अन्यत्र मान स्वदेशमा गुमनाम

म बाँदरहरू कहाँ देखेको हो, कहाँ भेटेको हो त्यो भन्नसक्छु तर मानिस चाँहि कहाँ भेटेको हो बिर्सन सक्छु ।

बेइमानहरू पूजिने र इमान्दारहरू ‘गुमनाम’ रहने देश हो– नेपाल, सायद यसोभन्दा अत्युक्ती नहोला । उनको त्याग, तपस्या, लगन र इमान्दारीता देख्दा सत्य नबोली धरै छैन । तीतो हुनु सत्य जातै हो । विदेशले चिनेको, जानेको–मानेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा प्राध्यापन पेशा अँगालेर देशभित्रै ‘गुमनाम’ जिन्दगी बाँचिरहेको छ । त्यहाँ पैसा होइन देश छ, त्यहाँ ऐस आराम र विलास होइन स्वाभिमान छ । यही देश र स्वाभिमानका खातिर परत्रीले ‘अफर’ गरेको निकै महंगो जागिर लत्याएर आफ्नै देशमा गर्वले बाँचिरहेको व्यक्तिको नाम हो– डा. मुकेशकुमार चालिसे ।

लंगुर बाँदरको लैङ्गिक भिन्नताको आधारमा प्राकृतिक खानाको अध्ययन गर्ने सम्भवतः विश्वकै पहिलो व्यक्ति हुन मुकेशकुमार चालिसे । चालिसेको सफलताको यो यात्रासम्म पुग्नुअघि त्यसताकाको पल्टनमा पहिलो ‘बाहुन’ (ब्राम्हण) क्याप्टेन रहेका टिकाराम चालिसे (पितामह÷हजुरबुबा) सम्म पुग्नुपर्दछ । ललितपुर जिल्लामा पर्ने महत्वपूर्ण तीर्थ गोदावरी नपुग्दै दायाँ मोडिएर केहीबेर पैदल हिँडेपछि पुगिने बडिखेल–चालिसेडाँडामा आफ्नो पहिचान बनाउनुअघिसम्म धेरैले उनलाई ‘क्याप्टेन चालिसे’को नाति र नेपाल (त्यतिबेलाको काठमाडाँै सहर) को घेराबाहिर पर्ने काँठ र पहाडको पहिलो हाकिम मात्रै होइन, ललितपुर जिल्लाको दक्षिणी भेगबाट एसएलसी उत्तिर्ण गर्ने पहिलो व्यक्तिमा गनिने मुकुन्द चालिसे (पिताजी) को छोराको रुपमा चिन्दथे । जरा बलियो भए बिरुवा मौलाउँछ, परिवारको आधार बलियो भए सन्तानले उत्कृष्टता हासिल गर्दछन् । यस्तै थियो, सधैँ सबै कुरामा पहिलो हुन खोज्ने गुण चालिसे परिवारमा ‘जेनेटिक’ जस्तै थियो । र, मुकेशकुमार चालिसेले परिवारको त्यो बिँडो राम्रोसँग थामे, स्थानीय समाजका लागि जीवविज्ञान पढेर एमएस्सी गर्ने पहिलो भएर, देशमा बाँदरको विषयमा विद्यावारिधी –पीएच.डी.) गर्ने पहिलो भएर र अन्तर्राष्ट्रिय तहमा बाँदरको लैङ्गिक भिन्नताको आधारमा प्राकृतिक खानाको अध्ययन गर्ने पहिलो अनुसन्धाता (सम्भवतः) भएर ।

वाल्यकालमा हवाई चप्पल, कट्टु र कमिज लगाएर किट्नी हाईस्कुल, गोदावरीमा पढ्थे उनी । पछि, वर्दिया जिल्लाको एउटा मात्रै महाकवि देवकोटा हाईस्कुल पुगे । उनले सुनाए ‘परिवार बढ्यो, चार जना (हजुरबुवा–आमा तथा बुवा–आमा) बाट पाँचजना केटाकेटी थपिए । काठमाडौँमा बुबा एक्लैको आम्दानीले खर्च चल्न गाह्रो भएछ । बर्दियामा अलिकती जग्गा मिल्ने भयो र बुबाको सरुवा पनि त्यतै भयो । त्यसपछि साउने झरीमा दुई भाईका साथ मसहितको चालिसे परीवार बर्दिया लाग्यो ।’

