लाङटाङको प्लास्टिक फोहर पोखरा लैजाने

प्लास्टिक फोहोर प्रशोधन गरी ज्याकेटमा प्रयोग हुने फाइबर तथा प्लास्टिकका सामाग्री बनाउन प्रयोग गर्न सकिन्छ ।

–रिभोसाइन्स संवाददाता

काठमाडौं । हिमाली जिल्ला रसुवा लाङटाङमा उत्र तत्र छरिएको प्लास्टिक बोतललाई संकलन गरी पुनः प्रयोग गर्ने भएको छ । यसरी संकलन गरी त्यसको व्यवस्थापन मात्र होइन वातावरण  सफा हुने अभियान कर्ताहरु बताउँछन् ।

यसअघि सगरमाथा र अन्नपूर्ण क्षेत्रमा पनि प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु संकलन गरिएको थियो । प्रसिद्ध पर्यटकीय स्थल लाङ्टाङ पर्यावरणमा नकरात्मक प्रभाव पारेको भन्दै त्यस्ता फोहोर संकलन गर्न थालिएको हो ।

उच्च हिमाली क्षेत्र पानीको स्रोत मानिन्छ । त्यस्ता पानीको स्रोतमा प्लास्टिकजन्य फोहोरले त्यसलाई प्रदूषित पार्ने गरेको तथा त्यहाँका जीवजन्तुमा समेत नकरात्मक प्रभाव पारेको वातावरणविदहरु चिन्ता व्यक्त गर्छन् । उनीहरुले स्थानीयस्तरबाटै प्लास्टिक संकालन शुरु भएको जनाएको छ ।

प्लास्टिक फोहोर प्रशोधन गरी ज्याकेटमा प्रयोग हुने फाइबर तथा प्लास्टिकका सामाग्री बनाउन प्रयोग गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अधिकारी रविन्द्रप्रसाद ढकाल बताउँछन् ।

पर्यटकीय क्षेत्रको पर्यावरणमा पारेको नकरात्मक प्रभाव कम गर्न फोहोर संकलनको अभियान थालिएको गैरसरकारी संस्था दीगो विकासकालागि साँझेदारी नेपालका निर्देशक विष्णु भट्ट बताउँछन् ।
अभियानकर्मी भट्टका अनुसार अहिलेसम्म १५/२० हजार बोतल जम्मा गरीसकेको छ । त्यसलाई पोखरा लैजाने योजना छ । पोखरामा रिसाइकल गरिन्छ । संकलित प्लास्टिकलाई पोखरासम्म लैजान करीब २०/२५ हजार रुपैया भाडा पर्नेछ । त्यसकोलागि आर्थिक संकलन अभियानमा गरिरहेको छ ।

भट्टले कतिपय प्लास्टिक बोतल हिउँमा पुरिएका बताए । त्यसरी प्लास्टिक हिँउमा पुरिदा पानीको मुख्य स्रोत दुर्ध्िन्धत हुने मात्रै होइन सुक्ष्म जिवाणुलाईसमेत असर गर्ने त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापक डाक्टर रेजिना मास्के बताउँछिन्।

हिउँमा त्यो रहेपछि कुइदैन । नकुइने भएपछि हैउँ जम्नलाई समस्या हुनेछ । अर्को भनेको जिवजन्तुले खान्छन् । माटोमा प्लास्टिक भएपछि बोट विरुवाले माटोबाट लवणमा पनि रोकावट हुनेछ त्रिविका प्राध्यापक डा. मास्के वताउँछन् ।
अभियानकर्मीहरुका अनुसार, कतिपय प्लास्टिक बोतल हिउँमा पुरिएका छन् । तिनलाई भने चैत महिनापछि निकालिने जनाइएको छ । यसकालागि स्थानिय संस्थाहरु, सम्बन्धित गाउँपालिका, लाङ्टाङ् राष्ट्रिय निकुञ्जसँग सहकार्य हुने बताइएको छ। प्रशोधनसहितको प्राविधिक काममा भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले सहयोग गर्ने प्रविधि संकायका प्रमुख डा. रबिन्द्रप्रसाद ढकालले बताए ।

प्लास्टिक मात्रै हेर्दा १२ देखि १५ प्रतिशत छन् त्यो कूल फोहरको । र त्यो १२ प्रतिशत प्लास्टिक हिसाब गर्दा करीब ४ सय टनभन्दा माथि आंकलन गर्न सक्छौं । त्यो भनेको नेपाल आयर निगमले इन्धन नेपाल भित्र्याएको छ । त्यसको १० प्रतिशत इन्धन फ्याकिएको प्लास्टिकबाट निकाल्न सकिने विज्ञको भनाइ छ ।

यसअघि पनि सगरमाथा, अन्नपूर्ण क्षेत्र, माथिल्लो मुस्ताङबाट प्लास्टिक संकलन गरी प्रशोधनका लागि विभिन्न शहरमा ल्याउने गरिएको छ ।

यी सबै क्षेत्रमा निस्कने प्लास्टिकजन्य फोहरको यकिन तथ्याङ्क त छैन। तर सगरमाथा क्षेत्रको मात्रै हेर्दा, वार्षिक करीब २३ टन प्लास्टिकजन्य मिश्रित फोहर निस्कने गरेको आँकडा छ ।

यस्ता फोहोर व्यवस्थापनका लागि दीर्घकालीन रुपमा स्थानीय तहको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने तर्क अधिकारीहरु गर्छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका दीपेन्द्रबहादुर ओलीलेशहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत प्लास्टिक जताभावी फ्याकीएको स्विकार्छन् ।

खेतबारीमा प्लास्टिक बोतल र चाउचाउका खोल भेटिन थालिसकेको छ । त्यसलाई व्यवस्थापन गर्न प्रारम्भिक दायित्व स्थानीय निकायको हुनेछ । यदि स्थानियले निकायलाई प्रविधिको आवश्यकता परेमा सहयोग माग गर्नेछ ।
यद्यपी विज्ञहरु पर्यावरणीय र पर्यटकीय दृष्टिले महत्वपूर्ण हिमाली क्षेत्रमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि केन्द्रीय तहबाटै प्रभावकारी कदमहरु चालिनुपर्ने सुझाव दिएका छन् ।