May 4, 2025

एउटा मानवसँग अर्को कति फरक छ


एउटा मानव अर्को मानवसँग के कति फरक छ ? लामो समयदेखि रहस्यको रुपमा रहेको यो प्रश्नको समाधान गर्न वैज्ञानिकहरुले प्रयास गरेका छन् । उनीहरुले आधुनिक मानव र लोप भैसकेका हाम्रो पूर्खाको डिएनएको तुलनात्मक अध्ययन गरेर त्यो प्रश्नको जवाफ दिने कोसिस गरेका छन् ।

करिब ७ प्रतिशत मात्रै जिनोम मात्रै अन्य मानव भन्दा फरक हुन्छ तर बाँकी एक अर्कोसँग मिल्छ तर हाम्रो पुर्वजहरुसँग भने त्यस्तो शेयर नगर्ने गरेको भेटिने शुक्रबार साइन्स एन्डभान्स जर्नलमा प्रकाशित छ ।

‘यो निकै कम प्रतिशत हो’ क्यालिफोर्निया विश्वविद्याको कम्प्युटेसनल बायोलोजिस्ट तथा सह लेखकले भने, ‘जस्तो विषय पत्ता लागेको छ किन वैज्ञानिकहरुले हामी मानवहरु नियान्डरथल भन्दा व्यापक रुपमा फरक छौ देखाएको छ ।‘

अनुसन्धानकर्ताहरुले ४० हजार वा ५० हजार वर्षअघी अहिले लोप भएको नियान्डरथल र डेनिसोभानको जीवाष्माको अवशेषहरुको निकालिएको साथसाथै विश्वभरबाट निकालिएको २ सय ७९ जना आधुनिक मानवको डिएनको खाका तयार पारेका छन् ।

वैज्ञानिकहरुलाई नियान्डरथलको डिएनएको केही अंश रहेको पहिले नै थाहा थियो तर फरक फरक मानिसले जिनोमको फरक फरक पार्टी शेयर गर्छन् भन्ने थाहा थिएन । नयाँ अनुसन्धानको एउटा उदेश्य आधुनिक मानवको विशिष्ठ अनुवंशिक पहिचान गर्नु थियो ।

यो कठिन तथ्याकीय समस्या हो र अनुसन्धानकर्ताहरुले ‘प्राचिन जिनोमको गायव रहेका डेटाहरुको जानकारी दिने महत्वपूर्ण औजार विकास गरेका छन’ अनुसन्धानमा संलग्न नरहेका विस्कन्सिन विश्वविद्याल मेडिसनका जिवाश्मा वैज्ञानिक जोन हवाकले भने ।

अनुसन्धानकर्ताहरुले त्यो भन्दा पनि सामो जिनोमको अंश भेटेका छन् । त्यो करिब १ दशमलव ५ प्रतिशत मात्रै छ । त्यो हाम्रो प्रजातिका लागि विशिष्ठ तथा अहिले जिवित सबै मानिसमा साझा रुपमा छ । डिएनएको त्यही भागमा नै आधुनिक मानव जातिलाई भिन्नता रहेको हुनसक्छ । ‘हामी के भन्न सक्छौ भने जिनोमको त्यो क्षेत्र अनुवाशिकका निकै सम्पन्न बनाएको हुन्छ जसले स्नायु विकास तथा मस्तिष्कको सञ्चालन गर्छ’ सह अनुसन्धानकर्ता तथा सान्ता क्रुजस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका जिवाश्मा वैज्ञानिक रिचार्ड ग्रिनले भने ।

नियान्डरथलको जिनोम सिक्वेन्सिङको पहिलो मस्यौता तयार गर्न २०१० मा ग्रिनले सहयोग गरेका थिए । चार वर्षपछि अनुवाशिक वैज्ञानिक जोसुआ अकी सह लेखक रहेको कार्यपत्रमा नियान्डरथलको डिएनएको केही अवशेषहरु आधुनिक मानिससँग हुने उल्लेख छ । त्यस यतादेखि वैज्ञानिकहरुले निरन्तर रुफमा जिवाश्मको अनुवांशिक तत्व निकाल्ने र विष्लेषणलाई विधिलाई परिष्कृत गर्दै आएका थिए । ‘’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

विश्वभोकमरी सूचाङ्क सार्वजनिक, ६८ औँ स्थानमा नेपाल

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

सम्बन्धित सामाग्री

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

विश्वभोकमरी सूचाङ्क सार्वजनिक, ६८ औँ स्थानमा नेपाल

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×