‘रसायन, गणित र वन’ विज्ञानका त्रिवेणी

प्रा. डा. इश्वरचन्द्र दत्त

नसोचेको ‘यर्थाथ’ नै जिन्दगी हो सायद । इश्वरचन्द्र दत्तको जीन्दगीलाई नजिकैबाट चियाउँदा यस्तै आभास हुन्छ । गणित विषयमा विशेष दख्खल राख्ने दत्त समयक्रमसँगै रसायनशास्त्रका विद्यार्थी बन्न पुग्दछन् । रसायनशास्त्रमा विद्यावारिध गर्नुपूर्व नै त्रिविवि अन्र्तगतको कृषि तथा वन विज्ञानका जागिरे बन्छन् । यही विभागमा रहेर झण्डै ३३ वर्ष प्रध्यापन र अध्ययन अनुसन्धानको दौरानमा एक वर्ष डीन बनेपश्चात् तानिए त्रिविवि सेवा आयोगमा । अहिले त्रिविवि सेवा आयोगको अध्यक्षका रूपमा कार्यरत छन्— प्रा. डा. इश्वरचन्द्र दत्त ।

जन्म–शिक्षा–दिक्षा
सन् १९५० जन्मेका दत्तले ६४ औं बसन्त पार गरिसकेको छ । धनुषा जिल्लाको कठाल गाविस वडा १ मा स्वर्गीय रमापति दत्तको कान्छा पुत्रको रूपमा जन्मने सौभाग्य मिल्यो । किसानी पिताजिको गाँउमा छुट्टै सान थियो होमियोप्थाथीको उपचारका कारण गाँउमा प्रतिष्ठित हुनुहुन्थ्यो ।

माइला दाजु कृष्णचन्द दत्त सर्व डिर्पाटमेन्टबाट रिटायर्ड भइसक्नुभएको छ । ठूल्दाजु हरिशचन्द्र दत्त डिइइ हुनुहुन्थ्यो जनकपुरमा । खान्दानी नै पढाइ लेखाइमा निकै अगाडि थियो हाम्रो । हजुरवुवा दशरथदत्त त्यो समयको नामी वकिल । पढेको जम्मा तीन कक्षा मात्रै । तर सायदै कुनै मुद्धा हार्नु भयो । हजुरवुवाको भाइ गंगादत्त सरस्वती हाइस्कूलका प्रिन्सिपल अग्रेजी÷संष्कृतको नामी विद्धान । काका दाजुहरू सबै विज्ञान संकायकै अध्ययन गर्नुभएका कारण म मा विज्ञान प्रति अत्यन्त लगाव थियो । त्यही कारण विज्ञान विषय रोजेको हुँ । खासमा विज्ञान तथा गणित प्रति अत्यन्त लगाव थियो सानैदेखि । विज्ञान अध्ययन गरेपछि भविष्य राम्रो हुन्छ भन्ने सोच यद्यपि छदैछ । प्राइमरी स्कूल कठालबाट सावा अक्षर चिनियो, जलेश्वर लचमोमा माध्यमिक तहको शिक्षा हासिल भयो । नेपालमा तीनताक विज्ञान विषयको पढाइ हुदैनथियो । बाँकी अध्ययनका लागि यात्रा केजरीवाल माध्यमिक विद्यालयमा तिर मोडियो । काकाको जागिर त्यतै थियो त्यही कारण मेरो अध्ययन त्यतै भयो । काकाको जागिर सरूवा पटनामा भएपछि बाँकी अध्ययनका लागि पटनामा पुगियो । म्याटिक, आइएस्सी, विएस्सी सम्मको अध्ययन त्यतै भयो । पढाइमा मध्यम थिए । एसएलसीदेखि एमएस्सीसम्म सेकेण्ड डिभिजनमा उत्र्तिण भएको हुँ । एमएस्सी गर्नका लागि भने त्रिविविमा आइयो ।

