ह्याकरले दियो नेपाल टेलिकमलाई यस्तो धम्की

नेपाल टेलिकममा विभिन्नखाले भ्रष्टाचार भएको समाचार सार्वजनिक भइरहेकै समयमा त्यसको विरोधमा ह्याकरको एक समूहले टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक ह्याक गरिएको र उक्त तथ्यांक आफ्नो नियन्त्रणमा रेहको दाबी गरेको छ । आफ्नो फेसबुक पेजबाट टेलिकमका प्रयोगकर्तालाई सम्बोधन गर्दै उक्त समूहले नेपाल टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक आफ्नो नियन्त्रणमा भएको दाबी गरेको हो । उक्त समूहले केही प्रयोगकर्ताको ह्याक भएको विवरणसमेत सार्वजनिक गरिएको छ ।

कसले गर्यो ह्याक ?
केही समयअघि डा. बाबुराम भट्टराईको वेबसाइट ह्याक गर्ने ह्याकर को समूहले टेलिकमका भ्रष्टाचार भएका कारणले उसका प्रयोगकर्तालाई नेपाल टेलिकम असुरक्षित छ भन्ने जानकारी दिनसमेत आफूले यस्तो गरेको बताएका छन् ।
ह्याकरको उक्त समूहले प्रयोगकर्ताका सम्पूर्ण मोबाइल नम्बर आफ्नो नियन्त्रणमा रहेको दाबी समेत गरेको छ । उक्त समूहले प्रयोगकर्ताको नागरिकता नम्बर, युजरनेम, बुवाको नाम, ठेगाना र अन्य सम्पूर्ण विवरणसमेत ह्याक गरिएको दाबी गरेको छ । यद्यपि, उक्त समूहले प्रयोगकर्ताको सेक्युरिटी कोड भने ह्याक नभएको स्पष्ट पारेको छ । उक्त समूहले यसअघि पनि आफूले थुप्रै साइट ह्याक गरेको दाबी गरेको छ । यो यही समूह हो जस्ले वरुण राष्ट्रिय निकुञ्ज, किप्स एफएम, इ सेवाको एक सब डोमेनलगायतका साइट ह्याक गरिसकेको छ भने समूहले रक्षा मन्त्रालयको साइटसमेत केही दिनका लागि ह्याक गरेको थियो ।

टेलिकमको सर्भर असुरक्षित छ भन्ने प्रमाणित गर्न ह्याक गर्यौं : ह्याकर 
ह्याकरको उक्त समूहले आफ्नो फेसबुक पेजमार्फत नेपाल टेलिकमको सर्भर सुरक्षित छ वा छैन भन्ने जान्न आफूले प्रयोगकर्ताका सम्पूर्ण तथ्यांक नियन्त्रणमा लिएको जानकारी दिँदै नेपाल टेलिकमलाई आफ्नो ‘सर्भर’ सुरक्षित राख्नसमेत आग्रह गरेको छ । उसले आफूहरूले नियन्त्रणमा लिएका कुनै पनि तथ्यांकको दुरुपयोग नगर्नेसमेत दाबी गरेको छ । ‘नेटवर्कमा समस्या छ । त्यही कारणले सर्भर सुरक्षित छैन भन्ने प्रमाणित गर्न हामीले टेलिकमका तथ्यांक नियन्त्रणमा लिएका छौं ।’ नेपाल टेलिकमको सर्भर ह्याक भएको प्रमाणित गर्न ह्याकर समूहले उनीहरूलाई कसैको मोबाइल नम्बर पठाए नेपाल टेलिकमको सर्भर प्रयोग गरी एसएमएस पठाइनेसमेत दाबी गरेको छ ।