भिल्लको देशमा मणिः नदीको बगरका ढुङ्गा उत्खनन गर्न उपर्युत्त हुने वारे वैज्ञानिक विश्लेषण

सरकारले आगामी आर्थिक वर्षको वजेटमा नदिजन्य निर्माणमुखी खनिज निकासीको विषय समावेश गरेसँगै केही वर्ष सेलाएको नदिजन्य निर्माणमुखी खनिज उत्खननको विषय पुनः चर्चामा आएको छ । कतिपयले विद्वानले यसलाई नदिले कटान गरेर समतल भूभागमा थुपारेका ढुङ्गा तथा बालुवा उत्खनन गर्नुसँग जोडेका छन् भने कतिपयले मरुभूमीकरण परिणत हुने चिन्ता व्यक्त गरेका छन्। तर उत्खननका विषयमा वैज्ञानिक बिश्लेषण हुन अत्यन्त आवश्यक देखिन्छ ।  

नीति निर्माताहरुबाट भएका हचुवा र अवैज्ञानिक निर्णयबाट देशको पुर्बाधार बिकासमा पनि असर परेको छ । त्यस्तै सर्वसाधारणको घर निर्माण कार्यलाई पनि प्रत्यक्ष असर गरिराखेको छ । यद्यपी,  सरकारले भने वर्षेनी ठुलो परिमाणमा भैरहेको व्यापार घाटा न्यूनीकरणमा यसबाट हुनसक्ने राहतलाई नजरअन्दाज गरिएको छ। नदिजन्य निर्माणमुखी खनिजको वैज्ञानिक रुपमा उत्खनन नहुँदा त्यसबाट हुनसक्ने प्रत्युत्पादक परिणामको कल्पना समेत गरिएको छैन ।

सेडिमेन्ट के हो ?

जब नदीले काटान गरी बगेर आएको ढुङ्गा, बालुवा, माटो र अन्य बस्तुलाई संयुत्त रुपमा सेडिमेन्ट भनिन्छ । यसरी सिडिमेन्ट जम्मा हुने प्रक्रियालाई भूगर्भशास्त्रीहरुले एउटा छुट्टै र बन्द शत्ति प्रबाह प्रणालीको रुपमा बुझने गरेको छ ।

उच्च हिमाली क्षेत्रमा भूक्षय हुने र समतल तल्लो सतहमा सेडिमेन्ट थुपार्ने प्रक्रिया र हिमालयको जमिनको सतह समुद्रि सतहबाट माथि उठ्ने क्रम करिब २ करोड वर्ष अघि सक्रिए भनेको मानिन्छ । त्यो प्रक्रियासँगै सक्रिय मनसुनको सुरुवात पनि करिब १ करोड वर्ष अधि भएको मानिन्छ । वैज्ञानिकमतानुसार हिमालयको उठ्ने क्रम तीन भाग हुन्छन् ।

पहिलो खण्ड २ करोड १० लाख वर्ष अधि देखि १ करोड ७० लाख वर्ष सम्मको अवधि जसमा हिमालयको मुख्य उठ्ने क्रम र सिवालिक वेसिन अर्थात हालको चुरिया क्षेत्रमा माटो जम्मा हुने क्रम सुरु भएको मानिन्छ ।

दोस्रो खण्ड १ करोड ७० लाख वर्ष अधि देखि ७० लाख वर्ष सम्मको अवधि जसमा हिमालयको उठ्ने क्रम तीब्र भएको र चुरिया क्षेत्रमा बालुवा जम्मा भएको थियो । योसँगै सक्रिय मनसुनको सुरुवात भएको थियो । दोस्रो खण्ड देखि हालसम्मको अवस्था तेस्रो खण्ड हो जसमा हिमालयको उठ्ने क्रम अझ तीब्र भयो जमिनको क्षयिकरण बढेर चुरेमा ग्राबेल लगायत काठमाडौं पोखरा जस्ता पहाडभित्र बनेका उपत्यकाहरुमा समेत सेडिमेन्ट जम्मा भयो ।