विज्ञानप्रतिको मोह
आइएस्सी पढ्दा त्यस्तो अविष्मरणीय कुरा केही छैन खेलप्रति अत्यन्त रूची थियो । पानी परे पनि लडे पनि खुबै खेलिन्थ्यो । त्रिविवि सेवा आयोगको घुम्ने कुर्सिमा घुम्दै थप्छन ‘अँ जीवन सोचेजस्तो नहुँदो रहेछ । ‘म्याथम्याटिक्स’ प्रति मेरो अत्यन्त झुकाव हुँदाहुँदै पनि जीवन ‘म्थाथ’बाट केमेष्ट्री तर्फ मोडियो । विएस्सीमा जितेन्द्र चौधरी प्रोफेसर हुनुहहुन्थ्यो । उहाँको पढाउने कलाबाट प्रभावित नभइ रहनसकिन । यही कारण म रसायनशास्त्र प्रति मेरो रूची वढ्यो र ‘म्याथम्याटिक्स’बाट म सिफ्ट भए । एउटा गुरूका कारण एउटा शिष्यको जीवनमा कस्तो युटर्न आउँछ मैले भोगेको छु त्यसको जीउदो जाग्दो पात्र हुँ म ।

पारिवारीककारण रसायनशास्त्र पढ्न काठमाडौं आएको थिए । एक वर्ष समय गुम्यो रसायनशास्त्रको मोहले । कहिले काहीँ केहि गुम्दा पीडा नहुँदो रहेछ जिन्दगीमा । मैले ‘म्याथम्याटिक्स’मा एमएस्सी नगरि रसायनशास्त्रमा त्रिविवि कीर्तिपुरबाट एमएस्सीको पढाइ पुरा गरे ।

भारतमा जुन पाठ्यक्रम पढाइ हुन्थ्यो करिव उस्तै थियो यहाँ पनि । दुबैतिर लेक्चर मेथडबाट नै पढाइन्थ्यो । तीनताक क्वालिफाइट टिचर त्यता पनि थिए यता पनि थिए । क्लास नियमित त्यता पनि हुन्थ्यो यता पनि हुन्थ्यो फरक के भने त्यहाँका शिक्षक नियमित कक्षामा आउदैन थिए यताका शिक्षक नियमित कक्षामा आउदथे । उनी भन्दै थिए ‘पहिलेको जस्तो समय अहिले कहाँ पाउनु र ? पैसाका लागि हाम्रा प्रोफेसरहरू हेल्मेट माष्टर भइगए ।’ केही चिन्ता व्यक्त्त गरे । त्यता धेरै जसो प्राक्टिकल डेमोष्ट्रेटरले सिकाउथ्यो । माष्टर लेभलमा आएपछि डेमोष्ट्रेटर भन्दा शिक्षकले सिकाइन्थो । एमएस्सीमा अध्यापन गराउने अधिकांश शिक्षक कोलम्वो प्लान अन्र्तगत उतैबाट आएका हुनाले उता र यताको स्टान्डर्डमा केही फरक थिएन । सन् १९७७ मा मास्र्टस सकाए । ट्युसन सेन्टरहरूमा पढाउदै पढाइलाई अगाडि वढाउदै लगे । एमएस्सीको नतिजाको प्रतिक्षामा थिए । मेरो लागि जागिरको ढोका खुल्यो । कृषि वन विज्ञानमा जनशक्तिको खाँचो थियो । एमएस्सीको परीक्षा सक्नेवित्तिकै फरेष्टीमा पढाउन अवसर जुरीहाल्यो ।

विवाह बन्धन
यही बीचमा अनन्त कुमारी लाल दास नेपाल भारत सांष्कृतिक केन्द्रमा कार्यरत हुनुहुन्थ्यो, जो प्रशिद्ध कविको रूपमा चिनिनुहुन्छ । उहाँकै पुत्रीसँग मेरो विवाह भयो । चार छोरी दुइ छोरा छन् । एक छोराले एमएस्सी सकाइसकेको छ अर्काे छोरा विकम सकाएर कम्युटर नेटवर्कीङ, हार्डवर्कीङ पढिरहेको छन् । बिवाहित दुई छोरीहरू वैंकमा कार्यरत छन् ।

