इन्जिनियरिङ एसोसियनको १४ औं राष्ट्रिय सम्मेलन

       नेपाल इन्जिनियरिङ एसोसियनको १४ औं राष्ट्रिय सम्मेलन यही फागुन ५ गते देखि ७ सम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ ।

५३ वर्ष अगाडि स्थापना भएको एसोसियनले विगत २८ वर्ष देखि हरेक दुई वर्षमा राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनमा देशभरका १५ सय र देशबाहिरका ५० जना इन्जिनियरहरुको सहभागिता रहने एसोसियसनका अध्यक्ष इन्जिनियर धु्रव थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार यसपटकको सम्मेलन भुकम्प पश्चातको पुननिर्माण एंव पुनस्र्थापना, मुलुकको वर्तमान उर्जा संकट र दिगो व्यवस्थापनमा केन्द्रीत रहनेछ ।

 यस पटकको सम्मेलनको मूल नारा Engineering Excellence:Impetus For National Advancement  साथ सम्पन्न हुने आयोजकले जनाएको छ ।