चस्मा मानिसको दोस्रो आँखा हो । विना चस्मा कतिपय मानिसहरु लेखपढ, हिडडुलजस्ता महत्वपूर्ण कार्य गर्न सकिराखेको हुदैंन । आजभोली चस्माको क्रेज छुट्टै छ । चस्मा कसैले फेसनको रुपमा लगाउँछन त कसैले साहाराको रुपमा लगाउँछन् । बजारमा पाइने विभिन्न ब्राण्डका फेसनेवल चस्मा घामबाट बच्न प्रयोग गरीरहेका हुन्छन् । चस्मा जडित ग्लासको जति महत्व त्यतिकै त्यसलाई अड्याउने फ्रेमको महत्व पनि उतिकै हुन्छ । विना फ्रेम ग्लासको महत्वहुन्न । हुन त आजभोली विभिन्न किसिमको आइलेन्स आएका छन् । तर आइलेन्सभन्दा फ्रेमयुत्त चस्मा नै धेरै प्रयोगमा गरेको पाइन्छ । फ्रेमले पनि चस्माको स्वरुप दिने मान्यताका कारण मानिसले चस्मा छान्दा आफ्नो अनुहार सुहाउँदो फ्रेमको बनोट छानेको पाइन्छ ।
इतिहासः
परापूर्वकालमा ग्रिकका मानिसले चस्मा बनाउन ठूलै मिहिनेत गरेको इतिहास पढ्न पाइन्छ । उनीहरुले त्यतिबेला अक्षरको आकारलाई ठूलो बनाउन, कुनै सूक्ष्म बस्तुको अवलोकन गर्न र आँखाको ज्योति कमी कम भएको मानिसको लागि प्रयोग गरेका थिए ।
एक जना अरवियन वैज्ञानिक अल्हाजेन जसले ११ औं शताव्दीतिर नै परावर्तित प्रकाशको बारेमा अध्ययन गरेका थिए । जसको माध्यमद्वारा आँखाको स्नायु रेशा(नशा) र ब्रेनसँगको सम्वन्ध पत्तालगाएका थिए । पछि १३ औं शताव्दीमा आएर भाइटेल्लो भन्ने वैज्ञानिकले आँखाको लेन्स जसले प्रकाशलाई कन्ट्रोल गर्छ भन्ने थाहा पाए ।
सन् १२५७ ताका एक रोजर बाकन जेल जीवन विताइरहेको बेला उनले पढ्नको लागि ‘म्याग्नीफाइङ लेन्स’(आकारलाई ठूलो बनाउने)को प्रयोग गरेका थिए । त्यसबखत लेन्स हातमा राखेर कमजोर आँखाको ज्योति भएका मानिसहरुले प्रयोगमा गर्दथें ।
समयक्रमसँगै मेटलको फ्रेममा दुइवटा लेन्स फिट गरि एक हातले समातेर अध्ययनको बेला प्रयोग गर्न थालियो । कतिपय मानिसले फ्रेममा धागोका सहायताले कानमा बाँध्ने गरेको पाइयो ।
१७ औं शताव्दीतिर आएर निधारमा चस्मा अडाउन मिल्ने पूर्ण किसिमको फ्रेमको डिजाइन गरेका थिए । यतिखेर मेटलको फ्रेम प्रयोगमा ल्याएको पाइन्छ । यतिखेरका फ्रेम हलुका भएपनि नाकमा घाउ बनाउने र झन्झटयुक्त भएको पाइन्छ ।
२० औं शताव्दीमा आएर प्लास्टिक फ्रेमको आविष्कार भयो । यसले चस्माको फ्रेमको इतिहासलाई बदल्यो । धातुको फ्रेमको तुलनामा प्लास्टिकको फ्रेम सस्ता र किफायति, प्रयोग गर्न सजिलो किसिमको भयो ।
कच्चा पदार्थ ः
चस्माको फ्रेम प्रायः धातु र प्लास्टिकले बनेको हुन्छ । प्लास्टिकका फ्रेममा प्रयोगहुने कच्चा पदार्थलाई सेलुलोज एसीटेट भनिन्छ । यो लचकदार र बलियो हुन्छ । यसको उत्पादन लामो साँधुरो सिट (कागज)जस्तो आकारमा उत्पादन गरिन्छ जुन आइग्लासभन्दा केहि मात्रा ठूलो आकारमा हुन्छ । पातलो सिटको आकारको लम्वाई ३५ इन्च र मोटाइ ०.३३ इन्च हुन्छ ।
डिजाइन ः
आइग्लास उत्पादन गर्ने कम्पनीहरुले चस्माको फ्रेमको डिजाइन गर्न आफ्ना कालीगढ राख्ने वा अन्य बाहिरी डिजाइनरहरुलाई फ्रेमको नमुना डिजाइन गर्ने गरेको पाइन्छ । यसमा फेसन डिजाइनरहरु पनि संग्लग्न भएका हुन्छन् । उनीहरुलाई मानिसको पहिरन सुवाउँदो किसिमको चस्माको फ्रेम बनाउन मद्दत मिल्ने छ । डिजाइनरको महत्वपूर्ण भूमिका हुँदा चस्माको फ्रेमसँग डिजाइनर पनि जोडेका पाइन्छ । आँखा विशेष हेरचार, घामबाट बच्नकोलागि विभिन्न प्रयोग गरिने चस्मामा प्राय कालो र रंगीविरंङ्गी फ्रेमहरु बचारमा पाइन्छ ।
