नास्टले पहिलो पटक सार्वजनिक गर्यो ‘नविनतम कार्य विवरण’

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पछिल्लो एक वर्षमा गरिएको ‘नविनतम कार्य विवरण’ सार्वजनिक गरेको छ। उपकूलपति डा. सुनिलबाबु श्रेष्ठ नास्टमा नियुक्त भएको वर्षिक अवसरमा विज्ञान, प्रवधि र नवप्रवर्तनको क्षेत्रमा थालनी गरेको ‘नवितम कामको विवरण’ सार्वजनिक गरेको जनाएको छ।

खुमलटारस्थित नास्ट प्राज्ञसभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नास्टका उपकूलपति डा. सुनिलबाबु श्रेष्ठले सरकारको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ नारालाई आत्मसात गर्न नास्टले नवितम कामको सुरुवात गरेको बताए ।

उपकूलपति श्रेष्ठले ‘समाजका लागि विज्ञान, सम्वृद्धिका लागि नव–प्रवर्तन’ भन्ने नारासहित नास्ट अगाडि बढेको र युवा लक्षित कार्यक्रम पनि ल्याइएको उल्लेख गरें । ३४ वुदामा समेटिएको एक वर्षे कार्य प्रगति विवरणले नास्टको कामको पारदर्शिता भएको उपकूलपति श्रेष्ठले भने ।

उक्त कार्य विवरणको प्रेस विज्ञप्तीमा समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन नाराकासाथ २०७६ कार्त्तिक ४-६मा ‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न’ गरिएको पहिलो वुदामा उल्लेख गरेको छ ।

त्यस्तै, देशभित्र र वाहिर रहेका प्रतिभाशाली वैज्ञानिक तथा प्राविधिकहरुको अभिलेख तयार तथा सञ्जाल निर्माण गर्ने उद्देश्यले वैज्ञानिकको परिचय दिने विवरण “हू इज हू” प्रकाशन गर्न लागिएको वुंदा ४ मा उल्लेख छ ।

‘फर्क फर्क है वैज्ञानिक तिमिलाई डाक्छ नेपाल’को अर्को विकसित रुप विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वेदश भित्र्याउनका लागि सुधार गरिएको कार्यक्रम ‘व्रेनपुलिङ-नेपाल’ समावेश गरेका छन् ।

‘नेपाली स्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको, प्रविधि र नवप्रवर्तकको अन्तरसम्वाद हुने खालका कार्यक्रम ‘एसटिआइ टक’ र विज्ञान संम्वाद पनि समावेश गरेका छन् । त्यस्तै, संघीय रुपमा नास्टको शाखा विस्तारका लागि हरेक प्रदेशमा “सेन्टर अफ एक्सिलेन्स” सञ्चालन ल्याउन गृहकार्य भैरहेको जनाएको छ।

नास्टको सेवा छिटो र छरितो बनाउका लागि डिजिटल नास्ट अन्तर्गत नास्टको आफ्नै ‘मोवाइल एप’ र कार्यलय प्रायोजनका लागि “अनलाइन अकाउन्ट सिस्टम” सञ्चालनमा आइसकेको छ ।

विज्ञानमा युवा लक्षित कार्यक्रम ‘युवा वैज्ञानिक फोरम’ र ‘महिला वैज्ञानिक फोरम’ बनाई कार्यान्वयन गरिएको छ । विज्ञानलाई जनस्तरमा पुर्‍याउन साहित्य-कला-नाट्य र संगीतको माध्यमबाट जोड्न तथा महत्व बुझाउन “विज्ञान-प्रविधिमा साहित्य, कला,  नाट्य र संगीतको कार्यविधि बनिरहेको जनाएका छन् । त्यस्तै विज्ञान सडक महोत्सब गरिएको २७ औं वुंदामा उल्लेख छ ।

प्रस विज्ञप्तिको अन्तिम वुँदा ३४मा परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन र विज्ञानमा अन्तर्राष्ट्रिय पहुँच बढाउन ‘विज्ञान कुटनीति’लाई अगाडि बढाइएको उल्लेख गरेका छन् ।

कार्यक्रममा नास्टका सचिव डा. महेशकुमार अधिकारीले विज्ञान शव्दावली प्रकाशनका लागि अन्तिम चरणमा पुगेको बताए । सचिव अधिकारीका अनुसार शव्दावली प्रकाशनले वैज्ञानिक नामलाई नेपाली शव्दमा राख्न मद्दत मिल्नेछ ।

भूकम्पीय जोखिम क्षेत्र नेपालमा नास्टसँग भएको भूकम्प पूर्वसूचना प्रणालीलाई ‘नास्ट एप’सँग जोडी जनस्तरमा भूकम्पीय पूर्व सूचना दिन लागिएको सचिव अधिकारीले जानकारी दिए ।

नास्टका प्रविधि संकायका प्रमुख डा. रविन्द्रप्रसाद ढकालले प्रेस वक्तव्यमा उल्लेखित बाहेक ‘प्लास्टिकबाट इन्धन निकाल्ने अनुसन्धान निरन्तर भैरहेको बताएका छन् । डा. ढकालले प्लास्टिकबाट निकालिएको इन्धनको परिक्षण भारतीय वैज्ञानिक प्रयोगशालामा परिक्षण गर्दा ‘युरो-४ स्टाण्डर्ड’को गुणस्तर रहेको बताए ।

त्यसबाहेक नास्टमा जलवायु परिवर्तन, सोलार प्रविधि र  नास्टको दीगो विकासमा काम भैरहेको नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले प्रकाश पारेका थिए । डा. सुरेश ढुंगेलले ‘फर्क फर्क है वैज्ञानिक तिमिलाई डाक्छ नेपाल कार्यक्रम असफल हुनुमा नास्ट र छनोटमा परेका वैज्ञानिकका तालमेल नमिल्दा प्रभावकारिता नदेखिएको उल्लेख गरें । त्यसबेला देखिएको समस्या समाधान गर्न ‘व्रेन पुलिङ-नेपाल’ विकास गरिएको प्रवक्ता ढुंगेलले बताए ।

नास्टका डा. सुनिलबाबु श्रेष्ठ २०७५ माघ ९ गते नियुक्ति  भएको थियो ।

नास्टका उपकूलपति डा. सुनिलबाबु श्रेष्ठ नियुक्त भएपछिको नवितम कामको प्रगति विवरणको पूर्ण पाठ