प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोबल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट भएकी छन् ।

कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठुलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्याङ्कनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट भएकी हुन् ।

यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने, प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रूपमा काम गर्नेछन्।

एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठीले नेपालमा सरसफाइ प्रविधिहरूको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरूको व्यवसाय विस्तारमा नेतृत्व लिनेछन् । परियोजनाले सरसफाइ प्रविधिहरूको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरूको बजारीकरण विस्तारको रणनीति बनाउने छ ।

यस परियोजनाले विद्यार्थीहरू र सरसफाइ क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । प्राध्यापक त्रिपाठी कलेजको विज्ञान तथा मानविकी सङ्कायमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

×