जमिन उठ्ने प्रक्रिया

पृथ्वी बन्ने क्रममा अत्यन्तै तातो थियो । बिस्तारै ताप शत्ति गुमाउदै यो चिसिदै गैराखेको छ । पृथ्बीमा बाहिरी तह ठोस त्यसपछि अर्धठोस र त्यसपछि तरल पदार्थ रहेको छ । पृथ्वीको भित्रि भागमा भएको ताप सो तरल पदार्थले माथितिर सार्दछ । भित्रको तातो तरल माथिल्लो भागमा आउँछ ताप छोड्दछ र सेलाएर तल झर्दछ । यसलाई कन्भिक्सन करेन्ट भनिन्छ । यसरी सो तापशत्ति पृथ्वीको बाहिरी भागमा रहेको ठोस जमिनलाई शत्ति प्रदान गर्दछ र यि बाहिरी ठोस पत्रहरु चलायमान हुन्छन् । यही शत्तिले गर्दा हिमालय उठिरहेको छ । साथै यस क्षेत्रमा मनसुन सक्रिय रहेको छ जसलाइ सौर्य उर्जाले चलाइराखेको छ । नेपालमा हुने भूक्षय यी दुई शत्तिहरुले सञ्चालन गरिराखेको छ । तर यसलाई अत्यन्तै सतही ढंगले ब्याख्या गरेको पाइन्छ । उदाहरणका लागि सिन्धुपाल्चोकको जुरेको पहिरो न मानवीय अतिक्रमणले गएको हो, न कोशीको बाढीले नै ! यसकारण यी प्रक्रिया वुझ्न पृथ्वीमा जाने एउटा सानो भुइचालो लिन सकिन्छ । यी साना भुइचालोले कैयौं आणविक बम पड्रकाएको जति शत्ति प्रवाह गर्दछ । भुइचालो र सौर्य उर्जाको अगाडि मानवीय मानवीय हिस्सा अत्यन्तै कम हुन्छ ।

चुरेको उत्पत्ति

भिरालो सतहमा बग्ने खोलाको पानीमा धेरै गतिशत्ति हुन्छ जसले उचाइले दिएको स्थिरशत्तिले गर्दा सन्तुलन कम भएका पहराको ढुङ्गालाई क्षय गरी आफूसँगै प्रबाहित गर्दछ । जव त्यो समतल सतहमा आइपुग्छ गतिशत्ति धटेर आफूसँग रहेको सेडिमेन्ट सो सतहमा छोड्दछ । भिरालो भागबाट खोला जति पर बग्दै जान्छ क्रमशः ग्रावेल, बालुवा, माटो जस्ता साना आकारको सेडिमेन्टहरु जम्मा हुदैं जान्छ । हिमालयको उठ्ने क्रम र सेडिमेन्टहरु जम्मा हुने क्रमले गर्दा बिस्तारै खोलाको बाटो (दिशा) परिवर्तन हुँदैं जान्छ र सेडिमेन्टहरु जम्मा हुँदैं जाँदा र खोलाका बाटो परिवर्तन हुँदैं जाँदा ठुलो क्षेत्रमा धेरै सेडिमेन्ट जम्मा हुन्छ । नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको पुरै २४ सय मिटर  लामो हिमालयको चुरे दुई करोड बर्ष भन्दा बढी समय लगाएर यसैगरी उत्तर दक्षिण भएर बग्ने नदीले बगाएर ल्याएको सेडिमेन्टले बनाएको हो । पछि हिमालय उठ्ने क्रमले गर्दा चुरे उठ्न थाल्यो र हालको अग्ला चुरे पहाडहरु बन्यो ।

हालको तराई इतिहाँसको चुरे जस्तै भएको छ । हिमाली क्षेत्र, पहाडी क्षेत्र र चुरे क्षेत्रमा मुहान भएका उत्तर दक्षिण भएर बग्न नदीहरुले ल्याएको सेडिमेन्ट तराई प्रबेश गरी धट्दो गतिशत्ति सँगैं धट्दो आकारको सेडिमेन्टहरु दुरी अनुसार जम्मा हुँदैजान्छ । यदि नदीको बगरबाट यसले ल्याएको सेडिमेन्टहरु नझिक्ने हो भने यसले माथि उल्लेख भएझैं बाटो परिवर्तन गर्दछ जसले गर्दा हाल मानव निर्मित बाटो, पुल, बस्ती लगायत भौतिक संरचना खतरामा पर्दछ । चुरे र तराईको सीमानामा रहेको पूर्व-पश्चिम राजमार्ग सबैभन्दा बढी जोखिममा पर्दछ किनभने यो क्षेत्र नदीले गतिशत्ति गुमाइ सेडिमेन्ट थुपार्ने ठाउँ हो । यो  क्षेत्रमा नदीले बाटो परिवर्तन गरेमा राजमार्गमात्र होइन तराईका बस्तीहरुमा समेत असर पार्न सक्छ । यस्तै पहाडी क्षेत्रभित्र बग्ने नदीको सेडिमेन्टहरुको पनि उचित ब्यवस्थापन गर्न सकिएन भने विपदलाई स्वागत गर्ने तयारी हुनेछ ।

