2025-07-01

यस्तो दखियो अन्तरिक्षबाट काठमाण्डौंः भिडियो सहित

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल, रिङरोड तथा भूकम्प क्षतिग्रस्त पुरातात्विक क्षेत्रदेखि उतरी हिमालीश्रृंखला तथा तराईको समतर भूभाग देखाइएको छ ।

 

काठमाण्डु । युरोपियन मुलुकहरुद्वारा संचालित युरोपियन स्पेश एजेन्सी, इसीएको ‘कोपर्निकस टूए’ भू–उपग्रहले खिचेको काठमाडौं र त्यस आसपासको भूभागको तस्वीर तथा भिडियो सार्वजनिक गरेका छन् । विश्वकै एक मात्र ठूलो पृथ्वी अवलोकन कार्यक्रम ‘कोपर्निकस टूए’ भू–उपग्रहले सन् २०१५को डिसेम्बरमा संकलन गरेको तथ्यांकको आधारमा तस्बिर तथा भिडियो सार्वजनिक गरेका हुन् ।

भू–उपग्रहहरु ‘कोपर्निकस टुए र टुबी’ले पृथ्वीको सतहमा आएको परिवर्तन, जंगल,  प्राकृतिक प्रकोपको जानकारी, त्यसको व्यवस्थापन तथा जलवायू परिवर्तनसँग जुध्न वैज्ञानिक अनुसन्धान तथा निगरानी सन् २००२ देखिगर्दै आएको वताइएको छ।

ति दुई भू–उपग्रहहरु मध्य ‘कोपर्निकस टुए’ले नेपालको राजधानी काठमाण्डौं र त्यस आसपास रहेको नेपालका हिमालीश्रृंखला तथा समतर तराईको साकंतिक चित्र तथा भिडियो प्रस्तुत गरेका छन् । तस्वीरमा फिक्का रातो रंगमा वनस्पतिलाई देखाइएको छ भने, पानीको बहाब तथा भवनहरुलाई क्रमशः फिक्का हरियो तथा निलो रंगमा देखाइएको छ।

Kathmandu_Nepal_node_full_image_2_esa

 

तस्बिरको माथीपटि वरिपरीका चार वटा हिमालीश्रृंखलाले घेरीएको काठमाण्डु उपत्य भित्र रहेको युनेस्कोले विश्व सम्पदा सूचिमा सूचिकृत गरी परिचित गरीएको मन्दिर तथा पुरातात्विक वस्तुहरु देखाइएको छ । तर केही त्यस्ता पुरातात्विक सम्पदाहरुका क्षेत्र भने २०७० वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त, हजारौं जनजीवनहरु विस्तावित भएको उल्लेख गरीएको छ ।

भूउपग्रहमा देखाइएको तस्विरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानको धावनमार्ग उपत्यकाको वीच भागमा र उपत्यका आसपास रहेको रिङरोड तथा शहरहरु पनि भिडियोमा देख्न सकिन्छ ।

ति बाहेक उतरतिरको हिमाली भू–भाग र दक्षिणको तराईको समतर भूभागको केही अंश देखाइएको छ। ति क्षेत्रमा पार्ने खोला, जंगल तथा कृषिकालागि प्रयोग गरीएका उब्जाउ जमिन पनि देखाइएको छ । त्यस्तै, तराईको समतर भू–भागमा तुवालोले ढाकेको तथा सापेक्षिक आद्रता अवस्था बारेमा भिडियोमा उल्लेख गरेका छन् ।

यो सामग्रीलाई अन्तिरिक्षबाट पृथ्वी भिडियो कार्यक्रमकोलागी संकलन कोपर्निकस सेनटीयर टुए भूउपग्रहले सन् २०१५ डिसेम्बर २८ मा खिचेको आधारमा सार्वजनिक गरीएको इसीएले उल्लेख गरका छन् ।

 

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×