जागिरे यात्रा
उप शिक्षकबाट पढाउन थाले २०३३ साल भदौ २१ बाट । त्यहाँबाट तीन÷तीन महिनामा थप गर्दै ‘एसिसेन्ट लेक्चर’ भए । ३६ सालमा सेवा आयोगबाट परीक्षा उत्र्तिण गरेपछि स्थायी हुदै ३९ सालमा उप–प्रध्यापक भए । ४६ सालमा रिडर हुँदै ५६ सालमा प्रध्यापक भए । यसैबीचमा देहरादुनबाट फरेष्ट्रीमा एमएस्सी गरे ।

‘म्याथम्याटिक्स’ हुँदै रसायनशास्त्र र त्यताबाट फरेष्ट्रीतिर डाइभर्ड भए । लाइफमा धेरै चेन्ज र डाइभर्डहरू आए । स्पेशलाइजेसनभन्दा डाइभरसिटी नै राम्रो हुन्छ भन्छन् भन्दै हौसिए उनी । उनले बनविज्ञानका किस्सा सुनाउँदै भने ‘वन विज्ञानमा जागिर खाइरहेको थिए । त्यहाँका प्रोफेसरलाई साइन्सको लेक्चरलाई ‘नेगलेट’ जस्तो गर्ने मान्छे नै होइन जस्तो गरि ।’ उनीहरूको बुझाई फरेस्ट्रीको मानिस चै टेक्निकल तर साइन्सका चै ननटेक्निकल जस्तो देखियो । यसकारण उनीहरले त्यतिखेर फरेष्ट्रीलाई टेक्नीकल म्यानपावरमा गन्थे भने हामीलाई नन टेक्नीकल भन्दथे ।

कृषि बनलाई त्यतिबेला टेक्निकल मानिन्थ्यो, रसायनशास्त्रलाई त्यहाँका पदाधिकारीहरूले गन्दैन थिए । कोलम्बो प्लानबाट एक जना प्रोफेसर विवि माथेमा आउनुभएको थियो । उहाँसँग सम्पर्कमा थियौं एउटा संस्थामा काम गरेपछि सम्पर्क हुने नै भयो । उहाँको सल्लाह थियो ‘यदी तपाई फरेष्ट्रीमा बाच्नु छ र रहन चाहनुहुन्छ भने फरेष्ट्रीमा डिग्री लिनुस ।’ केमेष्ट्रीका धेरै कुरा वन विज्ञानसँग मेल खान्थ्यो त्यही कारण उहाँकै सल्लाह अनुसार निवेदन दिए । सौभाग्य नाम निष्कियो । कोलोम्वो प्लान अन्र्तगत दुई वर्ष देहरादुन गएर एमएस्सी गरियो फरेष्ट्रीमा । फर्किए पछि वनकै विषयहरू थमाइदिनुभयो । कमेष्ट्री अरू भन्दा महत्वपूर्ण छँदैथियो त्यही माथि वन मेरै भागमा थपियो । वनको विषयमा अनुसन्धान पनि गर्न थालियो । केमेष्ट्री, वायोकेमेष्ट्री दुबै विषय आफैं पढाउथें ।

कस्तो रमाइलो भने, फाइट गरेको केमेष्ट्री को लागि । लेक्चर बाट रिडर, रिडरबाट प्रोफेसर भएको पनि केमेष्ट्रीमै तर पढाउने विषय वनको । पछि त केमेष्ट्री नै पढाउन छाडेर वनकै विषय मात्रै पढाउन थाले । यही बीचमा सन् १९८५ मा कृषि वन विज्ञानमा एमएस्सी गरियो भने सन् १९८७ मा पटना विश्वविद्यालयबाट पिचएडी र सन् १९९३ मा कुरू कलेज अफ फरेष्ट्रीबाट फरेष्ट्रीमा पोष्ट ग्रायजुएड सम्म शिक्षा हासिल गरे ।

