अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

काठमाडौं । चीनको राजधानी बेइजिङमा कार्तिक २० देखि २८ सम्म भएको २७औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालका तर्फबाट दृशान्त कुमार महर्जनले कास्य पदक प्राप्त गरेका छन्।

प्रतियोगितामा नेपालका तर्फबाट महर्जनसहित तीन विद्यार्थीहरु सहभागी थिए । विद्यार्थी छनोट तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन भूमिका नेपाल एस्ट्रोनोमिकल सोसाइटीले खेल्दै आइरहेको छ। सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले ‘सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थी सहभागि हुँदै आइरहेको, ’ बताए । नेपालले यस अघि सन् २०१९ मा पहिलो पटक कास्य पदक जितेको थियो । 

नेपाली विद्यार्थी सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा भाग लिदै आएको छ । ‘हालसम्म नेपालका लागि १२ अनरेबल मेन्सन अवार्ड तथा १ कास्य पदक हात परेको, ’ नासोको अध्यक्ष भट्टराईले रिभोसाइन्सलाई बताए

नासोले सन् २०१४ बाट राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सञ्चालन गर्दै आइरहेको छ । सन् २०२३ का लागि राष्ट्रिय ओलिम्पियाडबाट छनोटमा परेका पाँच विद्यार्थीहरुले २७ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा भाग लिएका थिए ।

सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीहरुले ३ अनरेबल मेन्सन अवार्ड हात परेका छन् । योसंगै नेपालले जम्मा ३ कास्य पदक तथा १५ अनरेबल मेन्सन अवार्ड प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×