जंगबहादुर राणाले अंग्रेजबाट फिर्ता पाएको नयाँ मुलुकको एउटा जिल्ला बर्दियामा उनले ८ सम्म अध्ययन गरे । विज्ञान तथा गणित (हिसाब) मा चाख भएका उनलाई भनेअनुसारको शिक्षा बर्दियामा उपलब्ध थिएन । त्यसलाई पूर्ति गर्न काठमाडाँै फर्कनुको विकल्प पनि थिएन । उनी फर्किए नेपाल खाल्डो र भर्ना भए नेपाल आर्दश हाईस्कुल गणबहाल, धरहरामा । विद्यालयका आफ्ना दौतरी र सहपाठीहरुको नाम सम्झिए उनले क्रमशः ‘क्रान्तिकारी कवि गोपालप्रसाद रिमालका माहिला छोरा मदन रिमाल, (हाल निर्देशक, समाज कल्याण परिषद), अर्का पुस्करलाल श्रेष्ठ (हाल ‘कामना मासिक’का प्रकाशक) आदि आदि ।’

तिनताक उपत्यका भरीको टेस्ट परीक्षा एकैपटक हुन्थ्यो । प्रधानाध्यापक हरीशंकर श्रेष्ठले त्यो टेस्ट परीक्षामा आफू दोस्रो भएको समाचार सुनाउँदा नै उनलाई अब केही भइन्छ भन्ने लागेको थियो । विद्यालय शिक्षा पार गर्दाको आफ्नो धमिलो धमिलो सम्झना सुनाए उनले– ‘वि. सं. २०२९ सालमा एसएलसी परीक्षामा सामेल भएका मध्ये २०% भन्दा कम विद्यार्थी मात्रै उत्तिर्ण भएका थिए । त्यो वर्ष बोर्डका दश जनासमेत जम्मा पाँच दर्जन जति विद्यार्थी प्रथम श्रेणीमा, थोरै दोस्रो र धेरै तेस्रो श्रेणीमा पास हुन्थे । पासमात्र हुँदा पनि ठूलो हुन्थो !’ म पास भएँ ।

कलेज जीवन…
वि.सं. २०३० सालमा उनी त्रि–चन्द्र कलेजका विद्यार्थी बने । त्यतिबेला पूर्वमा झापा किसान आन्दोलन नेपाली युवाहरूबिच बहस र छलफलको विषय थियो । ‘जे गर्छ नक्सलाईटले गर्छ’ भन्ने आहान नै चलेको थियो । सिक्किम बिलय र भारतको अतिक्रमणबारे राष्ट्रिय पञ्चायतमा नै कुरा उठे पछि त युवाहरूमा देश तथा जनताप्रतिको लगाव झन् बढेको थियो । क्याम्पस प्रवेश गरेलगत्तै यो विषय चालिसेलाई भित्रैदेखि छोएको पहिलो राजनीतिक घटना थियो । दुई वर्षे कोर्श सकेपछि भएको वार्षिक परीक्षामा त्रि–चन्द्रबाट जम्मा दशजना विद्यार्थी मात्र पास भएका थिए । त्यसमा उनको पनि नाम थियो । भित्रभित्र कसरी डाक्टर बन्ने होला भन्ने भूमरी नाचिरहेको थियो चालिसेको दिमागभित्र । त्यहीबेला जापानमा मेडिकल कोर्स ९ःम्० अध्ययनका लागि शिक्षा मन्त्रालयले दुईजना विद्यार्थी माग्यो पूर्ण छात्रबृत्तिमा । उनले परीक्षा दिए र रिजल्ट आउन बांकि समय बर्दियाको तातो हावा खानतिर लागे ।

रिजल्ट आयो । दुईजनाको सूचीमा रहेछ मुकेशकुमार चालिसेको नाम पनि । अहिलेको जस्तो फोन थिएन । हुलाक ढिलो थियो । झण्डै झण्डै समस्यामा पारेको त्यो बेलाको एउटा किस्सा सुनाए चालिसेले–काठमाडौँंबाट आकाशवाणी मार्फत बर्दिया पठाइएको एउटा सन्देश प्राविधिक कारणले दुई महिनापछि मात्र थाहा पाइयो । ‘तर जहाज डुबिसकेको रहेछ’, मनमा उत्साह, उमंग र जाँगर बोकेर काठमाडौँ भित्रिएँ तर तात्कालीन मन्त्री पशुपति शम्शेर राणाले समय गुज्रिसकेकाले चालिसेको नाम काटेर अरु नै कोही राखिइसकेको बताउँदा उनमा कम्ता भाउन्न भएन ।’ उनी रनभूल्लमा परे । आखिर उनको लाग्ने पनि केही थिएन, त्यो बेलाको जमानामा । युद्धमा हारेको सिपाही जस्तै उनी गोली सकिएको बन्दूक जस्तै जोश सकिएको दिमाग लिएर उतै हानिए बर्दिया ।