मन मोडियो ‘बन’ तिर
वनमा प्रकृतिको कुरा छ । तराईदेखि हिमालसम्म जंगल छ । सबै चीज त जंगलले नै दिन्छ । केमेष्ट्री भन्दा वढि उपयोगी वनमा रहेको पाए । यद्यपि केमेष्ट्रीलाई कम आकेको होइन । जस्तै माटोको अध्ययन गर्दा नाइट्रोजन, फोस्फोरस, अक्सिजन, क्याल्सियम, म्याग्निसियम कति छ भन्ने सबै कुरा आउँदछ । जग्गाको उर्वराशक्ति छ भन्ने कुरा त्यहाँ आउँछ । त्यस्तै जडिवुटीमा जाँदा कुन कुन केमिकल्स छ ? कुन केमिकल्सले कुन रोगको औषधिमा काम लाग्दछ त्यो केमेष्ट्रीले भन्दछ । प्लान्टले त भन्दैन । प्रत्येक दृष्ट्रिले फरेष्ट्रीमै भिज्न थाले । दोस्रो कुरा रसायनशास्त्रमा भन्दा वढि प्रोजेक्ट फरेष्टीमा छ । नयाँ विषय भएका कारण त्यति धेरै यो क्षेत्रमा रिर्सच नभएका कारण त्यता पट्टि वढि ध्यान केन्द्रित भयो । फिनल्यान्डबाट पछि ‘पोष्टग्रायजुएट इन एजुकेसन’ पनि गरे । १० महिनाको कोर्स थियो त्यहीबाट श्रीलंकाको नोडलिया कलेजमा पढाउन पुगियो । त्यहँबाट डिग्रि अवार्डका लागि जिम्बाबे पुगियो थेसिस डिफेण्ड गर्नका लागि ।

केमेष्ट्री, फरेष्ट्री र एजुकेसनमा डिग्रि हासिल गरेपनि विद्यावारिधि चाही पटना विश्वविद्यालयबाट गरे । वन विज्ञान अध्ययन संस्थानको पहिलो पिएचडी गर्ने व्यक्ति बन्न पुगे । केमेष्ट्रीमा पिएचडी गर्दा पिएचडीको विषय थियो क्यालेरेक्टर लाइजेसन्स अप वायो । कम्पाउण्डसहरू बनाउने त्यसको फर्मुला डिराइड्स गर्ने । जुन कम्पाउण्डस तयार गरे त्यो ग्रो इनहेन्स भन्ने थियो । आफ्नो जिज्ञासालाई परिपुर्ती गर्नका लागि नसर्रीमा लगेर प्लान्टमा कम्पाउण्ड हालेर हामीले ग्रोथलाई नाप्यौं यद्यपि अन्य रसायनिक मलले जतिको छिटो बिकास नहुने । विस्तारै विस्तारै विकास हुन्थ्यो । विरूवाको बिकास यो प्रक्रियाबाट लामो समयसम्म चल्दछ । वन विज्ञानमा रहदा यसका अलवा फरेष्ट म्यानेजम्यान्टमा आधारित भएर पुस्तक लेखे जुन पुस्तक अहिले विभिन्न कलेजहरूमा पाठ्यक्रममा समावेश गरिदै आएको छ ।

अव्वल अनुसन्धानकर्ता
एन्टिब्याक्टेरियामा विशेष अनुसन्धान गरे । कुन व्याक्टेरियाले कुन प्लान्टलाई मार्दछ भन्ने अध्ययन अनुसन्धान गरे । मानिसलाई लाग्ने रोगका निधान कसरी गर्न सकिन्छ भन्ने अनुसन्धान गरे । त्यो जडिवुटीमा त्यो व्याक्टेरिया मार्ने क्षमता छ कि छैन भन्ने रिर्सच गर्यौं । व्याक्टेरियाको एन्टिव्याक्टेरिया बनाउन हामीले लामो अध्ययन गर्यौं । गाँउघरमा वैद्य तथा हिलर्सहरूसँग लामो संगत गरेर हामीले यस्तो एन्टिव्याक्टेरिया तयार पार्यौं । कुन रोगमा के जडिवुटी प्रयोग गर्नुहुन्छ भनेर सोध्यौं । त्यसलाई हामीले हेर्यौ कि त्यो साइन्टिफिक रूपमा सहि छ कि छैन । टेष्ट हामीले गर्यौ कतिपयमा ठीक थियो कतिपय बेठिक पाइयो । यस्ता खालका रिर्सच हामीले गर्यौं ।

