भन्छन ‘ यी उपकरण चलाएको भए, दूर्घटना हुदैनथ्यो ’


पोखराबाट जोमसोम जाने क्रममा म्यादीमा दुर्घटनामा परेको तारा एयरबारे विभिन्न टिकाटिप्पणी भएका छन् । यसैक्रममा सूचना प्रविधिको क्षेत्रमा नमुना काम गरेर प्रतिष्ठित म्यागासेसे पुरस्कार विजेता एक जना समाजसेवी उपकरण हुँदाहुँदै पनि प्रयोग नभएका कारण दुःखद दुर्घटना हुन पुगेको बताएका छन् ।

म्यागासेसे पुरस्कार विजेता तथा समाजसेवी महावीर पुनले कर्मचारीहरुको लापरवाही र निस्कृयताको कारण पनि जोमसोम जाँदै गरेको जहाज दुर्घटनामा परेको बताएका हुन । तारा एयरको जहाज दुर्घटनामा परेपछि फेसबुकमा पुनले पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निस्कृयताको उदाहरण दिदै उनीहरुको कारण पनि दुर्घटना भएको बताए ।
उनले फेसबुकमा लेखेका छनः
‘हामीले  मार्फत सन २०१० मा मुस्ताङगको लेते नजिकैको लार्क्यु डाँडा र म्याग्दीको खोप्रा डाँडामा Vaishali  भन्ने बिश्व प्रख्यात weather station / IP camera हरु हवाईजहाजहरुको लागि मदत होस् भनेर जडान गरेको थियौं। ति उपकरणहरु बाट इन्टरनेट मार्फत फ्लाईट रुटको real time video / weather information लिन सकिन्थ्यो । त्यसको लागि AIT Bangkok / ACAP बाट आर्थिक सहयोग जुटाइएको थियो र नागरिक उड्डयन प्राधिकरणको एक पैसा पनि परेको थिएन।

 ति उपकरणहरु चलाउनुस भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाइ दिएको पनि थियो । तर त्यसको उपयोग गरेनन। तीन बर्ष पछि ति उपकरणहरुले सम्भार नभएर काम गर्न छोडे । ति उपकरणहरु उपयोग गरे बापत कुनै शुल्क लगाइएको थिएन ।
अहिले पनि म्याग्दीको मोहरे डाँडामा दुई ओटा IP camera x हरु छन् र एउटा weather station छ । सो क्यामेराहरु   हवाईजहाजहरुको लागि नै भनेर राखिएको हो । मैले पोखरा विमानस्थलमा गएर ति क्यामेराहरुको IP address / weather station को लिंक पनि दिएकै हो । 

तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन । मैले त्यो सुबिधा फ्रीमा उपलब्ध गराएको हो । नपत्याए हेर्नुहोस् । एउटा क्यामेराको  IP 202=166=211=43, user – admin, password qwert12345 हो । 

केहि कुरा भए mahabir@himanchal.org मा लेख्नसक्नुहुनेछ ।