थारू वस्तीमा शिक्षा…
उनलाई लाग्यो–यत्रो अवसर गुमेपछि मैले सामान्य विज्ञान मात्र पढेर के हुन्छ ? किन पढ्ने ?’ निराशा यस्तो थियो मानौ, उनी संसारका सबै निराशा बोकिरहेका छन् । उनको २०३२ सालदेखि ३३ सालसम्म उनले बर्दियामा मास्टरी गरे । थारूका बच्चालाई घर–घरबाट आप्mनो घरमा बोलाएर अध्यापन गराए । उनले एक वर्ष घरमा पढाएका बच्चा एकैपटक आठ कक्षाको विद्यार्थी बने रे । उनको बहकिएको मन सम्हाल्न कृषि अधिकृत रहेका पिताले ‘खुब’ गरे । मन नलागी नलागी पनि उनले स्नातक तहमा भर्ना भए । स्नातकको कोर्श सँगसँगै सामाजिक परिवर्तनका लागि केही गरिछाड्ने अठोट पलाउँदै गयो । २२ वर्षको केटौले उमेर (२०३५) मा पढाई सकेपछि ललितपुरलगायत पश्चिम नेपालका थारु बस्तिहरू डुल्नु अब मुकेशकुमार चालिसेको नियमित कर्म बन्यो ।
जिन्दगीलाई कतिले हार र जितको उकाली र ओरालीको रुपमा हेर्दछन् । कतिले आशा र निराशाको घुम्तीका रुपमा हेर्दछन् । कतिले कर्मै कर्महरुको संगालो भन्दछन् जहाँ यो गर्ने र ऊ नगर्ने भन्ने नै हुँंदैन । चालिसे पनि त्यस्ता अनेक मोड र घुम्तीहरू खोतल्दै गए । २०३७ सालको अन्त्यतिर काठमाडौँ फर्किएपछि प्रेस (छापाखाना) राखे । प्रगतीवादी बौद्धिक जमातसँग हिमचिम बाक्लियो । यथार्थ, नवजवान, प्रकाश, आदि समाचार, साप्ताहिक तथा संकल्प, अनुभूति आदि साहित्यिक त्रैमासिक पत्रिकाहरूमध्ये केही आपैmले चलाए र केहीलाई प्रकाशनमा सहयोग गर्न थाले ।

प्रेस राम्रै चलेको थियो । भाई, बुहारीहरूसमेत विश्वविद्यालय जान थालेका थिए । आपैmँले अपनाएको राजनीतिको ‘धन्दा’ उनलाई नफापेको हो कि जस्तो भयो । सामाजिक परिवर्तनका लागि आबद्ध पार्टीले कम वास्ता गरेपछि खाली समय उपयोग गर्न छ वर्षपछि उनी फेरि अध्ययनलाई निरन्तरता दिन तम्सिए । एम.एस्सी.को जीव विज्ञान पढे र दोश्रो वर्षमा उनको रोजाई इकोलोजी प¥यो । यसैबीचमा उनी प्रल्हाद योञ्जनसँग रसुवा जिल्लाको लाङटाङ पुगे, हाब्रे अध्ययनको प्रारम्भिक अवस्थामा । चोलिङमा डाँडाछेउ एउटा पोथी हाब्रे शिकारीले समाती रेडियो कलर घाँटीमा झुण्ड्याई छोडिएको थियो । त्यसैवर्ष अनुसन्धानकै क्रममा उनी निकुञ्ज नबन्दैको मकालु–बरुण क्षेत्रमा अध्ययन गर्न पुगे । सेक्सिला र सेम्पुङ गाउँका जनताले बीसौँ वर्षपछि खस जातिका मान्छे ती गाउँमा आएकाले ‘राजाले पत्याएछन्’ भनि बास दिएको र साँझ नाचगान गरेको रमाईलो अझै सम्झन्छन् उनी ।