ललन देवुधी र प्रोफेसर मिश्रको अण्डरमा रहेर पिएचडि गरे । उहाँ हेड पनि हुनुहुन्थ्यो यद्यपि विहार विश्वविद्यालयमा पिएचडीको भाइवा लिनका लागि दरभङ्गा जादै गर्दा उहाँको दुर्घटनामा परेर ज्यान गयो । उहाँकै अण्डरमा रहेर मिश्र सरको ल्यावमा पुगेको थिए । उहाँको निधनपछि मिश्र सरकै अण्डरमा रहेर विद्यावारिधी गरे । प्राक्टिकल पार्ट पहिले नै भइसकेको थियो । सन् १९८७ मा पिएचडी सकाएपछि वन विभागमा पुन फर्किए । अन्यन्त्र जाने त ठाँउनै थिएन । कुरा पनि भएन । ३३ साल देखि ६७ सालसम्म कृषि तथा वन विज्ञानमा रहेर काम गरे ।

आफू अव्वल अनुसन्धानकर्मी भएको प्रमाण सन् १९८७ देखि १९९० सम्म आइडि आरसी अन्र्तगत फार्म फरेष्ट्रीप्रोजेक्टमा चीफ रिर्सच अफिसर भएर काम गर्दा मात्र थाहा पाइयो । त्यसपछि सन् १९९४ देखि २००२ सम्म इनिसच्युट अफ फरेष्ट्रीअन्र्तगत पोखरामा सदस्य सचिव भएर काम गरे ।

त्रिविवि सेवा आयोगमा
प्रधानमन्त्री माधवकुमार नेपाल हुँदा शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ला थिए । केही तराईका शिक्षकहरू साथीहरूलाई थाहा थियो आफू कार्यरत संस्थाको बारेमा । त्यतिकैमा महन्थ ठाकुरलाई कसैले मेरो नाम कसैले घुसाइ दिएछ । उहाँहरूलाई पनि योग्य मानिस चाहिएको रहेछ । कसैले आफु डिन, किताब पनि लेखेको, रिसर्च गरेको पनि सुनाइसेका रेछन् । उसो त पहिलो पटक सेवा आयोगको अध्यक्ष पदको लागि कसैले रिडरहरूका नाम सिफारिस गरेको रैछ । तर पूर्वप्रधानमन्त्री नेपालले प्राडाको खोजी गर्नुभयो पछि १२ जनाको नाम चर्चामा रह्यो । अन्य उम्मेदार डिन बनिसकेका थिएनन् म डिन पनि भइसकेको थिए सायद त्यही कारण म यहाँ आउन सफल भए ।