निमार्ण प्रक्रिया ः
एकपटक चस्माको प्रेमको डिजाइन सकाएपछि त्यसको आकारमा ढाल्नकाले लागि स्टिलको डाइमा सेलुलोज एसिटेटको सिटलाई राखिन्छ । डाइले आकार अनुसारको फ्रेममा बदल्ने काम गर्दछ । चिसो र अध्यारो कोठामा राखेको एसिटेड सिटलाई ६८ डिग्री सन्टीग्रेडमा ताप दिने काम गरिन्छ । यसले प्लास्टिकलाई लचिलो र नरम बनाउने काम गर्दछ । त्यसपछि यसलाई खाली मेशिनमा राखिन्छ र अत्याधिक टन प्रेसर दिइन्छ, डाइको साहायताले खाली भाग काट्न मद्दत गर्नेछ । यसरी व्याङ्क(किनारा) लाई स्वचालित मेशिनद्वारा निकालिन्छ र तुरुन्त अन्यत्र राखिन्छ ।
फ्रेमको दुइ भागमा लेन्स राख्न मिल्ने खाली ठाउँ निकालेपछि विभिन्न प्रक्रिया अपनाइन्छ । जसले चिप्लो बनाउने, नाकको भाग मिलाउने जस्ता काम गरिन्छ ।
टेम्पलको उत्पादनः
चस्माको फ्रेमको दुइवटा खुट्टाको अन्त्यतिर कानमा घुमेको भागलाई टेम्पल भनिन्छ । यसको लम्वाई ५ देखि ६ इन्च सम्मको हुन्छ ।
चस्माको फ्रेमको अकारको पूर्ण रुप आइसकेपछि यसको खुट्टा साना मेटलको किलाद्वारा जडान गरिन्छ ।
लोगो राख्ने ः
चस्माको फ्रेमको आकारमा आइसकेपछि लोगो राख्ने, नाम तथा स्टाइल राख्ने काम हुन्छ । कस्ता अक्षर प्रयोग गरि नामाङ्करर्ण गर्ने कामका साथै पोलिस गर्ने काम हुन्छ ।
गुणस्तर जाँच ः
यो आँखा जस्तो सम्वेदनशील भागको कभर अथवा मानिसको आँखाको दृष्ट्रीलाई मद्दत गर्ने लेन्स राखिने भएकाले यो देख्नमा जति सरल छ, यसको उपयोग र गुण बढी छ । यसकारण निमार्ण कर्ताहरुले गुणस्तर जाँची बजारमा पठाउने काम गरेको हुन्छ । यसको बनावट सम्पूर्ण मेसिनले गर्ने भएतापनि यसको गुणस्तर परिक्षण भने मानिसले नै गर्ने गर्दछ । उनीहरुले गुणस्तर जाँच गरीसकेपछि मात्र फ्रेमलाई बजारमा लाने गरिन्छ । अर्को बजारमा अत्याधिक प्रतिस्पर्धा भएका कारणले पनि गुणस्तर परिक्षमा ध्यान दिएको पाइन्छ ।
अनावश्यक फोहर ननिस्कने ः
प्लास्टिको फ्रेम उत्पादन गर्ने कम्पनीहरुले चस्माको फ्रेम बनाउँदा निस्कने झुर्का र साना तिना प्लास्टिकको टुक्रालाई पुन रिसाइकल गर्नेछ । यस्ता किसिमको टुक्रा विशेषत लेन्स अडिने भागको डिजानइन गर्दा निस्कने गर्दछ । यसलाई पुन प्रयोगको विधि अपनाइ वातावरणलाई स्वच्छ राख्न मद्दत गरेको हुन्छ ।
भविष्यः
विगतका पचास वर्षको इतिहासलाई हेर्ने हो भने चस्माको प्रचलन दिनप्रतिदिन बढ्दै गएको छ । यसले आँखामा समस्या भएका मानिसदेखि लिएर फेसनको रुपमा प्रयोग गर्ने मानिसहरुको जमात दिनप्रतिदिन बढेको पाइन्छ । निमार्ण कम्पनीहरुले मेटलको तुलनामा प्लास्टिको फ्रेम राम्रा निकालेका कारण बजारमा प्लास्टिक फ्रेमको डिमाण्ड बढी छ । यसलाई पहिरन सजिलो तथा लचकदार बनोटको कारण मानिसहरुले बढी रुचाएको पाइन्छ ।
स्रोतः
1. The Antique Spectacles Home Page. 9 September 1998.
2. University of Waterloo Museum of Visual Science and Optometry
3. www.madehow.com
Leave a Reply