एमएस्सी र जागिर…
अब जिन्दगीको अर्को टर्निङ प्वाइन्ट । एम.एस्सी. कोर्स पूरा गरेपश्चात् काठमाडौँ भ्याली क्याम्पसमा लेक्चररको रूपमा कार्यरत रहे चालिसे । पछि त्यही क्याम्पस काठमाडौँ विश्वविद्यालय बन्यो । त्यहाँ करिव १२ वर्ष (२०५४ सालसम्म) रहे । सिर्जनशीलतामा विश्वास गर्नेहरूमा ‘मूड’ भन्ने अनौठो तत्वले काम गरिरहेको हुन्छ । ‘अहो ! मेरो सृजनशीलता मार्नुहँुंदैन,’ मानौं चालिसलाई नयाँ ब्रम्हज्ञान प्राप्त भयो, उनले अब एसोसिएट प्रोफेसरको जागिर पनि छाडे र आइयूसीएनका विभिन्न परियोजनामा लागे । घोडाघोडी ताल, मिल्के–जलजले, पूर्वी नेपालको चुरे लगायतका क्षेत्रमा वन्यजन्तुको आँकडा सङ्कलन र सम्भाव्यता अध्ययन गर्ने पहिलो काम उनीबाटै भयो । घोडाघोडीमा अध्ययनको क्रममा नेपालमा भालुबिरालो (बिन्टुरोङ) भएको जानकारी पहिलोपल्ट नेपालीलाई गराए । त्यसपछि युएनडीपीको रिर्सच अफिसर भएर एक वर्ष उही पुरानै बर्दियाको लालमाटीमा रहे । त्यहाँ रहँदा बस्दा बर्दिया निकुञ्ज वरपर तथा कर्णाली फाँटमा पुड्के खरायो भएको पत्ता लगाए ।

केएमसी र चालिसे…
शिक्षामा बढ्दै गएको व्यापारीकरण, विषयगत गुणस्तरको अभाव तथा समयसापेक्ष शिक्षाको कमी देखेर उनको मन कँुडिन्थ्यो । यिनै समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले वि.सं. २०५६ सालमा बागबजारमा काठमाडौँ मोडेल कलेजको स्थापनामा उनी अग्रसर भए । तीन वर्षसम्म प्राचार्यको रुपमा कलेज चलाएपछि त्यहाँ पनि उनको केही जोर चलेन । व्यवस्थापकहरूसँग कुरा मिलेन । केएमसीलाई पनि काठमाडौँ विश्वविद्यालय जस्तै नमुना विश्वविद्यालय बनाउने चालिसेको अभियानमा धमिरा लाग्यो । बिद्यार्थीबाट जसरी पनि पैसा असुल्ने र सामूहिकभन्दा व्यक्तिगत ‘मोज गर्ने’ नियत भएकाहरूसँग उनी हारे ।

वि.सं. २०५९ सालमा त्रिभुवन विश्वविद्यालयले सह–प्राध्यापक पदमा आवेदन माग्यो । करीब ५५ जनालाई पछि पारेर मुकेश चालिसेको नाम निस्कियो खुल्ला एक सिटमा । ठूला, कपाल पाकेका ‘घाघडान’ व्यक्तित्वहरूले आफ्नो अन्तर्वार्ता लिँदा चालिसेले प्रस्तुत गरेको लेख–रचना तथा प्रकाशनको ठेली देखेर जिब्रोसमेत टोके । चलिसेलाई प्रोफेसरहरूले प्रोफेसरकै लागि हालेको भए हुन्थ्यो नि’ भन्दा अब फेरि पनि केही गडबड हुन्छ कि जस्तो नलागेको होइन ।

विद्याबारिधीको कुरा…
२०४७ सालपछि चितवनको रामनगरमा बसेर भाले र पोथी लंगुरमा लैंगिक भिन्नतामा आधारित अनुसन्धान गर्ने क्रम १५ महिना चल्यो । बाँदरको अध्ययन गर्नु जटिल विषय हो, अझै भाले बाँदरको त झनै गाह्रो । उनको अनुभव थियो, बाँदरहरूको अनौठो स्वभाव, अरू प्रजातीमा स्त्री जातीले समूह छाड्ने हुन्छ तर बाँदर प्रजातीमा जवान भएपछि भाले नै समूह छाडेर जान्छ । संसारभर २३५ प्रजातिका बाँदर पाइने आँकडा छ भने नेपालमा तीन मुख्य प्रजातिका । बाँदरको सारिरिक बनौट– खानाको वजन, बनावट, प्रकार र खानेकुरामा भएका विभिन्न पदार्थले कस्तो असर पार्दछ भन्ने विषयमा जंगलमा रहेर लामो अध्ययन गर्दा कहिलेकाहिँ भोकलाग्दा बाँदरले जे खान्छ त्यही खानुपर्यो, उनी सम्झन्छन् । अध्ययन गर्दा जर्मनीका वैज्ञानिक तथा विशिष्ट प्रोफेसर क्रिस्टियन फोगेल (ऋजचष्कतष्बल ख्यनभ)ि उनकोे अध्ययनस्थल रामनगर नै आएका थिए । उनले चालिसेको जंगलमा गरिएको कामलाई मुक्तकण्ठले प्रंशसा मात्र गरेनन्, यो सोधपत्रकै लागि म्ब्ब्म् फेलोसिपमा सिनियर फेलोको रूपमा अनुसन्धान बृत्ति प्रदान गरिन मद्दत गरे । प्रसिध्द गोटिङ्गन विश्वविद्यालयमा आँकडा बिश्लेषण र लेखनगरी अनुसन्धान पूरा गर्न छ महिनाका लागि चालिसे आमन्त्रित भए । जंगलको काम र प्राप्त तथ्यांकले तयार पारेको सोधपत्रलाई अन्तर्राष्ट्रिय कंग्रेसमा समेत सुनाउने अवसर उनलाई मिल्यो ।