त्रिविविको इतिहासमा यतिको फेयर परीक्षा कहिल्यै भएको थिएन, पेशल आचार्य र म मिलेर यो संस्थालाई सिष्टममा चलाउने प्रयास गरिरहेका छौं । पहिले ‘कट अफ प्वाइन्ट’ थिएन । अहिले यो सिष्टम लागु गरिएको छ । दास्रो कुरा पव्लिकेसनमा जोड दिएका छौं । प्रध्यापकले पढाएर मात्रै हुदैन अनुशन्धान पनि जोड दिएका छौं । प्रोफेसर छनोटमा पचास प्रतिशत भन्दा वढि बोड मेम्वरले मान्यता दिनुपर्दछ । ‘पार्सालिटी’को ‘चान्सेस’ लेख्ने निकै कम भएको छ । घर घरमा कापी पढाउने नियमलाई खारेज गरेर केन्द्रमै बसेर कापी जाच्नुपर्ने नियम बसाल्यौं । कापीमा डबल कोडिङ स्टम गर्ने थाल्यौं त्यो पनि लोकसेवाका मान्छेहरूबाट । त्यस किसिमको काम यस अगाडि कहिल्यै भएको थिएन । अहिले सेवा आयोगलाई प्राफेसरहरूले विश्वाशको आँखाले हेर्दछन् । हामी यो विश्वाशलाई कायम राख्न चाहन्छौं÷मर्न दिदैनौं । सायद, यही कारणले होला म प्रति विश्वाश गरेर गत साउनमा नै सकिएको मेरो कार्यकाल सात गते पुनः थपिदियो । यस्तो घटना दुर्लभै भएको छ त्रिविवि सेवा आयोगमा । म यहाँ छु यद्यपि रिर्सच गर्न छाडेको छैन । रिर्सच मेरो सांष्कृतिक आदत हो र जीवन पनि । कृषि विज्ञान अध्ययन संथान बाट अझै पनि मलाई पढाउन आग्रह गरिन्छ भने म अझै पनि पढाउन चाहन्छु ।

कसरी हट्ला त्रिविविको बेतीथि ?
त्रिविविका बेथीति हटाउने उनीसँग केही थान योजना छन् तर कस्ले सुन्ने ? उनका यी योजना । त्रिविवि सबैभन्दा ठूलो र सबैभन्दा पूरानो विश्वविद्यालय । ६० आंगिक र हजारौ सम्बन्धन प्राप्त क्याम्पसहरू छन् । यसलाई म्यानेज गर्न निकै गाह्रो छ । काठमाडौं विश्वविद्यालय एउटा कुवा जस्तो हो । त्यस्ता कुवा त कति छन् । त्यो नीजि भयो । यो गरीव जनताको विश्वविद्यालय भनिएको छ । ‘हायर एण्ड फायर’को व्यवस्था यहाँ छैन । उपकुलपति, रेक्टर, रजिष्टार सबै राजनीतिक आस्थाका आधारमा भित्रिएका हुन्छन् । जो टिका लगाएर भित्रिएका छन् उनीहरूले ग्रास रूटसम्म आफ्नै मान्छे भर्ती गर्न खोज्छ । शैक्षिक क्षेत्रमा यस खालको विकृती हुनै नहुने । भिजन भएको व्यक्तिलाई हामीले विश्वविद्यालयमा ल्याउनपर्ने हो । दोस्रो सबै पार्टीका सघसंगठन छन् । ती संघठन खारेज नभएसम्म यो विश्वविद्यालय कसरी सुर्धान सकिएला ? त्रिविविमा विकास नभएको होइन । यहाँबाट उत्पादित ९५ प्रतिशत विद्यार्थीले राम्रै छाप छोडिरहेका छन् । सरकार विश्वविद्यलाय अटोनोमीका नाममा ‘आइसोलुटेट’ भएर बसेको छ । सरकार र विश्वविद्यालय बीच खाडल छ । अनुसन्धान हुनुपर्ने क्षेत्रमा अनुसन्धान हुन सकेको छैन । त्रिविविमा केवल लेक्चर विधिबाट मात्रै प्रध्यापन हुँदै आएको छ । पढाइको शैलीमा पनि समय अनुरूप परिवर्तन ल्याउनै पर्दछ । उपकुलपति, रेक्टर, रजिष्टारहरू बीचको सम्बन्ध सुमधुर हुनुपर्ने हो । भागवन्डाबाटै पदाधिकारी नियुक्ती गर्ने हो भने हाम्रो व्यक्ति नभएर राम्रो व्यक्तिलाई सीमा तोकेर छान्ने हो भने त्रिविवि अगाडि वढ्न सक्छ । अहिलेको प्रकारले त्रिविवि कछुवा गतिमा घस्रिरहन्छ मात्रै ।

