मिसन अक्सिजन टिम ‘एमओटी’ सञ्चालन

काठमाडौं । जडान,  सञ्चालन,  संरक्षण र मर्मत् यी चार लक्ष्य छन्—मिसन अक्सिजन टिमको । एमओटीमा देशभरका १ सयभन्दा बढी ‘बायोमेडिकल इन्जिनियर’ को आवद्धता रहेको छ ।

पछिल्लो समय कोभिड१९को दोस्रो लहर राजधानी उपत्यकालगायत देशभर प्रभावित भएपछि प्राणवायु भनिने ‘अक्सिजन’ अभाव तथा अक्सिजन उत्पादन समाग्री उपलब्धतालाई ध्यानमा राखेर एमओटी सञ्चालन गरिएको जनाएको छ । रोबोटिक्स एशोसियसन अफ नेपाल,  वायोटेक्नोलजी सोसाइटी अफ नेपाल र वायोमेडिकल इन्जिनियरिङ फाउण्डेसन नेपालको अगुवाइमा ‘एमओटी’ सञ्चालन भैइरहेको छ ।

‘अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर विग्रिएको खबर एमओटीमा आउनासाथ देशभरको हाम्रो नेटवर्कमा रहेका इन्जिनियरले काम गर्नेछ, ’ वायोटेक्नोलजी सोसाइटी अफ नेपालका अध्यक्ष नविननारायण मुनंकर्मीले बताए ।

मुनंकर्मीका अनुसार ‘बायोमेडिकल इन्जिनियरहरुको काम भनेको विग्रिएको अक्सिजन कन्सन्ट्रेटर मर्मत गर्ने,  नयाँ जडान गर्ने तथा उपहार स्वरुप प्राप्त भएको अक्सिन कन्सन्ट्रेटर उपकरणको परिक्षण तथा वितरणमा सहयोग गर्ने रहेको छ । नयाँ अक्सिजन प्लान्ट निर्माणका लागि पनि ती इन्जिनियरहरुले सहयोग गर्नेछ।

अहिलेसम्म एमओटीले गैरआवासीय नेपाली संघले प्रदान गरेको ४३३ अक्सिजन कन्सन्ट्रेटरको गुणस्तर मापना तथा परिक्षण गरिसकेको छ । ती उपकरणलाई देशभरका सरकारी ६० वटा अस्पताललाई प्रदान गरिने एमओटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बिजुली चम्काइ पूर्वानुमान उपकरणले भविष्यमा विमान थप सुरक्षित हुने

५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले गरे शपथ ग्रहण

ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

×