नेपालमा भित्रिएको पहिलो टेलिस्कोप

करीब ४ दशक अघि नेपालमा भित्रिएको टेलिस्कोप

करीब ४ दशक अघि नेपालमा भित्रिएको टेलिस्कोप वाल्मीकि विद्यापीठमा सुरक्षित छ ।

Posted by RevoScience Nepali on Sunday, March 8, 2020

करीब ४ दशक अघि नेपालमा भित्रिएको टेलिस्कोप वाल्मीकि विद्यापीठमा सुरक्षित छ ।

यसले ग्रह, तारा, नक्षत्र र आकाशगंगासम्म अवलोकन गर्न सकिन्छ ।

त्यसबेला नेपालमा सरकारले जनताले तिरेको करबाट किनेको वाल्मीकिका प्राध्यापकहरु बताउँछन् ।

यो अहिलेसम्म सञ्चालनमा छ । तर यसलाई राख्न प्रयोग गरिएको स्थान उचित व्यवस्थापन नुहँदा विभागले अहिले आफ्नै कार्यकक्षमा राखेको छ ।

यो टेलिस्कोप विद्युतीय माध्यमबाट पृथ्वीको चालसँगै परिक्रमा गर्दछ ।

प्राचीन ज्योतिष शास्त्र समय गणना र आकाशीय पिण्डको अवलोकन गर्ने सैद्धान्तिक शास्त्र हो । जुन संस्कृत भाषाको माध्यमबाट अध्यापन हुँदा आकर्षण कम देखिन्छ ।

ज्योतिष शास्त्र सैद्दान्तिक र फलित गरि दुई भागमा विभाजन छन् । गणितीय पद्धति अनुरुप प्रमाणको सहायताले अध्यापन हुन्छ ।

फलित ज्योतिषले ग्रह, तारा, राशी र नक्षत्रको अवस्थितिका आधारमा प्रक्षेपण गर्दछ । जसका कारण अन्धविश्वासको चपेटामा परेका छन् ।