लगत्तै चालिसे जर्मनीबाट ईण्डोनेसिया गए । उनको चर्चा धेरै वैज्ञानिक तथा अनुसन्धानकर्मीबीच हुनथाल्यो । यसकै आधारमा विश्वका चर्चित देशका चर्चित विश्वविद्यालयमा भिजिटिङ साइन्टिस्ट्को रूपमा चालिसेको प्रसिद्धी चुलियो । सन् १९९४ मा इन्डोनेसिया, सन् १९९६ मा मेडिसन, अमेरिका, सन् १९९८मा अफ्रिका, सन् १९९७ मा स्वीडेन, सन् २००० मा अस्टे«लिया, सन् २००२ मा चीनमा चालिसेले आफ्नो शोध–विद्धता प्रदर्शन गर्नुभयो । उनको शोधलाई उच्चस्तरीय (हाइ प्रोफाइल)को थेसिस मानिन्छ । ‘प्राईमेटोलोजीको अध्ययन विधिका आविश्कारक तथा व्याख्याता प्राध्यापक जिन अल्टमन तथा ए. अल्टमनले समेत शोधको प्रसंशा गरे’ आफूले गरेको कामबारे अरुले क्यावात् भन्दाको क्षण सम्झदै चालिसेले सुनाए–दुईटा थेसिस हुने आँकडा एउटैमा राख्ने, लग्गु फिल्ड वाईलोजीष्ट, दुर्लभ मानिस भन्दै उहांहरुले शिकागो फिल्ड म्युजियम र ब्रुकफिल्ड चिडियाखानाको कार्यशालामा बैज्ञानिकहरू ज्याक फुदेन, अलिसन जोली, भान साईक, रसेल मिटारमाएर आदिलाई चिनाएको क्षण मेरा लागि दुर्लभ छ ।’ ‘अन्टार्टिका बाहेक विश्वका सबै महादेशका ठूला विश्वविद्यालयमा पुगेर नेपाली जीवजन्तुबारे चर्चा गरेको छु, सबैले चिनेका बाँदरविद् तर खासमा जीव वैज्ञानिक चालिसेले सुनाए ।

काठमाडौंबाट आकाशवाणीमार्फत बर्दिया पठाइएको एउटा सन्देश प्राविधिक कारणले दुई महिनापछि मात्र थाहा पाइयो ।सेक्सिला र सेम्पुङ गाउँका जनताले बीसौँ वर्षपछि खस जातिका मान्छे ती गाउँमा आएकाले ‘राजाले पत्याएछन् ! भनि बास दिएका थिए । जंगलमा रहेर लामो अध्ययन गर्दा कहिलेकाहिँ भोकलाग्दा बाँदरले जे खान्छ त्यही खानुपर्यो ।

सन् १९९५ पछि चालिसेको अध्ययन बाँदर प्रजाति बाहेक हिँउ चितुवा, कृष्णसार, चित्तल, हाव्रे, हिमाली थार, कस्तुरी मृग, अर्ना आदिमा समेत रह्यो । उनको अध्ययन स्तनधारी प्रजाति तथा चराहरूमा बढी केन्द्रित भएको पाईन्छ । त्यसै क्रममा उनको कामलाई प्रोत्साहित गर्दै अमेरिकाबाट कन्जरभेसन अवार्ड र कन्जरभेसन फेलोसमेत प्रदान गरियो । डा. चालिसे फुलब्राईट स्कलरको वृत्तिमा वाशिंगटन विश्वबिद्यालयमा अनुसन्धान र शिक्षण गर्न सन् २००० मा छानिए । भिजिटिङ प्रोफेसरका रूपमा अमेरीकाका फ्लोरिडा, जर्जिया, मियामी, वार्नर रबिन्स, न्युमेक्सिको लगायतका सातवटा विश्वविद्यालयमा नेपालको वन्यजन्तु र तीनको अवस्थाको बारेमा अवगत गराई प्रवचन दिए । ‘वाशिङ्टन विश्वबिद्यालमा रहँदा त्यहाँका अन्तर्राष्ट्रिय सम्बन्धन प्रमुख डा. डेभिड फेनरले त्यहीँ रहन महत्वपूर्ण प्रस्ताव राखेका थिए’ चालिसे गर्वसाथ सुनाए– विश्वबिद्यालयमा प्राध्यापन, परिवारको भरणपोषणसमेतको प्रस्तावभन्दा देशमै केही गर्न सकिन्छ र गर्नुपर्दछ भनेर मानिन ।’

