भौतिकशास्त्री प्रा. डा. लोकनारायण झा

प्राज्ञिक लोकमा परिचित हुन अझै प्रध्यापक डाक्टर बन्न गरेका संघर्षको किस्सा कम्ता हृदयस्पर्शी छैन । स्वर्गीय देवनारायण झा र गंगादेवी झाका कान्छा सुपुत्र लोकनारायण । पेशाले माता, पितानै अध्यापक । शिक्षित परीवारमा जन्मनुभएका उहाँको पिता देवनारायण संष्कृत शिक्षाका नाम चलेका मास्टर । उनै मास्टर सापका चार सन्तान मध्यका कन्छा पुत्र हुन एल एन झा ।

बिजुलीको चिम निर्माण गर्दा नौ सय उनान्सय प्रयासमा असफलता झेलेका थोमस एल्वा एडिसनले कतै भनेका थिए ‘हरेक कुराको आफ्नै समय हुन्छ ।’ नौ सय उनान्सय प्रयासमा असफलता झेलेका उनै थोसमको हजारौ प्रयास अन्तत सफल भइ छाड्यो । विजुलीको चिम वल्यो । पिताको समय थियो संस्कृतको श्लोक अध्ययन÷ अध्यापन गराउनु । समयले ३६० डिग्रीको फेरो मा¥यो । छोराको समय आइपुग्यो भौतिक विज्ञानको प्राज्ञिक तहमा नेतृत्व सम्हाल्न पुग्नु । पिता गाँउको एउटा स्कुलका संस्कृत शिक्षाका अध्यापक छोरा उहाँ आफै कुनै समय संष्कृतको चण्डी श्लाक घोक्नमा उद्यत हुनुहुन्थ्यो । तर आज त्यही विश्वविद्यालयको भौतिक विज्ञानका प्रध्यापक वन्न आइपुग्नुभएको छ । भौतिक विज्ञानको माध्ययमबाट प्राज्ञिक तहमा सुपरिचित नाम बनेको छ एल एन झाको ।

प्राज्ञिक ‘लोक’मा परिचित हुन अझै प्रध्यापक डाक्टर बन्न गरेका संघर्षको किस्सा कम्ता हृदयस्पर्शी छैन । स्वर्गीय देवनारायण झा र गंगादेवी झाका कान्छा सुपुत्र लोकनारायण । पेशाले माता, पितानै अध्यापक । शिक्षित परीवारमा जन्मनुभएका उहाँको पिता देवनारायण संष्कृत शिक्षाका नाम चलेका मास्टर । उनै मास्टर सापका चार सन्तान मध्यका कन्छा पुत्र हुन एल एन झा ।