नेपालको भिरालो जमिनमा हुने भूक्षयमा मानव अतिक्रमणले हुने हिस्सा अत्यन्त न्यून रहेको छ । हामी विश्वको सवैभन्दा कान्छो पहाडी क्षेत्रमा वसोबास गर्दछौं जुन पहाड हाल पनि निर्माणको क्रममा रहेको छ । हिमालयको जमिनको सतह समुद्रि सतहबाट माथि उठ्ने प्रक्रिया र शक्रिय मनसुनले गर्दा भुक्षय हुने कारणले यहाँको जमिन अत्यन्तै असन्तुलित छ । उचाइले गर्दा बस्तुले स्थिरशत्ति प्राप्त गर्दछ जसले बस्तु असुन्तलित हुँदैं जान्छ र गतिशत्तिमा रुपान्तरित हुन्छ ।

हामी कुनै एउटा खोलाको पुरै ड्रेनेज बेसिनको अध्ययन गर्न सक्छौं । ढुंगा झिक्दा वा नझिक्दा के असर पर्न सक्छ अध्ययन गर्न सक्छौं । बार्षिक कति सेडिमेन्ट लेराउँछ कति झिक्दा असर पर्दैन सहजै हिसाब गर्न सक्छौं । बर्षायाम पछि बार्षिक रुपमा खोलाको बगरको सर्भे गरी कति मिटर सम्म उत्खनन गर्ने, कुन भागमा उत्खनन गर्ने यकिन गर्न सक्छौं ।

सबै प्रकारका नदीले उस्तै र उत्रै सेडिमेन्ट ल्याउछन भन्ने छैन । नदी कति परबाट आएको हो, नदी हिंड्ने बाटोमा कुन चट्टान रहेको छ, कस्तो सतहबाट आएको हो (भिरालो/समतल) आदी अबस्थाले सेडिमेन्टको प्रकार निर्धारण गर्दछ । साधारणतया धेरै दुरी पार गरेर हिमालबाट आएका नदिमा भन्दा नजिकैबाट अर्थात महाभारत वा चुरेबाट आएका नदीहरुमा निर्माणमुखी खनिजको मात्रा बढी हुन्छ किनभने ती नजिकैको भिरालो सतहबाट उच्च गतिशत्तिका साथ आएका हुन्छन् । यसै गरी नदी कस्तो चट्टान भएको ठाउँबाट बहेको भन्ने कुराले पनि सेडिमेन्टको प्रकार निर्धारण गर्दछ ।

सामान्यतः दर्शनढुंगा अथवा चुनढुंगा अथवा यी दुई ढुंगा बन्ने पदार्थ बढी भएका ढुंगाहरु भएको वा यी दुई ढुंगाको पुरानो सेडिमेन्ट भएको मार्गबाट बहने नदीहरुमा निर्माणमुखी खनिजको मात्रा बढी हुन्छ ।

बर्षातका समयमा परेको पानी एउटा स्थानको मुख्य नदी सम्म पुर्याउन अन्य सहायक नदीहरुले पानी र साथमा सेडिमेन्ट जम्मा गर्ने काम गर्दछ । यसको लागि पहाडले घेरेको एउटा निश्चित क्षेत्र हुन्छ जसभित्र परेका पानी एउटै बिन्दुबाट निकास हुन्छ । यसरी एउटा पानी जम्मा हुने क्षेत्रलाई एउटा ड्रेनेज बेसिन वा क्याचमेन्ट एरिया भनिन्छ । पहाडमा यस्ता धेरै छुट्टा छुट्टै ड्रेनेज बेसिन हुन्छन् ।

अध्ययन-अनुसन्धान

हामी कुनै एउटा खोलाको पुरै ड्रेनेज बेसिनको अध्ययन गर्न सक्छौं । ढुंगा झिक्दा वा नझिक्दा के असर पर्न सक्छ अध्ययन गर्न सक्छौं । बार्षिक कति सेडिमेन्ट लेराउँछ कति झिक्दा असर पर्दैन सहजै हिसाब गर्न सक्छौं । बर्षायाम पछि बार्षिक रुपमा खोलाको बगरको सर्भे गरी कति मिटर सम्म उत्खनन गर्ने, कुन भागमा उत्खनन गर्ने यकिन गर्न सक्छौं ।