हाल चालिसे क्युटो युनिभर्सिटीको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, जापान तथा अमेरीकाको वाशिङ्गटन विश्वविद्यालयमा भिजिटिङ साईन्टिस्ट र रिर्सचर छन् । मिजोराम युनिभर्सिटी भारतवाट आप्mना दुई बिशिष्ट साथीहरू (भैया खनाल तथा भुवनकेशर शर्मा) लाई विद्यावारिधी गराउनु पनि कामको तालिकाभित्र छ ।

मास्टरीदेखि राजनीतिसम्म, छापाखाना संचालकदेखि शोध अनुसन्धानसम्ममा खारिएका चालिसेसँग अनुभवका खातका खात छन् । देशदेखि विदेशसम्मका विविध क्षेत्रमा हेलमेल गरेका अनुभव सुन्दै गर्दा नेपालको शिक्षा क्षेत्रसँग उनको विशेष सम्बन्ध देखिन्छ । ‘आर्थिक मन्दि छाउँदा अमेरिकाको शिक्षामा खासै प्रभाव परेन, जापानमा सुनामी आएपछिको आर्थिक मन्दीमा समेत त्यसको ठूलो असर शिक्षा क्षेत्रमा परेन । जतिसुकै ठूलो राजनीतिक उतारचढाव होस् त्यसको असर अरु देशमा शिक्षा क्षेत्रलाई खासै हँुदैन तर हामी कहाँ…?’ बीचमै प्रश्नवाचक चिन्ह राखेर चालिसेले थप्दै गए– अन्यत्र शिक्षक र विद्यार्थी साच्चिकै शिक्षक–विद्यार्थी हुन्छन् । विद्यार्थीहरू शिक्षकको आदर गर्ने तथा नयाँ कुरा जान्न उत्सुक हुन्छन् । उनीहरूको पढाई र अनुसन्धान सँगैसँगै गइरहेको हुन्छ । हामीकहाँ शिक्षकहरू नै खुलेर शैक्षिकरूपले प्रत्यूत्पादक काममा लाग्छन् र विद्यार्थी त्यसैको सिको गर्छन् । त्यसबाहेक जीवनयापनको चिन्ता पनि नेपाली विद्यार्थीमा चाहिनेभन्दा बढी छ ।’

प्राणीशास्त्र केन्द्रीय विभाग, त्रिविवि कीर्तिपुरमा २०६० देखि एसोसिएट प्रोफेसर भएका डा. मुकेशकुमार चालिसेले चार दर्जनभन्दा बढी विद्यार्थीलाई वन्यजन्तुका विभिन्न प्रजातिमा ‘थेसिस’ गराई सकेका छन् । उनकै निर्देशनमा केही हात्ती, ठुटे मुसा आदिमा बिद्यावारिधि गर्दैछन् । आफैँले अध्यापन गराएकाहरू आफ्नै विभागमा सहयोगी साथी (लेक्चर) भएर आउँदा चालिसेलाई अरुलाई जस्तो डाह र औडाहा हुँदैन, बरु उनको मन भित्रभित्रै प्रफुल्लित हुन्छ ।

