युनेस्को नेपालका प्रतिनिधि तोई र ललितपुर महानगरपालिकाका मेयर महर्जनबीच भेट

तस्बिर: युनेस्को

ललितपुर । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था (युनेस्को)का नेपाल प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग शुक्रबार साउन २३ गते भेट गरेका छन् ।

भेटका क्रममा मेयर महर्जनले युनेस्को विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार स्क्वायरमा २०१५ को भूकम्पपछिको पुनर्निर्माण लगायत सांस्कृतिक सम्पदाको संरक्षणका लागि महानगरपालिकाले गरिरहेका कामहरूमाथि प्रकाश पारेको बताइएको छ ।

उनीहरूबीच विपद् जोखिम व्यवस्थापन तथा पूर्वतयारी, जीवन्त सम्पदाको संरक्षण र महानगरपालिका भित्रका सांस्कृतिक तथा रचनात्मक उद्योगका अभ्यासकर्ताहरूलाई सहयोग गर्ने जस्ता विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको युनेस्कोले फेसबुक पेजमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×