संस्कृतमा आचार्य हासिल गर्न‘भएका पिताले सुरूमा घरमा नै स्कूल चलाउनु भयो पछि हाइस्कूलमा पढाउनु थाल्नु भयो । वि.सं. २००४ सालमा सिराहामा जन्मनुभएको उहाँका तीनै दाजुहरूले संष्कृत विषय नै अध्ययन गर्नुभयो । पिताजीको चाहाना थियो (मैले पनि संष्कृत नै पढुु ।) पिताजीको परम्परागत संष्कृतमै जोड दिनुहुन्थ्यो, अग्रेजीको नाम सुन्न पनि चाहनुहुन्नथ्यो । तर दाजुहरूको जोड संष्कृत होइन, विज्ञान तथा प्रविधि विषय पढ्नुपर्दछ भन्नेमा थियो । १५ वर्षको उमेरमा फलामे ढोका (एस एल सी) पार गर्दा सम्म विज्ञान के हो, पढेर के हुने हो, इन्जिनियरिङ्ग के हो ? केही थाहा पत्तो थिएन । तै पनि किन हो थाहा छैन वाल्यकालदेखी नै फिजिक्स प्रति अत्यन्त झुकाब थियो । पढाइमा मध्यम हुनुहुन्थ्यो लोकनारायण । आइरन गेट विजीपी हाइस्कुल सिराहाबाट गरेपश्चात मनमा केही खुद«ा सपना बोकेर अनिश्चित भविष्यको सयर गर्ने लोकनारायणको पदचाप ‘नेपाल खाल्डो तिर मोडियो । तीनताका अहिलेको जस्तो सुविधा कहाँ पाउनु ? सिराहाबाट काठमाडौं आउन तीन÷चार दिन नै लाग्दथ्यो । राजधानी खाल्डोमा भित्रिएको पश्चात पाइला हालको अमृत साइन्स क्याम्पस तिर मोडियो । आफन्तहरू चाहन्थे छोराले इन्डियामा गएर पढोस तर मनले मानेन । किनकी मेरो सोच थियो नेपालको विज्ञान साधरण हुन्थ्यो तर भारतमा त जटिल हुनथ्यो । त्यसैले मैले म्याथ पढनेभए मात्रै भारत जाने नभए नेपाल नै जाने अडान राखे र त नेपाल भित्रिए । मनले डो¥याउदै ल्यायो । अमृत साइन्स कलेजमा प्रिन्सिपल स्व. अमृत प्रसाद प्रधान हुनुहुन्थ्यो प्रत्येक विद्यार्थीलाई आफनै छोराछोरी ठान्ने । अमृत सरको त्यो गुणले लोकनारायणको कोमल मनलाई स्पर्श नगरी रहन सकेन । र त, फलाक्सव्याकमा अहिले पनि घरि घरि अमृत सर आइरहनु हुन्छ । त्रिचन्द्रमा विएस्सी अध्ययनका लागि पुग्दा प्रिन्सिपल नेपालको पहिलो भौतिकशास्त्री फणिन्द्र प्रसाद लोहनी (फिजिक्स एमएस्सी) हुनुहुन्थ्यो । शंकरप्रसाद प्रधान, वलराम जोशी लगायतको घगडान पनि त्यही हुनुहुन्थ्यो । किर्तीपूरबाट एमएसी गर्ने उहाँ तेस्रो व्याजको विद्यार्थी । २०२८ सलमा नयाँ शिक्षा निती लागु भएसँगै जागिरे जीवन सुरू भयो, वलराम जोशी सरको आग्रहमा (एमएसीमा प्रथम डिभिजनमा उत्रिर्ण भएपश्चात) । त्रिविविको उत्पादान सेन्ट्रल डिर्पाटमेन्टमा जागिर आफू पहिलो भएको उहाँ सुनाउनुहुन्छ । नेपालमै भौतिक विज्ञानमा एमएस्सी गर्ने भ्याली बाहिरको आफू प्रथम भएको इतिहास छदैछ । एक दर्जन थिए, एमएस्सी गर्ने त्यो बेला । सन् १९८६ मा दिल्लीबाट पिएचडी हासिल गर्नुभयो लोकनारायणले । पिएचडी गर्दा गदाताकाको पेपर स्वीजरल्याण्डमा कन्फ्रेसमा प्रिजेन्ट गर्ने अवसर जुटयो । मेरो पहिलो विदेश भ्रमण स्वीजरल्याण्डमैै भयो । विश्वविद्यालयको भौतिकशास्त्र विभागको कोठामा मुस्कान छर्दै रहस्यको पर्दा उघारियो । दिपेन्द्र युवा पुरस्कार (रोनास्ट) बाट सम्मानित हुने पहिलो मै थिए । एल एन झाको खाता भौतिकशास्त्र विषयमा पहिलो भएर खोलियो । यस लगायतका अन्य केही गतिविधी छन भौतिक शास्त्रको खातामा जहाँ उहाँ पहिलो हुनुहुन्छ ।

तीन पटक सम्म वैकल्पिकमा लोकनारायणको नाम राख्यो । “एकचोटी भएको भए त्यसलाई वाइ मिस्टेक मानौला, दुई, तीन चोटी सम्म वैकल्पिक राखेपश्चात यस्लाई इन्टेन्सन नै मान्नु पर्दछ । वाह्र वर्ष पछि मात्र पिएचडीको मौका मिल्यो । आफ्ना फाइदाका लागि जे गर्न पनि तयार हुनेहरूको भीडमा लोकनारायण झा आफूलाई वेग्लै ठान्नुहुन्छ । ‘जस्ट फिजिक्स’ नो थिङस मोर द्यान फिजिक्स । जीवनमा अरू केहि चाहिदैन । २०४७ मा वहुदल आउदा कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यही समय हो उहाँ डिपार्टमेन्ट हेड बन्नुभयो । समस्याको चाङ माथि चाङ थियो डिर्पाटमेन्टमा । उहाँ माथि भौतिकशास्त्र विभाग प्रमुख शंकर प्रसाद प्रधान हुनुहुन्थ्यो । आन्दोेलनकोे समयमा दुइ वर्ष सम्म भर्ना हुन नसकेका विद्यार्थीको चाप थियो । चाप थेग्न नसक्दा दश दिन लुकेर बसेको स्मरणमा अझै ताजा छ तर मागेर कहाँ जाने कि त जागिर छाड्नु पर्दथ्यो ।