कहाँ कहाँ मात्र छ समस्या…
‘हामी कहाँ कामलाई हेरिदैन, नेपालको खोज अनुसन्धानको क्षेत्रको बिसंगत पाटोको केलाउंदै चालिसेले निराशा पोखे– यहाँ कोही सम्मानित हुनुका पछाडि नातावाद, चाकरीवाद, राजनीतिक आस्थाको लेप वा त्यस्तै अन्य केही मिल्नु पर्दछ ।’ त्यसैले अचेल नेपालमा कसैले पुरस्कार वा उच्च पद पायो भने पनि चालिसेलाई शंका लाग्छ । कारण पनि उनैसँग छ । विज्ञान र प्रविधिको लागि विकास गर्न स्थापना भएको संस्था ‘नास्ट’बाट एक प्राज्ञले उनलाई एकपटक प्रस्ताव गरे, पुरस्कारका लागि निवेदन लेख्नुस्न’ भन्दै । उनले प्रश्न गरे–‘नास्टको काम के हो ? कसले विज्ञानको क्षेत्रमा के गरेको छ, खोज्दै सम्मानित गर्ने हो वा चिनजानका आधारमा पुरस्कार निवेदन बटुल्दै बस्ने हो ?’ उनले प्रतिप्रश्न गरे–‘आप्mनो डिग्रीलाई कहीँ बन्धकी राखी जागीर खाएका स्वनामधन्य पदाधिकारीले आपूm जस्तै प्यादा न खोज्छन्, बैज्ञानिक होईन नि, होइन र ?’

देखेको तीतो बोल्ने बानी सबैलाई मन पर्दैन । संगातीहरू चालिसेलाई सोध्छन्–सत्य बोलेर पनि तँ कसरी टिकिरहेको छस् नेपालमा ? यसरी तँलाई सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थामा कसरी काम मिल्छ हँ ?’ उनी थप्छन्– बिचराहरू ! प्रजातन्त्र तथा संरक्षणको ठूलै बहस गर्न जान्ने उनीहरू, आप्mनो कार्यालयको काम त पारदर्शी बनाउन सक्दैनन् अरु के सक्लान ! कुन पदमा, को, कसरी आयो, के उनीहरू कहिल्यै खोल्न सक्छन् ? आप्mनो हितमा मात्र काम गर्नेले कसरी साँच्चिको काम गर्नु, फेरि खाद्यचक्र पनि मिलाउन जान्नुप¥यो, त्यो उनीहरू जान्दछन्, म जान्दिन र मान्दिन । त्यसैले, मैले काम गर्न पाउँला त नेपालमा ?’

नेपालमा प्रतिभावान थुप्रै युवा देखेका छन् उनले तर तिनलाई प्रमोसन गर्ने ठाँउ÷संस्था देखेका छैनन् । यहाँ कसैको प्रतिभा थाहा पाएर पनि थाहा नपाए झैँ गर्नेको लस्कर छ, ढाकछोप गर्नेहरू छन्, इश्र्याले जल्नेहरू छन्, जलनले डढ्नेहरू छन् तर प्रंशसा गर्ने बानी छैन । यहाँका पढे–लेखेका र जान्ने भनाउँदा मान्छे, संस्था, सरकार, सवैको मानसिकता निरूत्साहित गर्ने खालको छ । उनले निश्कर्ष निकाले– नेपालबाट युवाहरू विदेश पलायन हुनुको यही कारण हो ।
अन्य मन्त्रालयका शाखा–उपशाखा जिल्लाजिल्लामा फैलिएको तर विज्ञान मन्त्रालय उही सिंहदरबारको एउटा कुनावाट बाहिर आउन नसकेको तथा केही मानिसहरूका बीच टासीएको देख्दा चालिसेलाई उदेक लाग्छ । त्रिभुवन विश्वविद्यालय स्थापना भएको धेरै वर्ष पछाडि सुरू भएको हो नेपालमा विविध विज्ञान विषयक अध्ययन । जीव विज्ञानमा १५० भन्दा बढी लेख प्रकाशन गराईसकेका चालिसेले समस्याको पेटारो फुकाउंदै गए– न त विज्ञान सरकारले बुझ्यो न त बुझेजति आममानिसको सम्पत्ति बनाउनै सकियो । सधैँ सजिलो खोज्ने मान्छेको जमात हामी कहाँ अझै पनि हस्तरेखा अनुसार वा पत्रिकाको राशीफल हेर्दै आप्mना काम निर्धारण गरिरहेछन् ।’

उनी हामीकहाँ विज्ञानसम्मत विचार अत्यन्त कमजोर, परम्परागत तथा भ्रमपूर्ण रहेको’ ठान्दछन् । दुई दशकभन्दा बढि अवधि विद्यार्थी पढाएसँगै अध्ययन, अनुसन्धानमा बिताएका उनी ठान्छन््– दुई पुस्तापछि होस् तर नेपालमा विज्ञानको विकास होस् । त्यस्तो समाज जुन भूmठ तथा भ्रमरहित समाज होस् अर्थात विज्ञानसम्मत तथा समुन्नत नेपाल होस् ।

