एभरेष्ट र इन्टुजी बीच सम्झौता 

ललितपुर । एभरेष्ट इन्जिनियरिङ कलेज र एआई कम्पनी इन्टुजी बीच आपसी सहयोगको सम्झौतामा हस्ताक्षर भएको छ ।

एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा.लि. बीचको आज भएको सम्झौताले कलेजको स्नातक तहमा विद्यार्थीको थप आकर्षण हुने विश्वास कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले व्यक्त गरे।

इन्टुजीका प्रमुख सुचना अधिकारी रितेश शाहले उच्च इन्जिनियरिङ शिक्षा क्षेत्रमा देशकै सर्वोत्कृष्ट कलेजहरू मध्येमा परेको एभरेष्ट इन्जिनियरिङ कलेजसँग सहकार्यको सम्झौता आफ्नो कम्पनीको लागि गौरवको विषय भएको धारण व्यक्त गरेका थिए।

तीन वर्ष अगाडि देखि नेपालमा काम गर्दै आएको यस कम्पनी र कलेज बीच लामो समय देखि आपसी सहयोगका विभिन्न कार्यक्रमहरू हुँदै आएको थियो । कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा वैधानिकता दिन औपचारिक सम्झौता गरेको कलेजले जनाएको छ ।

सम्झौता अन्तर्गत इन्टुजी प्रा.लि. का कार्यक्रमहरू सञ्चालन गर्न कलेजले भौतिक सुविधाहरू उपलव्ध गराउने र कलेजका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान तथा इन्टर्नसिपको अवसर उक्त प्रा.लि. ले दिने भएको छ। यस सम्झौताबाट एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र आईटीका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने भएको छ।

नेपालका विभिन्न नीजि कम्पनीहरूमा एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले २५ वर्ष अगाडि देखि आफ्नो सीप तथा दक्षता प्रदर्शन गर्दे आएको र यस कलेजका विद्यार्थीहरूलाई पहिले देखि नै नीजि कम्पनीहरूले रुचाउँदै आएको कलेजको तथ्याङ्कबाट देखिएको छ।

इन्टुजी अष्ट्रेलियाका नागरिकहरूको प्रत्यक्ष लगानी र स्वामित्वमा नेपालमा सञ्चालित एआई कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×