अन्तर्राष्ट्रिय रोबटिक्स प्रतियोगिता सुरु

काठमाडौं । रोबटिक्स एसोसियसन अफ् नेपाल (र्‍यान)ले अन्तर्राष्ट्रिय रोबटिक्स प्रतियोगिता आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभड हलमा माघ २८ र २९ गतेसम्म चल्ने यन्त्र विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सवको यो सहायक ‘इभेन्ट’ हो ।

यस इभेन्टमा सहभागी हुन दक्षिण एसियाली देशहरू नेपालसहित भारत, बाग्लादेश र श्रीलंका देशका टिम छन् । रोबोटिक्स इन्टरनेशनलमा प्रतिस्पर्धामा ‘रोबट जुधान’ हुनेछ । यस अघि चार वर्ष पहिलेको प्रतियोगितामा भुटान, भारत र बांग्लादेशलगायत पाँच टिम सहभागी थिए ।

पहिलो दिन रोबटिक्स फुटबल आयोजना गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ‌ओलीले यन्त्र ९.० को उद्घाटन गरे । उनले रोबटिक्स फुटबलसमेत खेलेका थिए । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले उद्घाटन सत्रमा भने, ‘यो सुरुवाती भएको महत्वपूर्ण तथा दुरगामी प्रभाव पार्ने खालका छन् ।’ ‘यसले प्राविधिक ज्ञान अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेल्नेछ, ’ उनले भने ।

नेपालमा प्रविधिको विकासका लागि विज्ञान, प्रविधि तथा नवप्रर्वतनको ऐन मस्यादा बन्ने क्रममा रहेको शिक्षा, विज्ञान तथा प्रविधिका सचिव प्रमिला देवि बज्राचार्यले बताइन । नेपाली दक्ष जनशक्ति विदेशीएको भन्दै नेपाल आएर काम गर्न सचिव बज्राचार्यले अनुरोघ गरिन ।

नेपालमा रोबटिक्सको राम्रो माहौल छ भनेर अन्य मुलुकलाई सन्देश दिने उद्देश्यले यन्त्र ९.० को आयोजना गरको र्‍यानका अध्यक्ष विकास गुरुङले बताए । ‘१२ वर्षदेखि गर्दै आएको प्रतियोगिताका दौरान अहिले रोबटिक्स जुधानसम्म आइपुगेका हौं,’ अध्यक्ष गुरुङले भने ।

आयोजक र्‍यानका अनुसार कोशी मिनियन्त्र, मधेस मिनियन्त्र र एआइ कन्फेरेन्सजस्ता अन्य सहायक ‘इभेन्ट’ जुन सम्पन्न भैसकेको छ । ‘एआइ सफ्टबट ह्याकाथन’ भने फागुन ३ र ४ गते हुनेछ ।

त्यस्तै भोली यन्त्र अटोनोमस इण्डस्ट्रिज प्रतियोगिता हुनेछ । यस प्रतिस्पर्धाले रोबट बनाउने र इण्डस्ट्रिजबीच सामञ्जस्य हुने आयोजकले अनुमान गरेको छ । त्योसँगै अर्को एउटा प्रतियोगिता रहेको यन्त्र स्वामारोयट रहेको छ । यस प्रतियोगितामा रोबट-रोबट बीचमा सञ्चार गराउने हुन्छ । त्यसपछि रोबटलाई जिम्मा दिइएको ‘टास्क’ पुरा गर्नु पर्दछ ।

१२ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि गरिएको प्रतियोगिता रोबोटिन रहेको छ। यसमा कक्षा ९ देखि १२ कक्षासम्मको विद्यार्थीहरू सहभागी भएका छन् । सहभागीमध्यका सनसाइन्स स्कूल भक्तपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा प्राथना जोशीले रोबटिक्सको ज्ञान हासिल गर्न प्रतिस्पर्धमा सहभागी भएको बताइन । उनको समूहले ‘गारबेज टु गोल्ड’ प्रतिस्पर्धामा भाग लिएको छ । यस प्रतिस्पर्धामा साधारण खालका रोबट जसले फोहरहरू छुट्टाउन पर्ने काम दिइएको हुन्छ ।

बालबालिका लागि ‘यन्त्रकिड्स’  प्रतियोगिता भैरहेको छ । यसमा कक्षा ४ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएका छन् ।

रोबटिक्स एसोसियसन अफ् नेपाल (र्‍यान)का अध्यक्ष विकास गुरुङसँगकाे अन्तर्वार्ता