युवा अवस्थामा डाक्टर बन्ने सपना साँचेका उनी अहिले मानिसकै सबैभन्दा नजिकको प्राणी तथा वन्यजन्तुको अध्ययन गर्ने डाक्टर बनेका छन् । हामीकहाँ रहेको एउटा भ्रम छ, ‘मानिसको पुस्ता बाँदर हो भन्ने ।’ तर, उनी भन्छन्– मानिसको पूर्खा आदिम मानिस नै हुन्, बाँदर होइनन् । पशुपति र स्वयम्भुनाथका बाँदरहरू अबको दश हजार वर्षपछि पनि बाँदर नै रहन्छन् । उनले कारण पनि दिए– जीवविज्ञानले एउटै प्रजातिबीचको समागमबाट मात्रै बच्चा जन्मन सक्ने बताउँदछ । बाँदरबाट मानिस हुने कुरा कहाँ सम्भव हुन्छ ?’

भन्नेहरू भन्छन्– मुकेश चालिसेलाई पशुपतिको बाँदरले चिन्दछन् । उनी स्वीकार गर्छन्, म बाँदरको मात्र होइन, अरू जनावरको पनि हाउभाउको आधारमा प्रजाति तथा भाले–पोथी छुट्याउन सक्छु, र के भनेको हो भन्नसक्छु ।’ मैले पछि तपाईँहरूलाई भेटेँ, र ‘हेलो’ भनिन भने अन्यथा नमान्नुहोला’ चालिसेले रमाइलो प्रसंग सुनाए– म बाँदरहरू कहाँ देखेको हो, कहाँ भेटेको हो त्यो भन्नसक्छु तर मानिस चाँहि कहाँ भेटेको हो बिर्सन सक्छु ।’

चालिसेका थप उपलब्धी…
नेपालमा पूर्वबाट जनावरहरूको बसाइ सरेको अनुमान गरिन्थ्यो । अहिले यसमा बहस शुरु भएको छ । चालिसेको अध्ययनले देखाएको नयाँ तथ्य विचारणीय छ । उनको तर्क छ ‘नेपालमा पाइने पहरे (आसामी) बाँदर आसाम, भारतबाट आएको नभई यो त नेपालबाट भारत गएको हो । किनकी त्यहाँ (भारत) को बाँदरको पुच्छर छोटो भएको र हाम्रो नेपालको बाँदरको पुच्छर लामो छ ।’ जनावरकै विकास क्रमलाई हेर्ने हो भने पुच्छर लामो हुने बाँदर पहिलेको हो भन्ने आधार प्रशस्त छ । चालिसेले सुनाए–अन्य देशका वैज्ञानिकहरू पनि ‘डाक्टर चालिसे इज् राइट’ भन्न थालेका छन् ।

यही कुरालाई पुष्टि गर्न चालिसेले एकजना जापानी वैज्ञानिकको हवाला दिंदै नेपालका वनस्पतिहरू पूर्वबाट आएको नभई पश्चिमबाट आएको दृष्टान्त पेश गरे । ‘त्यसैको आधारमा पनि आफ्नो निश्कर्षमा ठीक हो भन्ने ठम्याइमा पुगेको बताउने चालिसे पछिल्लो समय ‘विश्वका वैज्ञानिकहरू पनि सहमतिको नजिक आइपुगेको’ मा निकै विश्वासिला देखिन्छन् ।

अन्त्यमा…
विज्ञानको क्षेत्रमा आफूले केही कुरा मात्रै थप गरेको भन्ने डा. चालिसे, उनैलाई वैज्ञानिक मान्दछन् जो विशेष योग्यता हासिल गरि अध्ययन, अनुसन्धान लगातार गरिरहेका छन् । आप्mनो ज्ञानलाई समाजको हितमा र अरुलाई नहेपी सँगसँगै युवालाई पनि प्रोत्साहित गरिरहेको व्यक्तित्व नै वैज्ञानिक हो भन्ने उनको निचोड छ । डिग्री गर्दैमा, पीएच.डी. हुँदैमा वैज्ञानिक हुन नसकिनेमा उनी आगामी पुस्तालाई सचेत गराउन चाहन्छन् । हामीकहाँको डिग्री र पीएच.डी. गर्नेहरू धेरैले त्यसलाई जागीर खाने र पद ओगटने बन्दकी तमसुक मात्र बनाउन बाध्य भएको भन्दै चालिसेले कुराकानीको बीट मारे–नयाँ नेपालमा यस्तो प्रचलन हटेमा त्यो सबैभन्दा ठूलो उपलब्धी हुनेछ ।’

(रिभोसाइन्स वर्ष १ अंक १० मा प्रकाशित)