नदिका ढुंगाका बिकल्पका रुपमा पहाडी क्षेत्रमा खानी सञ्चालन गर्ने गरी नेपाल सरकारको तर्फबाट अध्ययन भैराखेको छ तर पहाडी क्षेत्रमा खानी सञ्चालन गरी सो निर्माणमुखी खनिज निर्माण क्षेत्रसम्म पुर्याउन परिबहन शुल्क, त्यसबाट हुने वातावरण विनाश, गर्नुपर्ने पुर्बाधार बिकास र स्थानीयको अबरोधले तत्काल यो सहज देखिदैन ।

उल्लेखित तर्कहरुको अर्थ खोलाको बगरबाट जथाभावि ढुंगा निकाल्ने भन्ने होइन। हरेक कुराको मुल्य हुन्छ । वातावरण विनासको पनि मुल्य हुन्छ ।   वातावरणको मुद्धा भनेको वातावरणलाई कति क्षति भएर देश र समाजलाई कति नाफा भयो भन्ने हो । वातावरणलाई कति क्षति भएर राष्ट्रको अर्थतन्त्र र जनजीविकामा कति टेवा मिल्छ अध्ययन हुन जरुरी छ । वातावरण संरक्षणका नाममा तिख्रामा मासु कमी भयो भनेर नाक काटेर टाल्न कुरो हुँदैन । त्यो सकिदैन पनि ।

पहाडको ढुंगा तराईमा वा सम्म फाँटमा नदीले ल्याइ थुपारीदिने शत्ति त्यहि हो जसबाट हामी बिजुली निकाल्छौ । नदी कटान हामी रोक्न सक्दैनौं बरु यसलाई प्रकृतीले दिएको उपहार मान्न सक्छौं, समुचित प्रयोग गर्न सक्छौं । प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा यसको उत्खनन गर्न सक्छौं । हाललाई खोलाबाट र खानीबाट निर्माणमुखी खनिज झिकी देशको तत्कालिन अभाव अन्त्य गर्न सकिन्छ । त्यसपछि भारत, वंगलादेशलगाय देशमा निकासीको लागि अध्ययन् गरी उत्खनन गर्नु आवश्यक छ । हामीसँग उपलब्ध भएका खनिज हाम्रो आवश्यकता अनुसरा निर्यात गर्ने हो । यसैके अर्को पाटो खनिजको वजार सधैं रहीरहनछ भन्ने हुनँदैन किनभने कतिपय  निर्माण कार्य पुरा भएपछि यसको मुल्य त्यति हुँदैन ।

निष्कर्ष

नेपालजस्तो अल्पविकसित देशमा विकासका लागि धेरै पूर्वाधार निर्माण गर्नुपर्ने छ। व्यवस्थित बसोबासका लागि धेरै भवनहरु निर्माण गर्नुपर्ने छ । धौवादी फलाम कम्पनीको स्थापना भई सम्भाव्यता अध्ययनको कार्य भैरहेको भएपनि हामीकहाँ हालसम्म फलाम उत्पादन भएको छैन । त्यस्तै आल्मुनियम, काठ, रङ जस्ता निर्माण सामाग्रि आयात गरिरहेका छौं । हामीसँग उपलब्ध साधारण निर्माणमुखी खनिजलाई समेत ब्यवस्थित उपयोग र निर्यात गर्नुको सट्टा अवैज्ञानिक र हचुवाका निर्णयहरुले भिल्लको देशको मणि मात्र भएको छैन, प्रत्युत्पादक परिणामको खतरा समेत रहेको छ ।

कैलालीको सुगारखालमा पर्ने कर्णाली किनारमा रहेको अथाह ग्राभेल डिपोजिट, सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको स्ल्याबस्टोन, बन्दिपुरको स्लेट, पाल्पा र दाँङमा रहेको चुनढुङ्गा आदि प्राकृतिक सम्पत्तिको भारत, बंगलादेश अरब प्रायद्धिप लगायत अन्य अन्तराष्ट्रिय बजार खोज्न ढिला भैसकेको छ । खानी तथा भूगर्भ विभागले पहिचान र अध्ययन सकेर माइनिङ्ग स्किम समेत तयार गरिसकेको पूर्वमा मोरङ देखि पश्चिम डडेल्धुरा सम्म करिव एक सय वटा निर्माणमुखी खनिजका खानी (ढुङ्गा) को समेत तुरुन्त उत्खनन प्रक्रिया अघि बढाई दिर्धकालिन रुपमा बेडरकमा आधारित निर्माणमुखी खनिजका खानी सञ्चालन गरी निर्माणमुखी खनिजको निर्यातको लागि स्पष्ट कानुनी बाटो समेत खुला गर्नुपर्ने देखिन्छ ।