अलकबन्ध (लकडाउन ) चैत्र २५ गते सम्म

काठमाडौ । सरकारले अलकबन्ध (लकडाउन ) लाई २५ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

अलकबन्ध  लम्ब्याउने सम्वन्धमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

यसअघि सरकारले एक साता अलकबन्ध गर्ने निर्णय गरेको थियो ।

सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले थप कोरना संक्रमित मानिसको पहिचान गर्न सरकारले बाध्य भएर अखुकवन्धको अवधि लम्व्याएको बताएका छन् ।

साथै अन्तर्राष्ट्रिय उडान पनि २०७७ बैशाख ३ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।