समस्या छ, सामाधान पनि छ । हरेक समस्याले आफू वरावरको अवसर लिएर आएको हुन्छ भनिन्छ । त्यही समस्यासँग जुधेका कारण लोकनारायण गर्व गर्दै भन्नुहुन्छ– जति पनि भौतिकशास्त्रको प्रमुख शिक्षक आज नेतृत्व तहमा छन ती सबै मेरो उत्पादान हुन । सन् १९६५ मा भौतिकशास्त्र विभाग स्थापना ग¥यो विश्वविद्यालयले । २५ वर्ष पछि त्यस्को प्रमुख बन्न आइपुग्नुभयो लोकनारायण झा । अवको ८ महिनापछि अवकाश पाउदै हुनुहुन्छ । स्थापना देखीको २५ वर्षको वीचमा तीनवटा मात्रै थेसिस भएको थियो । अहिले वर्षमा ६०÷७० को हाराहारीमा थेसिस हुन्छ । अहिले अधिराज्यभरको नौ वटा क्याम्पसमा एमएस्सी पढाई हुन्छ त्यस्को श्रेय आफैलाई जाने दावी गर्न‘हुन्छ ।

राजनीति प्रति आकर्षण नभएकोले हुनसक्छ । सुनाउनुहुन्छ ‘आजसम्म हस्तक्षेप छैन’ । मेरो वलियो आधार भनेकै विद्यार्थीहरू हुन । नेपाली भौतिकशास्त्रको खातामा अर्काै पहिलो भएर केही थपिएको छ त्ये हो । क्ष्ऋत्ए को नेपालीको फस्ट एसोशिएट फिजिक्स आफै भएको सुनाउनुहुन्छ नेपालबाट अहिले यो सख्या ९ जना पुगेको छ । द्यऋक्एक्ष्ल् ले हरेक वर्ष पुक्ष्रा कार्यत्रम चलाउथ्यो । क्ष्ऋत्ए ले द्यऋक्एक्ष्ल्९द्यजगतबल,ऋजष्लब,क्चष्बिलपब, एबपष्कतबल, क्ष्लमष्ब० अन्र्तगत कार्यक्रम गर्देथ्यो । ‘म जति पनि विदेश गए यी नै यही संस्था मार्फत गए ।’ ८÷१० वर्ष पछि आर्थिक समस्याको शिकारमा द्यऋक्एक्ष्ल् प¥यो र बन्द भयो ।

‘व्रेन इ«ेन’ को व्रेन गेन गर्ने नसकनुमा विसौ वर्ष देखी सरकारी नेतृत्वमा एउटै भौतिकशास्त्री नपुग्नुलाई ठान्नुहुन्छ । सरकारसँग कुनै स्पस्ट योजना छैन । किन पढ्ने, किन डिर्पाटमेन्ट चाहियो, किन चाहियो विश्वविद्यालय ? फिजिक्स पढ्यो उच्च शिक्षा हासिल ग¥यो ‘हेल्मेट टिचर’ बन्यो । नेपालमा खै त अवसर ? वास्तवमा भौतिकशास्त्र विषयमा स्वदेशमा जागिर छैन तर विदेशमा एउटै प्रपोजल पेश गरेको भरमा रोजगारी मिल्छ । भौतिकशास्त्रलाई ग्लोवल सिटीजन मान्नुहुन्छ उहाँ । भौतिकशास्त्र विभाग स्थापना भएको चालिस वर्ष पार ग¥यो, उपलब्धी कति ? कहिलेकाहि आफै छक्क पर्न‘हुन्छ चार सय भन्दा बढिले विद्यावारिधी गरि सकेका छन, जो विदेशमा छन तीे जनशक्ति फर्कन चाहान्छन तर फर्केर के गर्ने ? प्रश्न त जिउदै छ । व्रेन डेनहरू आकर्षण गर्ने योजना खै ? अवसर हुदा हुदै कोही बाहिर जान्छ भने त्यहाँ नै व्रेन ड्रेन भन्न सकिन्छ । लोकसेवामा कहि कतै ‘फिजिक्स’ मागेको देखनुहुन्छ ? उहाँको प्रश्नसूचक नजर हामी तिरै पर्योे । दक्ष यूवा पलायन गराउन हाम्रो राज्य आफै सक्रिय छ । न त राज्यसँग कुनै नीति छ न त कुनै योजना । मूल नीति भनिएको राजनीति नै टयाक वाहिर गएपछि अन्य कुरामा गडवडी त हुने नै भयो ।

