फेसबुक सम्बन्धी जानीराखौं यी तथ्य

सर्वाधिक लोकप्रिय समामाजिक सञ्जाल फेसबुकमा हरेक एक मिनेटमा ५०० नयाँ प्रयोगकर्ता थपिन्छन् ।

पत्याउन गाह्रो पर्दछ, एक मिनेटमै फेसबुकले सात लाख ६० हजार रूपियाँ कमाउछ ।
झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक जुन हाल विश्वका कूल इन्टरनेट प्रयोगकर्तामध्ये आधाको सङ्ख्या हो । यस्तै फेसबुकसम्बन्धी रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छः
– हरेक १ मिनेटमा फेसबुक प्रयोगकर्ताले एक लाखभन्दा बढी फ्रेन्ड रिक्वेस्ट पठाउँछन् ।
– हरेक मिनेटमा ३६ हजार ८ सय जना फेसबुक प्रयोगकर्ता सक्रिय हुन्छन् ।
– हरेक एक मिनेटमा ३५ लाखभन्दा बढी सामग्री फेसबुकमा पोस्ट हुन्छन् ।
– हरेक एक मिनेटमा तीन लाखभन्दा बढी स्टाटस फेसबुकमा अपडेट हुन्छन् ।
– हरेक एक मिनेटमा छ लाख कमेन्ट फेसबुकमा पोस्ट हुन्छन् ।
– हरेक एक मिनेटमा तीन लाख फोटो फेसबुकमा अपलोड हुन्छन् ।
– हरेक एक मिनेटमा झण्डै ४० लाख लाइक फेसबुकमा गरिन्छन् ।
– हरेक एक मिनेटमा दुई लाख मेसेज फेसबुकमा पठाइन्छन् ।
– हरेक एक मिनेटमा ५० हजार वेबलिङ्क फेसबुकमा सेयर गरिन्छ ।
– हरेक एक मिनेटमा एक लाख घण्टा लामो भिडियो फेसबुकमा हेरिन्छ ।
– हरेक एक मिनेटमा ७५ हजार इभेन्ट इन्भाइट्स फेसबुकमा पोस्ट भएका हुन्छन् ।
– हरेक एक मिनेटमा १४ हजार एप्स फेसबुकमा इन्स्टल हुन्छन् ।

अजय शर्माको सहयोगमा