तलबको भरमा मात्रै के आशा गर्न सकिन्छ । फण्ड नै छैन भने रिर्सच कहाँ बाट कसरी गर्ने ? नेपालमा दक्ष मान्छे छैन कस्ले भन्न सक्छ । यहाँ त अवसर छैन । प्यासी कुवा खोज्दै जानुपर्दछ, कुवा प्यासी खोज्दै त जादैन नि । अहिलेको अवस्थाले त त्रिविवि घर्सिरहन्छ मात्रै । पाठ्यक्रममा केही परिवर्तन ल्याउनुपर्दछ भन्ने मान्यता छ उनको ।

रोइ मर्ने हो विज्ञान ?
प्छिल्लो समयमा रसायशास्त्र प्राडा धु्रवमान सिंह अमात्यबाट अत्यन्त प्रभावित भएको कुरा गर्दैगर्दा उनले भने, ‘न हाम्रो सोच भए न त सरकारका सोच नै भयो । जबसम्म उद्योग धन्दाको विकास हँुदैन तब सम्म देशको विकास हुन सक्दैन । नरेन्द्र मोदी आउनुभयो । भन्नुभयो पानीको धनी देशमै अध्यारो ? एउटा मात्रै विद्युतगृह बनाएर विदेशीले बेच्न सक्यौ भने देश चलाउन पुग्ने बजेट त्यसैबाट आउँछ । आफ्नै आँखाले देखेको छु साठी प्रतिशत बजेट एउटै हाइडोपावरले दिएको छ भुटानमा । लोडसेडिङ हटाउने प्रत्येक वर्ष कथा बन्दै गएको छ । नीति बन्न आवश्यक छ भने सरकारले नीति बनाउनुपर्ने हो । विज्ञान प्रविधिको रिर्साेसेसको सदुपयोग हामीले गर्ने सकिरहेका छैनौं । हर्वल मेडिसन, अर्गानिक फार्मिङको कुरा उठिरहेको छ । गाँउका जग्गा बाझो छ शहरमा मान्छे थुप्रिएका छन् ।

जीवन दर्शन
मेरो जीवन एक हिसाबले सफल नै भन्नुपर्दछ । हुन त मान्छेका आकाक्षाको सिमा छैन । जे जति संर्घष गरे ती संर्घषबाट मैले केही पाएकै हुन्छ । सेवा आयोगमा आएर पनि धेरै कुरा सिकेको छु । जीवनमा केही कुरा गुमाएको आभास दोस्रो पटक सेवा आयोगका अध्यक्ष बन्दा भयो । लागेको थियो अन्यन्त्र कतै जाउ वा संवैधानिक अंग राजदुत । राजनीतिक सहयोग बिना यो सभ्भव थिएन । पदको गरिमालार्य मैले कायमै राखेको छु । एकै ठाँउमा बस्दा मोनोटोनस हुदो रहेछ ।

धर्म प्रतिको धारणा
धर्ममा पूर्ण विश्वाश छ । धर्म भन्नु नै संष्कार हो एक प्रकारको । धर्म पनि अनुशासन सिकाउँछ विज्ञानले पनि अनुशासन सिकाउछ । सिष्टमेटिक रूपमा गएन भने त्यो विज्ञान हुनै सक्दैन । जीवन भन्नु कर्म हो । विश्वाशले एउटा शान्तीको अनुभुति हुन्छ । त्यो साहरा पनि हुन्छ । संष्कारमा हिडिरहेकी छु । म ठीक ढंगले चलिरहेको छु भन्ने लाग्दछ । यदी अनुशासन छैन भने जति नै पढे लेखेका भए पनि त्यसको के काम ? केही नगरी बस्नै सक्दिन् । केही न केही काम गरिरहेको हुन्छु । कोही कलेजहरूले सल्लाहकार बसिदिनका लागि आग्रह गरिरहेका छन् । अनावस्यक तरिकाले कमाउने तिर मैले कहिले जोड गरिन् । नत्र म पनि हेलमेट टिचर भएर दौडन सक्थे तर त्यसरी कहिल्यै दौडिन ।

प्रस्तुतिः हरि गजुरेल, लक्ष्मण नेवा