अवको आठ महिना पछि अवकाश पाउदै हुनुहुन्छ एलएल झा । अवकाश पछिको योजना यस्तो छ उहाँको ‘सायद म त्यसै बस्न सक्दिन होला’ । अवकास पछि प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा एमएस्सी सञ्चालन भएका कलेजहरूसँग संग्लग्न हुने योजना छ । अफर त नआएका होइन मध्यपश्चिमाञ्चल सुर्खेत विश्वविद्यालयबाट आएको थियो । उहाँकै अवधारणापत्रका आधरमा, पाठ्यपुस्तक उहाँले नै निर्धारणरण गरिदिनुभयो । सब्जक्ेट कमिटी (साइन्सकै) प्रमुख बनाएको छ । यस्को मेम्बर डिनहरू समेत छन । एकडेमिक काउन्सिलमा समेत लगिसकेको छ । त्यस्तै, विपी कोइराला प्लानेरोरीयम ले सल्लाहकारको रूपमा अफर गरिसकेको छ । यो मध्य सन्तुष्ट एमएस्सी प्रोगाममा नै हुने देख्नुहुन्छ । यस्को अलवा आफ्ना अनुभवहरू संगालेर पुस्तक लेख्ने खुद्रा योजना छ । प्रोफेसरले किताब नलेखेसम्म उ ‘अनकम्पलिट’ हुन्छन भनिन्छ । मुहारमा थप चमक देखियो कम्पलिट प्रोफेसरर बन्ने सुरमा छु ।

संष्कृत भन्छ सन्तोषम् परम सुखम् तर विज्ञान असन्तोषम् परम सुखमको मार्गमा हिडिरहेछ । यी सम्पूर्ण खोज विज्ञानले अपनाएको ‘असन्तोषम् परम सुःखम’को मार्ग अपनाएर नै सम्भव भएको हो । विज्ञान र धर्म बीचको सम्बन्ध कस्तो होला ? धर्मले भाग्न दिदैन, अदृश्य त्तत्वले वाधिरहेको छ, निर्देशन दिइरहेको हुन्छ । अदृश्य तत्वलाई हामी जान्न सक्दैनौं, हामी स्वंयलाइ निर्दैशन दिने कोही त छ । त्यो हो सुप्रिम पावर । आधुनिक ज्योतिष विज्ञान, त्यस्को इतिहाँस कति नै लामो छ र ? परम्परागत ज्योतिषको इतिहाँस नै छैन तर टाइम टु टाइम मिलिरहेको छ, त्यो जमानाको क्यालकुलेसन कसरी मिलिरहेको छ ? विज्ञानले देखाउन सक्यो, एकसरपरिमेन्ट गर्न सक्यो तर परम्परागतज्योतिषले एक्सपेरिमेन्ट गर्न सकेनन् फरक यति मात्रै हो । वेद, गीता सबै संष्कृतमा सुरू भएको छ । पुरा संष्कृतको १४ श्लोक शिवजीको डम्बरूबाट आएको छ । पुर्खाले दिएको संष्कृती र संस्कार सबै गलत छ कसरी भनौ ? विज्ञानका पिता आइन्सटाइन गीता पढेर भावुक भएझै लोकनारायण झा संष्कृत र पाणिनी श्लोकबाट प्रभावित हुनुहुन्छ मान्छेले अरूलाई ढाँट्न सक्ला, छल्ल सक्ला परन्तु आफूले आफैलाई छल्न सक्दैन त्यही नै धर्म हो, त्यही नै हो सुप्रिम पावर ।

जीवन प्रतिको फरक अनुभुति, धारणा छ उहाँको । सफलता र असफलताको मुल्याकन सधै अरूले गर्ने कुरा हो आफूबाट त आत्मोलचना मात्रै हुनसक्छ सकरात्मक बाटोमा हिड्नको लागि । जीवनमा चार कुरा अपरिहार्य छ । एल एन झाको जीवन प्रतिको आफ्नै अनुभव र जीवन दर्शन छ । जो अरू कसैवाट सापटी लिइएको होइन । आफैले भोगेको र पार गरेको साढे ६ दशक कालखण्डको सार हो यो । सुनाउनुहुन्छ–चार कुरा मध्य एउटा कुरामा फेल भयो भने सम्झनुहोस तपाइको जीवन नै फेल भयो । पहिला पहिलाको परीक्षामा जस्तो एउटा पेपरमा फेल भयो भने फेल । पहिलो पैसा । पैसा योग्यताका, दक्षताका आधारमा कमाउनसक्नु पर्दछ । दक्षता र योग्यता समाजलाई दिन नसकने हो भने त्यो पढाइको कुनै काम छैन । मानी लिउ कसैले प्रशस्तै दाम कमायो तर किडन्याप गरेर, चोरेर, ढाटेर, छलेर कमायो त्यो कमाइ होइन किनकी त्यहाँ छुपाउनु पर्दछ, पर्दा भित्रको गतिविधी, कमाइ होस योग्यतको आधरमा । दोश्रो पाटो हो आफूले समाजलाइ के दिन सकिन्छ, के दिइरहेको छ ? समाजले कसरी हेर्छ ? चौथो तर महत्तवपूर्ण पाटो हो यो । जति फराकिलो दायरा हुन्छ, जति ठूलो पहिचान हुन्छ, त्यो नै महत्वपूर्ण हुन्छ । योग्यता, पैसा, समाज प्रतिको देन र समाजमा आफ्नो पहिचान यी चार चिज समानान्तर जानुपर्दछ । मानौ यी समानान्तर रेखा कही तल माथि भयो भने फेल ।

‘म कहाँ छु’, मैले आफूलाई कति नम्बर दिने ? त्यो आफूले आफैलाई मूल्यांकन गर्ने कुरा हो । कसैले चिन्नुको मतलब नकरात्मक हुनु हुदैन । जीवन प्रतिको दृष्टिकोण हो यो लोकनारायण झा को । यी चारै चीजको सिमा छैन । नोवल पुरस्कार पाएको व्यत्तिले त सयमा सय मार्क पाउदैन भने हामी कहाँ छौं र आफूले आफैलाई कति नम्बर दिने ? यी चारवटा महत्वपूर्ण छन् जीवनको । मान्छेको जात नै असन्तोषि । आफूसँग जे छ, जति छ त्यस्ले हुदैन, पुग्दैन र जे छैन आफूसँग सोही प्रतिको रूची र भोक रहिरहन्छ । जीवनको अर्काे नाम नै असन्तुष्ठि हो । सवैले सबै थोक त कहाँ पाउछन तर आफूले अहिले सम्म जे पाएको छ– त्यस्मा सन्तुष्ट छु । शिक्षा मनत्रालय, नास्ट, विपी कोइराला प्लानेटोरियम, एमएस्सी फिजिक्स प्रोगाम लागु भएका शैक्षिक संस्था, काठमाडौ विश्वविद्यालय जहाँ फिजिक्सका कार्यक्रम छ खोज्नुस कहाँ छैन एल एन झा ।

कुराकानीको विट मार्ने क्रममा आखिरी सोधाई थियो हाम्रो कुन वैज्ञानिक वाट प्रभावित हुनुहुन्छ तपाई ? अत्यन्त प्रभावित भएका व्यक्ति अब्दुल सलाम । उहाँ पाकस्थानका हुनुहुन्थ्यो र ICTP- International Center for Theoretical Physics को डाइरेक्टर हुनुहुन्थ्यो । नेपाल आएको समय सलामले तत्कालिन राजा विरेन्द्रलाई सन् १९८८ मा भेट गर्न‘भएको थियो । सो भेटमा उहाँले विरेन्द्रलाई भन्नुभएको रहेछ “नेपालमा अरू क्षेत्रमा जति सुके गरे पनि विज्ञानको क्षेत्रमा ग¥यो भने मात्र राजसस्था बचाउछ, अन्यथा तपाइहरूलाई बचाउदैन” । विज्ञान तथा प्रविधीमा लगानी नगर्दा राजसंस्था रहेन अव शंका गर्ने ठाँउ छ सायद दलहरू प्नि विज्ञान तथा प्रविधी माथि लगानी नगरेकै कारण संकटमा परेका त होइनन् ?

प्रस्तुतिः हरि गजुरेल र लक्ष्मण नेवा